Dictionary

All Word

31201 जनवाद ना. १. शासनमा जनताको सर्वोच्चता कायम गर्ने समाजवादी राजनीतिक सिद्धान्।
31202 जनवाद ना. २. माओद्वारा चीनमा विकसित एक व्यवस्था; नयाँ जनवाद।
31203 जनवाद ना. ३. जनतन्त्र।
31204 जनवाद ना. ४. जनतान्त्रिक दर्शन।
31205 जनवादी वि. १. जनवादको; जनवादसम्बन्धी।
31206 जनवादी वि. २. जनवादको सिद्धान्तअनुरूप चल्ने; जनवादमा विश्वास राख्ने।
31207 जनशक्ति ना. जनतामा रहेको बल, बुद्धि आदिको तागत; जनताको क्षमता; जनबल; जनताबाट प्राप्त हुन सक्ने श्रम, सिप, बल, बुद्धिजस्ता विभिन्न शक्ति।
31208 जनशक्ति परिचालन ना. जनताहरूको श्रम, शक्ति, विवेक, बुद्धि आदिलाई देशको निर्माण तथा सिर्जनापक्षमा लगाउने काम।
31209 जनश्रमदान ना. १. चन्दा, सहयोग आदिका निमित्त जनताले आफ्नै श्रम प्रदान गर्ने काम; जनताबाट प्राप्त हुने श्रमको दान।
31210 जनश्रमदान ना. २. दुरुपयोग हुँदा प्राचीन झारा, बेठी झैँ हुन जाने सम्भावना भएको तर सदुपयोग हुँदा ज्यादै हितकर हुन सक्ने श्रमदान।
31211 जनश्रुति ना. १. जनताहरूका भन्ने र सुन्ने परम्परामै बचेर आएका लोकप्रचलनका उक्तिहरू; लोकोक्ति; परम्परागत कहाव।
31212 जनश्रुति ना. २. अफवाह; होहल्ला।
31213 जनश्रुति ना. ३. लोकश्रुति; किंवदन्ती।
31214 जनसङ्ख्या ना. १. देश वा राष्ट्रमा भएका सबै जनताको गणना वा गनोट।
31215 जनसङ्ख्या ना. २. जनसङ्ख्याका साथै राष्ट्रका सामाजिक, आर्थिक, धार्मिक, भाषिक आदि तथ्यहरूको समेत सङ्ग्रह गर्ने कार्य; जनगणना।
31216 जनसङ्ग्राम / जनसङ्घर्ष ना. १. सबै तहका जनता मिली गरेको वा भएको सङ्घर्ष, युद्ध वा आन्दोलन; जनआन्दोलन; जनक्रान्ति।
31217 जनसङ्ग्राम / जनसङ्घर्ष ना. २. जनताका बिचमै दुई विरोधी पक्षमा भएको युद्ध; गृहयुद्ध।
31218 जनसमाज ना. १. मानवसमाज; मनुष्यसमाज।
31219 जनसमाज ना. २. जनसाधारण; जनवर्ग; जनसमुदाय।
31220 जनसमुदाय ना. १. मानिसहरूको हुल।
31221 जनसमुदाय ना. २. जनता।
31222 जनसमुदाय ना. ३. जनवर्ग; जनसमाज।
31223 जनसम्पर्क ना. सरकारी प्रशासनले समाजका विभिन्न कुरा वा मर्का थाहा पाउनका निम्ति जनतासित राख्ने सम्बन्ध; जनतासँगको नाता; जनतासँगको सामीप्य।
31224 जनसम्पर्क अधिकारी / अधिकृत ना. जनतासँग विशेष प्रकारको सम्बन्ध स्थापित गर्ने निकाय वा कार्यालयमा जनसम्पर्कका निम्ति नियुक्त अधिकृ।
31225 जनसम्बन्ध ना. जनसम्पर्क।
31226 जनसहभागिता ना. देशमा सञ्चालित विकासका योजनाहरूमा जनताको सहभागिता; सरकार, स्थानीय सङ्गठन वा कुनै संस्थाको होस्टेमा जनताको हैँसे।
31227 जनसाङ्ख्यिकी ना. जनसङ्ख्यासम्बन्धी आवश्यक तत्त्वहरूको विवेचन गरिएको शास्त्र; जनसङ्ख्यासम्बन्धी शास्त्र।
31228 जनसाधारण ना. १. समाजका साधारण सदस्यहरू; सामान्य जनता; साधारण जनता।
31229 जनसाधारण ना. २. आर्थिक, बौद्धिक आदि दृष्टिले देशको सालाखाला तह वा त्यसभन्दा अझ तल पर्ने समाज; सर्वसाधारण।
31230 जनसाहित्य ना. १. देशका अधिकतम जनताको अवस्थालाई चित्रण गर्ने र तिनको उत्थानको सन्देश दिने जनसाधारणका भाषामा लिखित साहित्य; जनपक्षीय साहित्य।
31231 जनसाहित्य ना. २. मार्क्सवादी सिद्धान्तमा आधारित कला र साहित्यका मूल्यहरूमा आधारित प्रगतिशील साहित्य।
31232 जनसेवक वि. जनताको सेवक; जनसेवी।
31233 जनसेवा ना. जनताको हित गर्नुपर्छ भन्ने भावनाले प्रेरित भएर गरिने सेवा; जनताको भलाइका निम्ति गरिने सेवा।
31234 जनसेवी वि. जनसेवा गर्ने; जनसेवक।
31235 जनसेवी वि. ना. जनसेवा गर्ने व्यक्ति।
31236 जनस्थान ना. वर्तमान समयमा दक्षिण भारतमा पर्छ भनी विश्वास गरिएको, रामायणमा वर्णित दण्डकारण्यको एक भाग।
31237 जनस्वास्थ्य ना. १. जनताको स्वास्थ्य।
31238 जनस्वास्थ्य ना. २. जनताको स्वास्थ्यको हेरचाह गर्ने कार्यक्रम, विभाग वा सिद्धान्।
31239 जनहित ना. जनताका भलाइका लागि गरिने कार्य; जनकल्याण; लोककल्याण।
31240 जनही क्रि.वि. भएभरका मान्छेलाई बराबर पुग्ने गरी; प्रत्येक मान्छेलाई; प्रतिव्यक्ति; जनङ्गे; जनङ्गी।
31241 जना ना. १. मान्छेको गणना गर्दा प्रयोग गरिने एकाइ।
31242 जना ना. २. मनुष्यबोधक प्रत्यय ( एक जना, दुई जना इ.)।
31243 जना ना. ३. व्यक्ति; मानिस (उदा.- आज त धेरै जना आएछन्)।
31244 जनाइ ना. जनाउने भाव, क्रिया वा प्रक्रिया।
31245 जनाइनु क.क्रि. जनाउ दिइनु; सूचना गरिनु।
31246 जनाउ ना. १. सूचना दिने कार्य; सन्देश; विज्ञप्ति।
31247 जनाउ ना. २. साधारण सूचना; सबैका लागि गरिने काम; जनोट; विज्ञप्ति।
31248 जनाउनी ना. जनाउ; जनोट।
31249 जनाउनु स.क्रि. १. कुनै कुराको जनाउ दिनु; सूचित गर्नु।
31250 जनाउनु स.क्रि. २. ज्ञात गराउनु; बोध गराउनु।