Dictionary

All Word

30651 छ्‌यापिनु क.क्रि. पन्यालो वा हिलो पदार्थको छेपाइमा पारिनु; पन्यालो पदार्थले हानिनु।
30652 छ्‌यापी ना. एउटा बोटमा प्रायः एउटै पोटी फल्ने एक जातको लसुन; त्यसै लसुनको कन्द र साग।
30653 छ्‌याप्प ना. १. थोरै पानी वा हिलो आदि पदार्थ छ्‌यापिँदा आउने आवाज; हिँड्दा आउने आवाज।
30654 छ्‌याप्प ना. २. धारवाला हतियारले केही काट्दा आउने ध्वनि।
30655 छ्‌याप्प ना. क्रि.वि. ३. त्यसरी छापेर, छ्‌यापेर वा काटेर।
30656 छ्‌याप्पछ्‌याप्प ना. १. लगातारको छ्‌याप।
30657 छ्‌याप्पछ्‌याप्प ना. क्रि.वि. २. लगातार छ्‌यापेर वा काटेर।
30658 छ्‌याबोके वि.बो. बोको खोजेको बाख्रामा लागेका बोकालाई उत्तेजित बनाउन भनिने शब्द; लेलेलेले; लगेलगे।
30659 छ्‌यामछ्‌याम ना. १. धारवाला वस्तुले लगातार छप्काइरहँदा, पानीमा केही चेप्टो आकारको पदार्थ परिरहँदा वा विशेष प्रकारको छेपाइ चालु रहँदा उत्पन्न हुने शब्द।
30660 छ्‌यामछ्‌याम ना. २. त्यस्तो लगातारको छप्काइ, चोपलाइ वा छेपाइ।
30661 छ्‌यामछ्‌याम ना. क्रि.वि. ३. त्यसरी छप्किरहेर, चोपिरहेर वा छ्‌यापिरहेर।
30662 छ्यामछ्यामी/छ्यामछ्याम्ती क्रि.वि. अझै छ्‌यामछ्याम हुने गरी।
30663 छ्यामा ना. आफ्ना बाबुका भाइकी श्रीमती वा काका भन्नुपर्ने व्यक्तिकी पत्नीलाई सम्मान जनाउन प्रयोग गरिने शब्द; कान्छी आमा; सानीमा।
30664 छ्यामा ना. २. आमासमानकी प्रौढ स्त्रीलाई प्रयोग गरिने आदरसूचक सम्बोधन।
30665 छ्याम्म क्रि.वि. १. धारवाला वस्तुको एकै प्रहारले छिनालिने गरी।
30666 छ्याम्म क्रि.वि. २. एकै पटक पानीमा चोपिने वा व्यापक रूपमा पानी छेपिने गरी।
30667 छ्यारब्यार ना. / क्रि.वि हे. छ्यार्र ब्यार्र।
30668 छ्यार्र क्रि.वि. १. कुनै धुलोमुलो वा फुको वस्तु छरिने गरी; छर्र।
30669 छ्यार्र क्रि.वि. ना. २. त्यसरी छरिँदाको ध्वनि वा क्रियाप्रक्रिया।
30670 छ्यार्रछुर्र ना. १. जथाभाबी छरिएका कुनै पनि वस्तुको समुदाय ( दाना, गेडा, धुलो इ. )।
30671 छ्यार्रछुर्र ना. २. जथाभाबी गर्ने क्रियाप्रक्रिया।
30672 छ्यार्रछुर्र ना. क्रि.वि. ३. जथाभाबी यत्रतत्र केही कुरो छरिने गरेर।
30673 छ्यार्रब्यार्र ना. १. कुनै वस्तुको रखाइमा हुने अस्तव्यस्तता; जथाभाबी पोखिएको वा छरिएको स्थिति।
30674 छ्यार्रब्यार्र ना. क्रि.वि. २. राख्दा अस्तव्यस्त हुने गरी वा जथाभाबी छरिने गरी।
30675 छ्यालछ्याल ना. गिलो वा लेदो वस्तु जथाभाबी सँग पोखिने, छरिने वा राखिने गरी।
30676 छ्यालछ्याली/ छ्यालछ्याल्ती क्रि.वि. अझ छिटो छ्‌यालछ्‌याल भएर।
30677 छ्यालब्याल ना. / क्रि.वि. हे. छ्यालछ्याल वा छ्‌यारछ्‌यार।
30678 छ्याली ना. कामीहरूले तातो फलाम समाउने साधन।
30679 छ्याल्ल क्रि.वि. एकै पोखाइमा पुरै फिँजिने गरी।
30680 छ्याल्लब्याल्ल क्रि.वि. १. लगातार वा व्यापक रूपमा छ्याल्ल हुने गरी।
30681 छ्याल्लब्याल्ल क्रि.वि. २. व्यापक अस्तव्यस्तता, अव्यवस्था वा छिरलो भएर।
30682 छ्‌यासछुस ना. १. फ्याँकिहाल्न नमिल्ने थोरै चिजबिज; चुबुर्को; चासचुस।
30683 छ्‌यासछुस ना. २. अस्पष्ट रूपमा चलेको होहल्ला; गामगुम।
30684 छ्यासछ्यास ना. १. कुनै कुराको प्रशस्त मात्रा वा सङ्ख्या।
30685 छ्यासछ्यास ना. क्रि.वि. २. बिस्तारै निफन्ने, टकटक्याउने वा घोच्ने गरी।
30686 छ्‌याछ्यासी / छ्यासछ्‌यास्ती क्रि.वि. १. प्रशस्त मात्रामा वा सङ्ख्यामा; छ्यासछ्यास; छेलोखेलो।
30687 छ्‌याछ्यासी / छ्यासछ्‌यास्ती क्रि.वि. वि. २. धेरै; थुप्रै।
30688 छ्यासमिस ना. १. दुई वा दुईभन्दा बढी खालका वस्तुहरूको सरोबरी मिसोट; छुट्ट्याउन नसकिने गरी भएको मिलावट।
30689 छ्यासमिस ना. २. मिश्रण; मिलावट; मिसोट।
30690 छ्यासमिस ना. क्रि.वि. ३. मिश्रित भएर; छुट्ट्याउन नसकिने गरी मिलेर।
30691 छ्यासमिसे वि. सरोबरी भएर मिसिएको; गालेमाले; गाजेमाजे।
30692 छ्‌यास्स क्रि.वि. १. एकै घोचाइमा बिझ्ने गरी; च्यास्स।
30693 छ्‌यास्स क्रि.वि. २. एकै प्रयासमा गालेमाले भई मिसिने गरी।
30694 छ्‌यास्स क्रि.वि. ३. एकै पटकमा इच्छित ठाउँमा हुने गरी।
30695 छ्‌यास्स क्रि.वि. ४. एकै वचनमा मर्माहत पार्ने गरी।
30696 छ्युँनु स.क्रि. छिउँ गर्नु; हाच्छिउँ गर्नु।
30697 छ्युँ / छ्युँका ना. हे. छिउँ।
30698 छ्युँके वि. छिउँ गर्ने वा छिउँ गराउने।
30699 छ्युँके झार ना. नाकभित्र हाल्दा हाच्छिउँ आउने झार; छिउँके झार।
30700 छ्वाँके वि . दाँतका लहर नमिलेर उछिट्टिएको वा खप्टिएको देखिने; उत्तरदाँते; दन्तुर।