Dictionary

All Word

30401 छेरौटी ना. छेराउटी।
30402 छेलो ना. १. फलाम वा ढुङ्गाको डल्लो हत्केलामा लिई कुममाथिबाट, ताकेको रेखामा उभिई सकेसम्म टाढा पुग्ने गरी हुऱ्ऱ्याइने खेल; छेलो हानी खेल्ने खेल।
30403 छेलो ना. २. छेलो हानी खेल्ने, बाटुलो ढुङ्गो वा फलामको गोलो डल्लो।
30404 छेलो ना. ३. पातलो ढुङ्गो वा पाङ्ग्राका गेडा जस्तै आकारको वस्तुलाई पानीमा उफ्रिँदै परसम्म पुग्ने हिसाबले हुत्त्याई खेलिने खेल।
30405 छेलोखेलो वि. १. आफूलाई चाहिएभन्दा पनि बढी भई हुने फालाफाल; फ्याँकफ्याँक।
30406 छेलोखेलो वि. २. प्रशस्त; पर्याप्त; चाहिएजति।
30407 छेलोखेलो वि. क्रि.वि. ३. फालाफाल हुने गरी।
30408 छेलोखेलो वि. ना. ४. फालाफाल हुने स्थिति।
30409 छेलोलेखो ना. १. छेलो।
30410 छेलोलेखो ना. २. अद्भुत कार्य लेखिएको वर्णन; शिलालेख।
30411 छेवर ना. सनातनी सम्प्रदायका सोह्र संस्कारमध्येको एक संस्कार; चूडाकर्म; जन्मदेखि तीन वा पाँच वर्ष पारेर छोरा मान्छेको पहिलोपल्ट विधिपूर्वक केश काट्ने काम।
30412 छेस्करा ना. पेच पार्ने हेतुले बोलिएको वचन; व्यङ्ग्य।
30413 छेस्काछेस्की ना. दाउरा वा काठपात आदिका मसिना टुक्रा; झिँजाझिँजी; झिटिमिटी; टुक्राटुक्री; चोइटाचोइटी।
30414 छेस्किनी ना. घरका झ्यालढोका, दराज आदिका दैला बन्द गर्न सजिलो पर्ने गरी र बेसरोकारवालाले खोल्न नसकून् भन्ने हिसाबले ठोकिएको फलाम, बाँस आदिको छेस्को; ठेडी; चुकुल मार्ने साधन।
30415 छेस्किनु अ.क्रि. १. छेस्कोमा परिणत हुनु।
30416 छेस्किनु अ.क्रि. २. खसी पारेको कुनै बस्तु छेस्के पल्टिनु।
30417 छेस्के वि. १. छेस्कोसँग सम्बन्धित; छेस्काको।
30418 छेस्के वि. २. छेस्कोजस्तो; सुइरे; तिखो।
30419 छेस्के वि. ३. खसी पार्दा पुरै खसी नपरी आधा मात्र खसी परेको।
30420 छेस्को ना. काठ, बाँस आदिको सानो लामो वा छोटो सिन्को; काठपातको झिँजो; झरो; टुक्रो।
30421 छेस्क्याइ ना. छेस्किने क्रिया वा प्रक्रिया।
30422 छेस्क्याइनु क.क्रि. छेस्क्याउने पारिनु।
30423 छेस्क्याउनु प्रे. क्रि. छेस्किने पार्नु वा पार्न लगाउनु।
30424 छेस्क्याहट ना. छेस्क्याइ।
30425 छेस्क्याहा वि. १. छेके।
30426 छेस्क्याहा वि. ना. २. छेस्को वा अल्झो पार्ने स्वभाव।
30427 छैँटा / छैँटी ना. टोकरी।
30428 छैटी ना. १. बालक जन्मेको छैटौँ दिनको रातमा गरिने उत्सव वा कर्म; त्यसै दिन गरिने षष्टिका देवीको पूजा।
30429 छैटी ना. २. छैटौँ दिनको रात्रि; बालकको भाग्य भावीले त्यसै दिन लेख्छ भन्ने परम्पराअनुसार रातभर बालकका नजिकै बत्ती बालिने कार्य।
30430 छैटी ना. ३. सनातनी सम्प्रदायका सोह्र संस्कारमध्ये नामकरण संस्कार र जातकर्म संस्कारका बिचको एक अतिरिक्त संस्कार।
30431 छैटौँ वि. १. गन्दै जाँदा छको सङ्ख्यामा परेको; ६ को सङ्ख्यामा आफ्नो स्थान भएको।
30432 छैटौँ वि. २. श्रेणीविभाजन गर्दा पैलो, दोस्रो हुँदै छैटौँ कोटीमा पर्ने; क्रमानुसार छ सङ्ख्यामा ठाउँ पाउने।
30433 छैमलो ना. १. डन्डीबियो खेलमा डन्डीले वा बियोले पिर नाप्दा पर्ने छैटौँ सङ्ख्या ।
30434 छैमलो ना. २. सो दाउ पार्दा ठ्याकवालाले कुरेतको नापले खेलको फुट्टी गन्ने प्रणाली।
30435 छैमलो ना. ३. त्यसरी गनिएको फुट्टी।
30436 छैया वि. बो. बालगीतमा वा केटाकेटीको बोलीमा छैन,हरायो, सकियो आदि अर्थ बुझाउने शब्द।
30437 छोइ ना. १. छुने काम; स्पर्श (केही समस्त शब्दका आरम्भमा मात्र सीमित, जस्तै- छोइछिटो, छोइपासो आदि)।
30438 छोइ ना. २. छुन नहुने वा छुँदा पोल्ने वा काट्ने कुरालाई छुने कार्य (बालबोली)।
30439 छोइछिटो ना. १. तथाकथित अछुत वस्तु वा मान्छेलाई छोइयो भने शुद्ध हुनका लागि गरिने अभिषेक।
30440 छोइछिटो ना. २. अशुद्धि हटाउन छर्किने पानी; पवित्रताका निमित्त गरिने सेचन।
30441 छोइदिल्लगी ना. कसैको आनीबानीलाई नक्कल गरेर उतारिने उपहास; हल्का व्यङ्ग्य; छेडखान; लर्कोसर्को।
30442 छोइनु क.क्रि. १. छुने कार्य गरिनु।
30443 छोइनु क.क्रि. अ.क्रि. २. छुने काम हुनु।
30444 छोइपासे वि . छुँदै अवगाल लाग्ने वा छोयो कि बिग्रने।
30445 छोइपासो ना. १. छोइपासे वस्तु।
30446 छोइपासो ना. वि. २. छोइपासे।
30447 छोकडा ना. १. बुद्धि र बर्गत प्रौढ नभएको, आलोकाँचो केटो; पारिश्रमिक पनि पूरा पाउन योग्य भइनसकेको बालकामदार।
30448 छोकडा ना. २. लाम्चो वा ठुलो जातको खजुरको फल सुकाएर तयार पारिने गुलियो स्वाद भएको सुकुटी; खजुरको सुकुटी; छोहोरा।
30449 छोकडा ना. नेपाली लोकनृत्यहरूमा प्रसिद्ध मारुनी नाचमा गाइने रागहरूमध्ये एक राग; मारुनी गीतको एक राग।
30450 छोक्रा ना. १. छपनीमा हालेर छानिसकेपछि वा तुङ्वामा हालेर पाइपद्वारा रस तानिसकेपछि बाँकी रहने जाँडको खोस्टा; थिग्रो।