Dictionary

All Word

30701 छ्वाइँफ्वाइँ ना. १. छिनाफाना।
30702 छ्वाइँफ्वाइँ ना. २. नरमगरम र सापोनापो मिल्ने गरी सकिएको हरहिसाब।
30703 छ्वाङछ्वाङ क्रि. वि. पानी धेरै मात्रामा बग्दा वा झर्दा बेगिलो भएर।
30704 छ्वाङछ्‌वाडी / छ्वाङछ्वाङती क्रि.वि. अझ छ्वाङछ्वाङ भएर।
30705 छ्वाङ्ग क्रि.वि. १. पानी, नदी आदिद्वारा एकै प्रवाहमा आवाज निकाल्दै बगेर वा झरेर।
30706 छ्वाङ्ग क्रि.वि. २. त्यसरी बग्दा वा झर्दा बेगिलो भएर।
30707 छ्वाङ्ङ क्रि.वि. १. डिल वा भिरपहराबाट पानी, पहिरो आदि खस्दा आवाज निस्केर।
30708 छ्वाङ्ङ क्रि.वि. क्रि.वि. २. त्यस्तो किसिमले कुनै वस्तु खसेर।
30709 छ्वाङ्राङ्ङ क्रि.वि. १. अत्यन्त वेगसाथ तल झर्ने गरी (झरना; नदी इ. )।
30710 छ्वाङ्राङ्ङ क्रि.वि. २. धातुबाट तयार भएको भारी वस्तु उचाइबाट ठुलो आवाज गरी झर्ने किसिमले।
30711 छ्वाट्ट क्रि.वि. १. एकै झड्कामा चुँडाल्ने गरी।
30712 छ्वाट्ट क्रि.वि. एकै भनाइमा प्रभावित गर्ने गरी।
30713 छ्वाट्ट क्रि.वि. ३. ठिक्क अड्कलेर; चट्ट; चटक्क।
30714 छ्वात्त क्रि.वि. पानीमा कुनै ठिक्क आकारको वस्तु एक्कासि डुबे झैँ गरी; पानी आदि अविराम गतिले झर्ने वा पोखिने किसिमले।
30715 छ्वात्लाङ क्रि.वि. पोखरी, आधा गाग्रोको पानी आदि जथाभाबी चल्दा ध्वनि निस्केर।
30716 छ्वात्लाङछ्वात्लाङ क्रि.वि. लगातार छ्वात्लाङ हुने गरी।
30717 छ्वात्लाङ्ङ क्रि.वि. एक्कासि छचल्किएर।
30718 छ्वाप्ल्याङ ना. पानी आदि तरल पदार्थमा केही चोभिँदा वा डुब्दा आवाज उत्पन्न हुने गरी; छ्वात्ल्याङ।
30719 छ्वाप्ल्याङछ्‌वाप्ल्याङ क्रि.वि. त्यस्तो किसिमले खेलेर वा चोबेर।
30720 छ्वाप्लाङ्ङ क्रि.वि. एक्कासि डुब्ने वा चोपिने गरी।
30721 छ्वाम्म क्रि.वि. १. एकै प्रहारमा काटिने गरी।
30722 छ्वाम्म क्रि.वि. २. एकै चोटि चोब्ने गरी।
30723 छ्वाम्म क्रि.वि. ३. एक्कासि छोप्ने गरी।
30724 छ्वाम्म क्रि.वि. ४. एक्कासि पानीमा डुब्ने गरी; झ्वाम्म।
30725 छ्वाम्ल्याङ्ग/छ्वाम्ल्याङ्ङ क्रि.वि. १. दह परेका पानीमा हाम फाल्दा पानीमा आघात पर्ने गरी।
30726 छ्वाम्ल्याङ्ग/छ्वाम्ल्याङ्ङ क्रि.वि. २. पानी चलबलाएर आवाज आउने गरी।
30727 छ्वायबाली ना. गुठीको जग्गामा लाग्ने तिरो; कसर।
30728 छ्वारछ्वार ना. केही अग्लोबाट धुलो वा टुक्रो पदार्थ लगातार झर्दा आउने ध्वनि।
30729 छ्वारछ्वार ना. क्रि.वि. त्यस्तो ध्वनिका साथमा वा चालसँग।
30730 छ्वारछ्वारी / छ्वारछ्वार्ती क्रि.वि. छ्वारछ्वार।
30731 छ्वार्र ना. कुनै पनि मसिना वस्तु वा धुलोमुलो पोखिँदा आउने आवाज।
30732 छ्वार्लाङछ्वार्लाङ क्रि.वि. कुनै धातु, काठ वा कुट आदिको भाँडामा राखेका टुक्रादार वा गोल वस्तुहरू हल्लाउँदा अथवा फुटेका सिसाका झुर्का चलाउँदा आउने सामूहिक ध्वनि वा चालका साथमा।
30733 छ्वार्लाङ्ग/ छ्वार्लाङ्ङ क्रि.वि. सिसाका फुर्का, कठोर टुक्रादार पदार्थ आदिलाई चलाउँदा सामूहिक आवाज आउने गरी।
30734 छ्वार्लाम्म क्रि.वि. हे. छ्वार्लाङ्ङ।
30735 छ्वालछ्वाल ना. १. तरल पदार्थ पोख्दा, पिसाब गर्दा वा यस्तै समान कार्य वा घटना हुँदा उत्पन्न हुने ध्वनि।
30736 छ्वालछ्वाल ना. २. त्यस्तो ध्वनि उत्पन्न गर्ने चाल वा गति।
30737 छ्वालछ्वाल ना. क्रि.वि. ३. त्यस्तो ध्वनि वा चालका साथमा।
30738 छ्वालछ्वाली/छ्वालछ्वाल्ती क्रि.वि. छ्वालछ्वाल।
30739 छ्वालालाला क्रि.वि. लगातार त्यस्तो चाल वा ध्वनिका साथमा।
30740 छ्वाली ना. जौ वा गहुँ काटेर फल झारिसकेपछि बचेको नरुवा ; नल।
30741 छ्वालीखुट्टे वि. १. गहुँको नल जस्तै सिकुटे खुट्टा भएको; लुते।
30742 छ्वालीखुट्टे वि. २. आँट नभएको; लाछी।
30743 छ्वाल्ल क्रि.वि. तरल पदार्थ एकैपल्ट पोखिने गरी; ह्वात्त; छ्याल्ल।
30744 छ्वाल्लछ्वाल्ल क्रि.वि. बिसाईबिसाई तरल पदार्थ झार्ने वा झर्ने गरी।
30745 छ्वासछ्वास ना. १. छँदै जाने वा एकपछि अर्को गर्दै छुने कार्य; पटकपटकको छुवाइ।
30746 छ्वासछ्वास ना. २. अलिअलि वा घुसघुस बाँड्ने कार्य; अपर्याप्त वितरण।
30747 छ्वासछ्वास ना. ३. लगातारको घोचाइ; च्वासच्वास।
30748 छ्वासछ्वास ना. क्रि.वि. ४. त्यसरी छुने, बाँड्ने वा घोच्ने गरी।
30749 छ्वासछ्‌वासी/छ्वासछ्वास्ती क्रि.वि. छ्वासछ्वास।
30750 छ्वास्स क्रि.वि. १. धुलोमुलो उड्ने गरी।