Dictionary

All Word

31001 जटाजूट ना. २. शिवजीको जटा।
31002 जटाधर वि. लटैलट्टा परेका जटा पाल्ने; जटा पालेको।
31003 जटाधारी वि. १. शिरमा जटा भएको; जटाधर।
31004 जटाधारी वि. २. लट्टिएको जटाजस्तो (उदा.- जटाधारी नरिवल )।
31005 जटाधारी वि. ना. ३. शिव।
31006 जटापोखरी ना. जनकपुर अञ्चलअन्तर्गत दोलखा र रामेछाप जिल्लाका सिमानामा पर्ने प्राकृतिक रमणीयतायुक्त, श्रावणशुक्ल पूर्णिमाका दिन मेला लाग्ने प्रसिद्ध पोखरी।
31007 जटामसी/मांसी ना. लाम्चा पात हुने, पातका बिचमा सेता हुने, निला रङका फूल र बोटका फेदमा खैरा भुसे भुत्ला हुने, हिमालयमा पाइने, विभिन्न भेद हुने र औषधीका निम्ति उपयुक्त एक सुगन्धी बुटी।
31008 जटायु ना. रामायणमा वर्णित, सीतालाई छुटाउन रावणसित युद्ध गर्दा मरेको एक प्रसिद्ध गिद्ध।
31009 जटावाल वि. जटाभएको; जटाधारी।
31010 जटित वि. जडान गरिएको; जडिएको।
31011 जटिल वि. १. फुकाउन वा समाधान गर्न कठिन हुने गरी अल्झिएको; जिलीगाँठी पत्ता लगाउन गाह्रो पर्ने; अत्यन्त कठिन; दुर्बोध; दुरूह।
31012 जटिल वि. २. कठोर; क्रूर।
31013 जटिल वि. ३. जटा भएको; जटाधारी।
31014 जटिलता ना. जटिल हुनाको भाव वा अवस्था।
31015 जटी वि. १. जटाधारी।
31016 जटी वि. ना. २. शिव।
31017 जटे वि. जटा पालेको वा पाल्ने; जटाधारी; जगल्टे।
31018 जठर ना. १. खाद्यपेय पदार्थ खाद्यनलीबाट गएर बस्ने ठाउँ; पेट; भुँडी।
31019 जठर ना. २. गर्भ रहने ठाउँ; गर्भाशय; पाठेघर।
31020 जठर ना. ३. कुनै वस्तुको भित्री भाग; गुदी।
31021 जठर ना. वि. ४. उमेर ढल्केको; बुढो।
31022 जठर ना. ५. कठिन; कडा।
31023 जठर ना. ६. छिप्पिएको; प्रौढ।
31024 जठरज्वाला ना. १. भोक लाग्दा पेटमा बल्ने ज्वाला; भोकको छटपटी।
31025 जठरज्वाला ना. २. उदरशूल (रोग)।
31026 जठराग्नि/जठरानल ना. १. खाएको वस्तु पचाउने पेटभित्रको ताप; पाचनशक्ति।
31027 जठराग्नि/जठरानल ना. २. भोजन आदि पचाउने पाकस्थलीमा भएको रस।
31028 जड्नु स.क्रि. १. कुनै एउटा वस्तुलाई उपयोगिता वा सुन्दरताका हिसाबले अर्को वस्तुसँग जोड्नु; बहुमूल्य धातु, रत्न आदि गहनागुरियामा जोड्नु।
31029 जड्नु स.क्रि. २. राम्ररी सजाउनु; गाँस्नु; उन्नु।
31030 जड ना. १. कुनै बोटबिरुवाको जरो; कन्द।
31031 जड ना. २. कुनै विषयवस्तुको खास गाँठी; मुख्य तत्त्व वा कारण; सारभूत कुरो।
31032 जड वि. १. चेतनशक्ति नभएको; निर्जीव।
31033 जड वि. २. चेष्टा र स्पन्दनरहि।
31034 जड वि. ३.चिसो; ठन्डा।
31035 जड वि. ४. मूर्ख; लठेब्रो।
31036 जड वि. ५. कक्रक्क परेको; कठ्याङ्ग्रिएको।
31037 जडजगत् ना. १. पृथ्वी, अप, तेज, वायु, आकाश - यी पाँच तत्त्वबाट सिर्जित संसार; पाञ्चभौतिक पदार्थहरूका कारणबाट सिर्जित वस्तु।
31038 जडजगत् ना. २. स्थूल जगत्; संसार।
31039 जडता/त्व ना. १. जड वस्तुको विशेषता; जड हुनाको भाव वा अवस्था; अचेतनता।
31040 जडता/त्व ना. २. मूर्खता; अज्ञता।
31041 जड प्रकृति ना. जडजगत्।
31042 जडभरत ना. पुराणप्रसिद्ध क्षमाशील तथा समदर्शी एक महात्मा।
31043 जडवाद ना. देहभन्दा अतिरिक्त आत्मा वा ईश्वरीय सत्ता नमान्ने सिद्धान्त; देह नै सम्पूर्ण हो, यस अतिरिक्त ईश्वरको अस्तित्व छैन भन्ने एक दर्शन।
31044 जडवादी वि. जडवादको समर्थन गर्ने; जडवादको अनुयायी; नास्तिक।
31045 जडविज्ञान ना. आत्मा, ईश्वर आदिलाई नमानेर भौतिक पदार्थलाई नै सबै कुरो मान्ने मत वा सिद्धान्त; पदार्थविज्ञान।
31046 जडहन ना. १. शीत ऋतुमा पाक्ने अन्न; हिउँदे बाली।
31047 जडहन ना. २. हिमालको कछाडमा हुने धानको एक जात; जाडेमार्सी।
31048 जडाइ ना. कुनै वस्तु अर्को वस्तुसँग सजाउने वा जड्ने भाव, क्रिया वा प्रक्रिया।
31049 जडाइनु स.क्रि. जड्न लाइनु।
31050 जडाउ वि. कुनै ठाउँमा सज्जित पारिएको; जडान गरिएको; जडेको।