Dictionary

All Word

30851 जगदीश / जगदीश्वर ना. १. जगत्को स्रष्टा, द्रष्टा र संरक्षकतत्त्व; ईश्वर; परमेश्वर।
30852 जगदीश / जगदीश्वर ना. २. विश्वको मालिक; जगत्पति।
30853 जगद्गुरु ना. १. परमेश्वर।
30854 जगद्गुरु ना. २. महादेव; शिव।
30855 जगद्गुरु ना. ३. नारद।
30856 जगद्गुरु ना. ४. सबैले गुरुसमान पूज्य मानेका व्यक्ति वा कुनै धार्मिक सम्प्रदायका प्रवर्तक।
30857 जगद्गुरु ना. ५. शङ्कराचार्य वा उनका गद्दीका उत्तराधिकारी महन्तको उपाधि।
30858 जगद्वन्द्य वि. सबैले नमस्कार गर्नुपर्ने; जगत्कै पूजनीय वा आदरणीय।
30859 जगद्व्यापी ना. १. ईश्वर; परमात्मा।
30860 जगद्व्यापी ना. वि. २. विश्वका सबै ठाउँमा व्याप्त भएर रहेको।
30861 जगन्नाथ ना. १. विश्वका हर्ताकर्ता; परमेश्वर।
30862 जगन्नाथ ना. २. भारतको उडिसा प्रान्तको, समुद्रतटमा पर्ने पुरी भन्ने ठाउँमा प्रतिष्ठित विष्णुको मन्दिर; चार धाममध्येको एक धाम।
30863 जगन्नियन्ता ना. संसारलाई अदृश्य रूपमा नियन्त्रण गर्ने दैवी शक्ति; ईश्वर; परमात्मा।
30864 जगन्निवास ना. चरअचर जगत्‌को आधार वा आश्रय; ईश्वर।
30865 जगन्मय ना. जगत्रूप धारण गरेको दैवी तत्त्व; विष्णु; परमेश्वर।
30866 जगन्माता ना. १. जगत्की आमास्वरूप दुर्गा; भगवती।
30867 जगन्माता ना. २. सरस्वतीका बाह्र नाममध्ये पाँचौँ।
30868 जगन्मोहिनी वि. १. संसारलाई मोहित बनाउने शक्ति भएकी; मायास्वरूपकी।
30869 जगन्मोहिनी वि. ना. २. महामाया; दुर्गा।
30870 जगमग ना. १. प्रशस्त उज्यालो; झलमलाहट; झलमल।
30871 जगमग ना. क्रि.वि. २. उज्यालो हुने वा झलक्क चम्कने गरी।
30872 जगमग ना. ३. विभिन्न रङ्गरोगनका आभूषण वा धातु आदि जगमगाउने भएर।
30873 जगमगाइ ना. जगमग गर्ने भाव, क्रिया वा प्रक्रिया; चमचमाइ।
30874 जगमगाइनु अ.क्रि. जगमग भइनु; चमचमाइनु।
30875 जगमगाउनु अ.क्रि. जगमग हुनु; चमचम हुनु; चम्किनु; झल्किनु।
30876 जगमगाहट ना. जगमग।
30877 जगर ना. १. घोडा, सिंह, बँदेल, सुँगुर, खसी आदिका घिच्रामा हुने लामा खस्रा भुत्ला; याल; केसर; जगटा।
30878 जगर ना. २. नरिवलका जस्तै पात हुने एक वृक्ष।
30879 जगर ना. ३. कवच।
30880 जगर ना. ४. जगत्।
30881 जगर्सेठ वि. १. ठुलो सेठ वा महाजन; जगत्सेठ; प्रशस्त धनाढ्य।
30882 जगर्सेठ वि. २.ठुलो समाज वा समूहको नाइके ठालु।
30883 जगर्सेठ वि. ३. सबैलाई हेप्ने; जन्डो।
30884 जगल्टा ना. हे.जगल्टो।
30885 जगल्टे वि. जगल्टा फिँजिएको; जगल्टा हुने; जटे;जगटे; जुल्पे।
30886 जगल्टो ना. १. कोरीबाटी केही नगरी पाल्नाले रूखिएर लट्टिएको कपाल; झाँक्रो।
30887 जगल्टो ना. २. योगीतपस्वीहरूको कपाल; जटा।
30888 जगल्टो ना. ३. पराल, खर, बाबियो सनपाट आदि तृणदार घाँसको जथाभाबी पारिएको गुजुल्टो।
30889 जगल्टो ना. ४. सागपात, गुन्द्रुक आदि झुत्रा हुने वस्तुको गुजमुजएको लट्टा; जगटा।
30890 जगल्ट्याइ ना. जगल्ट्याउने भाव, क्रिया वा प्रक्रिया।
30891 जगल्ट्याइनु क.क्रि. जगल्टा समातेर तानिनु; गुजुल्टो पारिनु।
30892 जगल्ट्याउनु स.क्रि. जगल्टामा समातेर भुत्ल्याउनु; कपाल समातेर लछारपछार पार्नु।
30893 जगाइ ना. जाग्ने भाव, क्रिया वा प्रक्रिया।
30894 जगाइनु क.क्रि. जगाउन लाइनु; जगाइमा पारिनु।
30895 जगाउनु स.क्रि. १. बिउँझाउनु; निद्रा भगाउनु।
30896 जगाउनु स.क्रि. २. कुनै परिस्थिति वा अवस्थाप्रति सचेत गराउनु; जागरुक बनाउनु।
30897 जगाउनु स.क्रि. ३. बिउँताउनु; होसमा ल्याउनु।
30898 जगाउनु स.क्रि. ४. धामीझाँक्रीद्वारा तन्त्रमन्त्रका बलले भूत, प्रेत, मसान आदि प्रत्यक्ष वा सक्रिय गराउनु।
30899 जगाउनु स.क्रि. ५. जोसमा ल्याउनु।
30900 जगात ना. १. कुनै वस्तु निकासीपैठारी गर्दा तिर्नुपर्ने महसुल; कर; दस्तुर।