Dictionary

All Word

31151 जननगति ना. २. कुनै पनि प्राणधारी जन्मको दरको वृद्धि वा ह्रास।
31152 जननाशौच ना. जन्मसम्बन्धी आशौच; सुत्केरो।
31153 जननि ना. १. आमा; माता; जननी।
31154 जननि ना. २. जन्म; पैदा; प्रजनन।
31155 जननिर्देश ना. कुनै राजनीतिक पद्धतिमा राष्ट्रको सर्वोच्च व्यवस्थापिकाको सभामा विवाद उठ्दा उपस्थित भएका जनप्रतिनिधिहरूले प्रायः गोप्य मतदानद्वारा दिने आफ्नो निर्णय।
31156 जननी ना. १. आमा; जन्मदात्री; माता।
31157 जननी ना. २. दया; कृपा।
31158 जननेता ना. जनताका हक र हितका निमित्त लड्ने नेता; जनताका पक्षको अगुवा।
31159 जननेन्द्रिय ना. १. स्त्रीपुरुषको सन्तान उत्पन्न गर्नेगराउने इन्द्रिय।
31160 जननेन्द्रिय ना. २. पुरुषको मूत्रेन्द्रिय वा लिङ्ग।
31161 जननेन्द्रिय ना. ३. स्त्रीको योनि।
31162 जनपथ ना. १. सर्वसाधारण जनताको बाटो; मूलबाटो; सार्वजनिक बाटो।
31163 जनपथ ना. २. राजमार्ग; मुख्य सडक; राजप।
31164 जनपद ना. १. जनसाधारणहरूको बसोबास भएको ठाउँ; गाउँ।
31165 जनपद ना. २. देश; राज्य; मुलुक।
31166 जनपद ना. ३. जिल्ला; प्रान्।
31167 जनपद ना. ४. कुनै देशका उपजाति वा तिनको थलो।
31168 जनपद धर्म ना. लोकाचार; जनसमाजमा चलेको विधिव्यवहार र आचारविचार।
31169 जनपदी ना. जिल्लाभरिका सबै गतिविधिको देखरेख गर्ने प्रशासक; जिल्लाधीश।
31170 जनपरिचालन ना. जनताहरूको श्रम, बुद्धि, विवेक आदिलाई देशको सिर्जना र निर्माणपक्षमा लगाउने काम; जनताको कार्यक्षमतालाई आफूले चाहेअनुसार निर्दिष्ट लक्ष्यका लागि गरिने उपयोग (मास-मोबिलाइजेसन)।
31171 जनप्रतिनिधि ना. जनताको हक, हित र अधिकारको सुरक्षाका निमित्त जनताले छानेको नेता; जननेता।
31172 जनप्रवाद ना. १. निराधार रूपमा चलेको हल्ला; उडन्ते खबर; अफवाह।
31173 जनप्रवाद ना. २. लोकोक्ति; जनश्रुति।
31174 जनप्रवाद ना. ३. अनुश्रुति; किंवदन्ती।
31175 जनप्रशासन ना. १. सार्वजनिक व्यवस्थाको प्रशासन; जनसाधारणको प्रशासन।
31176 जनप्रशासन ना. २. जनताका तर्फबाट उठेका तर सामान्य प्रशासनद्वारा समाधान हुन नसक्ने समस्याहरूको समाधानसम्बन्धी प्रशासन।
31177 जनप्रिय वि. सबैले मन पराएको; जनताका बिचमा विश्वास प्राप्त गरेको; जनताको प्यारो; लोकप्रिय।
31178 जनबल ना. सेना तथा सत्तापक्षका अतिरिक्त जनतापक्षको शक्ति; जनताको तागत; जनशक्ति।
31179 जनभवन ना. सार्वजनिक कार्यमा प्रयोग हुने भवन (पब्लिक हल)।
31180 जनभावना ना. जनताको इच्छा; जनमानसमा मुखरित भएको भावना।
31181 जनभाषा ना. १. जनसाधारणले दैनिक जीवनमा प्रयोग गर्ने भाषा; जनताको भाषा; अधिकतम मान्छेले प्रयोग गर्ने भाषा।
31182 जनभाषा ना. २. लोकभाषा; कथ्य भाषा; जनजिब्रो।
31183 जनम ना. हे. जन्म।
31184 जनमत ना. १. यो वा त्यो, दुई वा दुईभन्दा बढी विकल्प भएमा कुनै एकमा निर्णय दिनका लागि गरिने मतदान; जनताको राय; लोकम।
31185 जनमत ना. २. संवैधानिक विवाद खडा भएमा सङ्ग्रह गरिने बालिग नागरिकहरूको म।
31186 जनमत सङ्ग्रह ना. यो वा त्यो कुन व्यवस्था मन पर्छ भनी देशको राजनीतिक व्यवस्था छान्नका लागि अथवा दुई वा दुईभन्दा बढी विकल्पमध्ये कुनै एकमा निर्णय दिनका लागि जनताहरूले निर्वाचनमा झैँ मत दिने कार्य; जनमतको सङ्कलन (रिफरेन्डम)।
31187 जनमथात ना. जन्मेको थलो; जन्मभूमि।
31188 जनमानस ना. जनताहरूको मनोभावना; जनताको विचार; लोकभावना।
31189 जनमुखी वि. जनताका पक्षमा अभिमुख; सरकारी पक्षको विपरीत; जनताका हिततर्फ ढल्केको; जनताका पक्षमा उन्मुख।
31190 जनयिता ना. जन्म दिने व्यक्ति; बाबु; पिता।
31191 जनयित्री ना. गर्भधारण गरेर जन्म दिने स्त्री; आमा; जननी।
31192 जनरक्षा ना. प्रहरी, सेना वा अन्य माध्यमद्वारा प्रशासनका तर्फबाट गरिने जनताका जिउधन वा सम्मानको रक्षा।
31193 जनरक्षा अधिनियम ना. जनरक्षाका लागि तर्जुमा गरिएको वा गरिने ऐन।
31194 जनरञ्जन ना. जनताहरूलाई प्रसन्न राख्ने कार्य; मानिसलाई राजीखुसी राख्ने र अमनचयनमा राख्ने काम।
31195 जनरल ना. १. सेनाको उच्च अधिकृत; कर्णेलभन्दा माथिल्लो पद वा त्यसै पदको अफिसर; सेनाको महारथी।
31196 जनरल ना. २. सामान्य; साधारण।
31197 जनरल मेनेजर/म्यानेजर ना. विभाग वा संस्थानको उच्च अधिकृत; महाप्रबन्धक।
31198 जनरल सेक्रेटरी ना. विभाग वा सचिवालयको प्रमुख सचिव; महामन्त्री।
31199 जनरव ना. जनताले आफूलाई मर्का पर्दा वा आफ्नो हितका लागि नियम वा व्यवस्थामा परिवर्तन ल्याउनुपर्दा भाषण, अखबार आदिका माध्यमबाट प्रकट गर्ने विचार; जनआवाज।
31200 जनवरी ना. ग्रेगोरी पञ्चाङ्गअनुसार वर्षभरका महिनामध्ये पहिलो महिना; सोअनुसार नववर्षारम्भको महिना।