Dictionary

All Word

30551 छोरीज्वाइँ ना. २. छोरीलाई विवाह गर्ने चाहिँ ज्वाइँ; छोरीको लोग्ने।
30552 छोरीबेटी ना. १. छोरी वा छोरी पर्ने आइमाईहरू।
30553 छोरीबेटी ना. २. छोरीतुल्य नारीसमुदाय।
30554 छोरीबेटी ना. ३. छोरीचेली; चेलीबेटी; छोरीबुहारी।
30555 छोरी बोक्यो ना. नेपाली वर्णमालाको अभ्यास गराउँदा पुरातन पद्धतिअनुसार 'फ' अक्षरलाई दिइएको नाम।
30556 छोरीमान्छे ना. स्त्रीजाति; चेलीजाति।
30557 छोरे ना. मेलोमेसो नमिलेमा मिलाउन थपिने अंश वा वस्तु; बाडा (धान, कोदो रोप्दाको वा डालो, डोको बुन्दाको )।
30558 छोरे ना. २. खेत वा बारीमा वारपार नपुगेका बिचमा थपिएका जस्ता साना गरा वा सुर्का।
30559 छोरेटी ना. जवान युवती; तरुनी ठिटी; छोरेट्टी।
30560 छोरेटो ना. रौस्याहा खालको युवक; रमाइलो तन्नेरी; छोरेट्टा।
30561 छोरेट्टी ना. हे. छोरेटी।
30562 छोरेट्टो ना. हे. छोरेटो।
30563 छोरो ना. १. शारीरिक संरचनामा पुलिङ्गका इन्द्रिय भएको सन्तान; आत्मज; सु।
30564 छोरो ना. २. पुरुष सन्तान; बच्चो; केटो।
30565 छोरो मान्छे ना. पुरुषजाति।
30566 छोर्पा ना. छोराछोरी जन्मेका केही वर्षमा गरिने तामाङ जातिको उत्सव; तामाङ संस्कृतिमा बालक हुर्किन लागेपछि गरिने एक संस्कार।
30567 छोल्नु स.क्रि. १. कुनै पनि वस्तु पुछ्नु; साफ गर्नु; भाँडाबर्तन साफ गर्नु।
30568 छोल्नु स.क्रि. २. पोख्नु; ढाल्नु; छरपुष्ट पार्नु।
30569 छोल्नु स.क्रि. १. हस्तमैथुन गर्नु; हातको घर्षणले लिङ्ग उत्तेजित पारी वीर्यपात गर्नु।
30570 छोल्नु स.क्रि. २. ताछ्नु; बोक्रा फाल्नु।
30571 छोला ना. बिरौँला आदि उसिनेर तयार पारिएको झोलदार तरकारी; क्वाँटी।
30572 छोलाइ ना. १. छोल्ने किसिम, क्रिया वा भाव।
30573 छोलाइ ना. २. वीर्यपात गर्ने किसिम, क्रिया वा भाव।
30574 छोलाइनु क.क्रि. १. छोल्नु लगाइनु।
30575 छोलाइनु क.क्रि. २. वीर्यपात गराइनु।
30576 छोलाउनु स.क्रि. / प्रे. क्रि. १. छोल्न लाउनु; छोल्ने पार्नु।
30577 छोलाउनु स.क्रि. / प्रे. क्रि. २. हस्तमैथुन गर्ने पार्नु; वीर्यपात गराउनु।
30578 छोलिनु क.क्रि. १. छोल्ने काम गरिनु; हस्तमैथुन गरिनु।
30579 छोलिनु क.क्रि. अ.क्रि. २. छोल्ने होइनु।
30580 छोलिनु क.क्रि. ३. वीर्यपात हुनु।
30581 छोले ना. मटर, चना, आलु आदि मिलाएर बनाइएको, बाक्लो रस भएको तर्कारीको एक परिकार; छोला।
30582 छोस्नु स.क्रि. १. अर्काको बारेमा भएनभएका कुरा छुस्सछुस्स लगाउनु; झोसपोल गर्नु।
30583 छोस्नु स.क्रि. २. पोख्नु; छर्नु।
30584 छोस्नु स.क्रि. ३. झोस्नु।
30585 छोसाइ ना. छोस्ने ढाँचा, क्रिया वा भाव।
30586 छोसाइनु स.क्रि. छोस्न लाइनु।
30587 छोसाउनु स.क्रि. छोस्न लगाउनु; छोस्ने काममा लाउनु।
30588 छोसे ना. मास भुटेर जाँतोमा पिठो पिसी पकाइने फाँडो; मासको पिठो रयालेर बनाइने सोल्लरजस्तो तिहुन।
30589 छोहोरा ना. थाकलको झैँ बोट हुने र फल खजुरभन्दा ठुला फल्ने, एक प्रकारको वनस्पति वा त्यसको गुलियो फल (खास गरी सुकेको सुकुटी चाहिँ ); छोकडा।
30590 छौँडा ना. १. बालक; शिशु; बच्चो।
30591 छौँडा ना. २. छोरो।
30592 छौँडा ना. ३. दासपुत्र।
30593 छौँडा ना. ४. लोकधारणाअनुसार बोक्सी विद्या सिकेकी आइमाईले मानिसलाई पिरपराउ गर्नका निम्ति घरघर चियो गर्न पठाउने हेतुले तालिम गरिएको तथाकथित बिरालो।
30594 छौँडाछौँडी ना. १. आर्थिक स्तरले धान्न गाह्रो पर्ने गरी जन्मिएका प्रशस्त केटाकेटी; चिचीभुँडी; दुख दिने गज्याङगज्याङ सन्तान; छोराछोरी।
30595 छौँडाछौँडी ना. २. बोक्सीका तथाकथित छौँडा र छौँडीहरूको समूह।
30596 छौँडी ना. १. केटी; ठिटी।
30597 छौँडी ना. २. छोरी।
30598 छौँडी ना. ३. बोक्सीद्वारा तालिम दिइएको तथाकथित पोथी बिरालो।
30599 छौँडो ना. हे. छौँडा।
30600 छौँड्याहा वि. १. छौँडो पाल्ने; बिरालो पाल्ने; छौँडा प्रयोग गर्ने।