Dictionary

All Word

30901 जगात ना. २. गठेमङ्गलका दिन भूतप्रेतको बाधा शान्त पार्नका निम्ति ठाउँठाउँमा डोरी, तगारा आदिले बाटो छेकेर आवतजावत गर्नेहरूसँग मागिने पैसा वा चन्दा।
30902 जगात ना. ३. महसुल लिने चौकी वा गौँडो।
30903 जगात भन्सार ना. बजारमा बिक्री गर्नका निम्ति लगिने बस्तुभाउ, खसीबाख्रा वा अन्य सामानको कर; बजारकर।
30904 जगाते वि. १. जगातमा बसेर कर उठाउने ( अड्डा वा व्यक्ति )।
30905 जगाते वि. २. जगात लिन बस्ने (ठाउँ)।
30906 जगेडा / जगेरा वि. १. खर्च नभई वा खर्चबर्च गरेर बाँकी रहेको; काम चलाएर उभ्रिएको; रहलपहल; बचेखुचेको।
30907 जगेडा / जगेरा वि. ना. २. पछि खर्च गर्नका लागि बचाइएको रकम वा अन्य कुनै वस्तु।
30908 जगेडा / जगेरा वि. ३. भइपरी आउने कामका लागि राखिएको सञ्चित धनमाल वा वस्तु।
30909 जगेडा / जगेरा वि. ४. सञ्चय; बचत; बचाउ; जोगाड।
30910 जगेडा / जगेरा कोष ना. १. भइपरी आउँदा खर्च गर्नुपर्ने भनी जोगाइने कोष; सञ्चित धन।
30911 जगेडा / जगेरा कोष ना. २. सञ्चित सरकारी धन।
30912 जगेडा / जगेरा कर्मचारी ना. जागिरमा नियुक्ति पाएका तर अड्डा र काम तोकिनसकिएका कर्मचारी; अड्डा नतोकिउन्जेलका लागि हाजिर मात्र भएर तलब खाने कर्मचारी।
30913 जगेर्ना / जगेर्नु ना. १. जोगाएर वा बचाएर राख्ने काम; सञ्चित गर्ने काम।
30914 जगेर्ना / जगेर्नु ना. २. सुरक्षा; हिफाजत; रुँगाइ।
30915 जगेर्ना / जगेर्नु ना. ३. हेरचाह; रेखदेख; स्याहारसम्भार।
30916 जगेर्ना / जगेर्नु ना. ४. गोडमेल; मलजल।
30917 जग्गा ना. १. कमाइ लगाउने गरिएको जमिन; खेतीबारी; खेतीपाती।
30918 जग्गा ना. २. खाली ठाउँ; स्थान।
30919 जग्गा ना. ३. जमिन; भुईं।
30920 जग्गाकर ना. जग्गा उपभोग गरेबापत जग्गावालाले सरकारलाई तिर्नुपर्ने रकम; नगद वा जिन्सी पोत; जग्गाको दस्तुर; तिरो।
30921 जग्गाजमिन ना. १. खेतीपाती गर्न योग्य माटो; खेतबारी; खेतीपाती।
30922 जग्गाजमिन ना. २. जग्गाको समूह।
30923 जग्गादपोट ना. हुँदाहुँदैको जग्गाजमिन लुकाईछिपाई भोगचलन गरेबापत लाग्ने अभियोग; जग्गा दबाएको मुद्दा।
30924 जग्गाधनी ना. १. जमिनको हकदार; जग्गाको मालिक।
30925 जग्गाधनी ना. २. प्रशस्त जमिन भएको; जमिनदार।
30926 जग्गा नापजाँच ना. नापी अड्डाले जमिनको नापजाँच गर्ने काम; जग्गानापी।
30927 जग्गापजनी ना. १. जग्गाधनीले आफ्नो जग्गा कमाउने मोही फेर्ने चलन; जग्गाको परपजनी।
30928 जग्गापजनी ना. २. मोहीको बेदखली।
30929 जग्गावाला ना. १. कानुनी प्रमाणले जमिनको अधिकारी हुन पुगेको व्यक्ति; जमिनको मुख्य हकदार; जग्गाधनी।
30930 जग्गावाला ना. २. प्रशस्त जग्गा भएको व्यक्ति; जमिनदार।
30931 जग्गा विकास कर ना. कुनै जग्गामा विशेष कार्यक्रमद्वारा त्यही ठाउँलाई लाभ पुऱ्याउने उद्देश्यले लगाइएको मालपोतको केही प्रतिशत थप कर; थप मालपो।
30932 जग्गे ना. १. व्रतबन्ध, विवाह, पुराण वा कुनै यज्ञयागादिका लागि तयार गरिएको वेदी; यज्ञमण्डप।
30933 जग्गे ना. २. धार्मिक उत्सवमा गरिने हवन, पूजा आदि।
30934 जग्ना ना. सुदूर उत्तर हिमालतिरका बेपारीले मालसामान ओसारपसार गर्दा वाहनका रूपमा प्रयोग गर्ने च्याङ्ग्रो वा भेडो।
30935 जघन ना. कम्मरदेखि मुनि र तिघ्रादेखि माथि पर्ने चाक्लो अङ्ग; चाक;फिला; पुट्ठा; नितम्ब।
30936 जघनकूप ना. तिघ्राका दायाँतिर र बायाँतिर देखिने खोपिल्टा।
30937 जघनचपला ना. १. कामुक स्त्री; वेश्या।
30938 जघनचपला ना. २. छन्दशास्त्रका नियमअनुसार आर्याछन्दको एक भेद।
30939 जघनास्थि ना. पुट्ठेहाड; टुइँकेहाड।
30940 जघने वि. काम नलाग्ने; रद्दी; निकम्मा; बिकम्मा।
30941 जघन्य वि. १. साह्रै निकृष्ट; क्षुद्र; निच।
30942 जघन्य वि. २. निन्दनीय; सबैभन्दा नजाती; रद्दी।
30943 जघानी ना. टेबिल वा तख्ताघडी आदिमा जडिएको, आफूले चाहेको बेलामा सचेत गराउन घण्टी दिन हुने गरी मिलाइने यान्त्रिक साधन।
30944 जङ ना. कुनै मन नपर्दो कामकुराबाट मनमा उठ्ने आवेगपूर्ण प्रतिक्रिया; रिस; क्रोध; झोक।
30945 जङ्कसन ना. रेलमार्गका दुई वा दुईभन्दा बढी लाइनहरू आएर मिल्ने स्टेसन; रेलको बिसौनी।
30946 जङ्कु / जङ्को ना. नेवारसंस्कृतिमा ७७ वर्ष ७ महिना उमेर पूरा भएपछि गरिने जयन्ती; सहस्रचन्द्रदर्शन नामको यसै वर्ष गरिने उद्यापन; वृद्धावस्थामा गरिने पास्नी।
30947 जङ्ग ना. परस्परको सङ्घर्ष; युद्ध; लडाइँ।
30948 जङ्गबहादुर ना. नेपालको इतिहासमा राणाहरूको शासन प्रारम्भ गर्ने, वि. सं. १९०३ देखि १९३३ सम्मको अवधिका प्रथम राणा प्रधानमन्त्री।
30949 जङ्गम वि. १. स्थावर वा अचर वस्तुको विपरीत स्वभाव भएको; हिँडडुल गर्ने; गतिशील; चर।
30950 जङ्गम वि. २. एक ठाउँबाट अर्को ठाउँमा सार्न वा लग्न सकिने।