Dictionary

All Word

31101 जन ना. ४. ज्यालाबनी गरेर जीविका गर्ने ज्यामी; मजदुर; श्रमिक।
31102 जनअधिकार ना. १. जनताले पाउनुपर्ने मौलिक अधिकार।
31103 जनअधिकार ना. २. संविधानमा उल्लेख भएअनुसार सर्वसाधारण जनताले पाउने अधिकार।
31104 जनआकाङ्क्षा ना. जनसमुदायले व्यक्त गर्ने इच्छा; जनसमूहको चाहना।
31105 जनआन्दोलन ना. कुनै उद्देश्यले प्रेरित भएर वा आफ्ना मौलिक अधिकारको प्राप्तिका लागि जनताद्वारा चलाइने आन्दोलन वा अभियान; जनक्रान्ति।
31106 जनआस्था ना. सर्वसाधारण जनताका मनमा स्थान पाउन सक्ने विषय वा कुरा; जनसमुदायको आन्तरिक विश्वास।
31107 जनक वि. १. जन्म दिने; जन्माउने।
31108 जनक वि. २. जनाउने; सूचक (आश्चर्यजनक, सन्तोषजनक इ.)।
31109 जनक वि. ना ३. पिता; बाबु।
31110 जनक वि. ४. रामायणकालीन मिथिला राज्यका नरेश; सीताका बाबु; एक राजर्षि।
31111 जनकतनया / नन्दिनी ना. सीता।
31112 जनकपुर ना. १. पुरानो व्यवस्थाअनुसार नेपालका चौध अञ्चलमध्ये पूर्वको मेची अञ्चलदेखि गणना गर्दा चौथोमा पर्ने एक अञ्चल।
31113 जनकपुर ना. २. यसै अञ्चलमा पर्ने धनुषा जिल्लाको सदर मुकाम।
31114 जनकपुर ना. ३. मिथिला प्रदेशका राजर्षि जनकको राजधानी।
31115 जनकल्याण ना. सर्वसाधारण जनताको भलाइका निम्ति गरिने भौतिक तथा बौद्धिक विभिन्न कार्य; जनहि।
31116 जनकल्याण केन्द्र ना. जनताको स्वास्थ्य, शिक्षा र अन्य कल्याणकारी पक्षका कार्यक्रम सञ्चालित गरिएको केन्द्र वा कार्यालय।
31117 जनकवि ना. १. जनताका बौद्धिक र भौतिक आकाङ्क्षा तथा आवाजलाई बुझेर कविता लेख्ने प्रतिभा; जनताका मर्म प्रयोग गर्ने कवि।
31118 जनकवि ना. २. सर्वसाधारणले बुझ्ने सरल भाषामा जनहितका कविता रच्ने कवि; त्यस्ता कविका निम्ति साहित्यिक जगत्‌को एक उपाधि वा पदवी।
31119 जनकवि केशरी ना. नेपालका कविलाई प्रदान गरिने एक पदवी।
31120 जनकात्मजा ना. जनकतनया; सीता, जनककी छोरी।
31121 जनक्रान्ति ना. जनताले आफ्ना हक, हित र अधिकार तथा देशको स्वतन्त्रता, प्रगति आदिका निम्ति सङ्गठित रूपमा चलाएको क्रान्ति; जनआन्दोलन।
31122 जनगणतन्त्र ना. किसान, मजदुर आदि श्रमजीवीवर्गको संयुक्त अधिनायकत्वमा वा सर्वहारावर्गद्वारा चल्ने शासनव्यवस्था (चीन, उत्तर कोरिया आदि देशमा प्रचलित )।
31123 जनगणना ना. पुरै राष्ट्र वा कुनै निश्चित क्षेत्रका जनताको कुल सङ्ख्या निकाल्न गरिने गन्ती; जनसङ्ख्या।
31124 जनघनत्व ना. कुनै निश्चित क्षेत्रफलमा पर्न आउने औसत जनसङ्ख्या (जस्तै एक वर्गमाइल बराबर पर्न आउने जनसङ्ख्या आदि)।
31125 जनङ्गी / जनङ्गे क्रि.वि. प्रतिव्यक्तिको हिसाबले, जनही।
31126 जनजागरण ना. देशका जनताहरू आफ्ना हक र हितका निमित्त सचेत हुने कार्य वा स्थिति; आफ्ना अधिकारका र लागि जनतामा पाइने जागृति।
31127 जनजागर्ति/ जनजागृति ना. हे. जनजागरण।
31128 जनजाति ना. १. आफ्नै भाषा, धर्म, संस्कृति, परम्परा, रीतिरिवाज भएका र कुनै निश्चित क्षेत्रमा बसोबास गर्ने ज्ञान-विज्ञानका हिसाबले केही पछि परेको पछौटे जाति।
31129 जनजाति ना. २. सिकार खेली जीविका चलाउने आदिम जातिको समुदाय।
31130 जनजाति ना. ३. आदिवासी।
31131 जनजिब्रो ना. १. जनताका जिब्राले बोल्न र बुझ्न सक्ने भाषा; बोलचालको भाषा; जनभाषा; शास्त्रीय भाषाका तुलनामा कथ्यस्तरको भाषा।
31132 जनजिब्रो ना. २. झर्रोवादसरहको तर त्यससँग केही कुरामा मतभिन्न सोही भाषिक सिद्धान्।
31133 जनजीवन ना. १. जनताको जीवन।
31134 जनजीवन ना. २. सर्वसाधारण जनताको जीवनचर्या।
31135 जनतन्त्र ना. जनताले आफ्नो हितका लागि आफ्नै प्रयास तथा चाहनाअनुरूप स्थापना गरेको शासनतन्त्र; गणतन्त्र; प्रजातन्त्र; लोकतन्त्र।
31136 जनतन्त्रवाद ना. जनतन्त्रको समर्थन गर्ने राजनीतिक सिद्धान्।
31137 जनतन्त्रवादी वि. जनतन्त्रवादको; जनतन्त्रवादसम्बन्धी।
31138 जनता ना. कुनै देशमा बस्ने मानवहरूको समष्टि; मान्छेको समूह; जनसमूह; लोक।
31139 जनता जनार्दन ना. १. जनताका रूपमा रहेको ईश्वर; मान्छेको रूपमा रहेको समष्टिगत शक्ति।
31140 जनता जनार्दन ना. २. जनता ( सम्मानार्थमा)।
31141 जनतान्त्रिक वि. जनतन्त्रसँग सम्बन्धित; जनतन्त्रअनुकूलको; जनतन्त्रका पक्षमा विश्वास राख्ने।
31142 जनदायित्व ना. देशप्रतिको कर्तव्य चुकाउने जनताको उत्तरदायित्व।
31143 जनदेव ना. १. मानिसका रूपमा रहेका देवता; जनताजनार्दन।
31144 जनदेव ना. २. सम्मान्य मानिस।
31145 जनदेव ना. ३. राजा; नरेश।
31146 जनन ना. १. कुनै पनि प्राणीको जन्म; पैदा; प्रजनन।
31147 जनन ना. २. कुनै पनि वस्तुको उत्पत्ति; प्रकट; अवतरण।
31148 जनन ना. ३. बाबु; जनक; ईश्वर।
31149 जनन ना. ४. कुल; सन्तान।
31150 जननगति ना. १. औसत जननगति; देशका जनसङ्ख्याको जन्मदरको वृद्धि वा ह्रासको अनुपा।