Dictionary

All Word

31251 जनाउनु स.क्रि. ३. सङ्केत गर्नु; इसारा दिनु।
31252 जनाउनु स.क्रि. ४. कागतपत्रका बेहोरामा विशेष बोली वा लबज पार्नु; उल्लेख गर्नु।
31253 जनाति ना. छोराको पनाति; नातिको नाति; आफ्नो नाति जस्तै नातिको पनि नाति।
31254 जनाधिप ना. १. राजा।
31255 जनाधिप ना. २. विष्णु।
31256 जनाधिप ना. ३. भगवान्।
31257 जनानखाना ना. आइमाईहरू बस्न अनुकूल मिलेको कोठा; घरमा स्वास्नीमान्छे रहने खण्ड; रनीबास।
31258 जनाना ना. १. स्वास्नीमानिस; महिला; आइमाई।
31259 जनाना ना. वि. २. स्त्रीसम्बन्धी; स्त्रीको।
31260 जनाना ना. ३. स्त्रीलाई हुने (जनाना धोती, जनाना सिट इ.)।
31261 जनानी वि. १. जनानाको; नारीको; महिलासम्बन्धी; स्त्रीजातिलाई हुने।
31262 जनानी वि. ना. २. जनाना।
31263 जनान्तिक ना. १. अरूले नसुन्ने गरी गरिएको कुरा।
31264 जनान्तिक ना. २. नाटकका पात्रहरूमध्ये दुई पात्रले मात्र कानमा सुटुक्क भन्ने तर दर्शकले र रङ्गमञ्चकै पनि अरू नायक-नायिकाले नसुन्ने वार्ता।
31265 जनार्दन ना. १. भगवान्; जगदीश्वर।
31266 जनार्दन ना. २. विष्णु।
31267 जनावर ना. १. चौपाया; बस्तुभाउ; जन्तु।
31268 जनावर ना. २. पक्षी र किराफट्याङ्ग्राबाहेक अन्य हातखुट्टा भएका प्राणी (मानिसलगायत); पशु।
31269 जनावर ना. वि. ३. मूर्ख; अविवेकी।
31270 जनाश्रय ना. १. एक मान्छेलाई अर्को मान्छेको आडभरोस।
31271 जनाश्रय ना. २. जनताको शरण; मान्छेलाई मान्छेको भरोसा।
31272 जनाश्रय ना. ३. कल्याणकारी शासनप्रणालीका लागि अनिवार्य गुणहरूमध्ये एक।
31273 जनित वि. १. उत्पन्न भएको; पैदा भएको; जन्मेको।
31274 जनित वि. २. पैदा गराइएको उत्पन्न गराइएको; जन्माइएको।
31275 जनी ना. दया; क्षमा; कृपा; अनुग्रह।
31276 जनीजात ना. १. आइमाई जात; महिला।
31277 जनीजात ना. २. स्वास्नीमान्छे।
31278 जनीजात ना. ३. जहान; पत्नी; जहानपा।
31279 जनेश ना. जनताको स्वामी; राजा।
31280 जनै ना. उपनयनविधि गरेर ब्राह्मण आदि जातिले लगाउने शिखा पारिएको धागो; ब्रह्मसूत्र; यज्ञोपवी।
31281 जनैखटिरो ना. छातीमा बाघको चित्र लेख्दा निको हुन्छ भनी विश्वास गरिने र शरीरमा जनै रहने ठाउँमा छड्के परेर निस्किने, अति पोल्ने मसिना र राता राता बिमिरा; बाघेखटिरो।
31282 जनैपुर्ने / पूर्णिमा ना. श्रावण शुक्लपक्षको पूर्णिमा; श्रावणी स्नान गरी जनै मन्त्रेर लगाउने पूर्णिमा; ऋषितर्पणी पूर्णिमा; रक्षाबन्धन गरिने पूर्णिमा (विशेषतः ब्राह्मणहरूको पर्व )।
31283 जनै सङ्ल्याइ ना. जनै बनाउन तीनसरो हुने गरी फिर्केमा बाटेर धागो तयार पार्ने कार्य; जनै बनाउने कार्यको प्रथम प्रविधि।
31284 जनोट ना. जनाउने काम वा कुरो; जनाउ।
31285 जनोपयोगी वि. मानवलाई उपयोगी हुने खालको; लोकोपयोगी; समाजोपयोगी; मान्छेलाई काम लाग्ने वा मान्छेको भलो हुने।
31286 जन्जाल ना. १. विषय वा सांसारिक मायामोहको जाल; गृहस्थीसम्बन्धी झन्झट।
31287 जन्जाल ना. २. परिवार; जहान।
31288 जन्जाल ना. ३. सङ्घर्ष वा जटिल समस्यामा आइलाग्ने बाधा वा व्यवधान; झमेला।
31289 जन्जाली वि. जन्जालमा फसेको; झैझमेलामा अल्झिएको।
31290 जन्जिर ना. फलाम, तामा आदि धातुका मसिना तारबाट बनेको साङ्लो; सिक्री; चेन।
31291 जन्ड वि. १. अति रिसाहा; कुटेर-पिटेर वशमा राख्न नसकिने; मापाको; क्रोधी; उच्छृङ्खल।
31292 जन्ड वि. २. बलियो।
31293 जन्ड वि. ३. तीक्ष्ण बुद्धिको; बेजोड।
31294 जन्त ना. १. विवाहमा दुलही लिन जाने वा लिएर आउने यात्रा।
31295 जन्त ना. २. बिहामा दुलाहादुलहीका साथ लागेर जाने काम।
31296 जन्त ना. ३. वरयात्रा।
31297 जन्तर ना. १. तन्त्रशास्त्रका विधिअनुसार रोग वा दोषनिवारक मन्त्र, मूर्ति, अङ्क आदि कागज वा भोजपत्रमा लेखी मन्त्रको उच्चारणसाथ धूप, दीप र पूजा आदि गरी सम्बन्धित व्यक्तिका घाँटी, पाखुरा आदि अङ्गमा बाँधिने वस्तु; बुटी।
31298 जन्तर ना. २. त्यस्तो जन्तरको र गहनाको पनि काम दिन बनाइएको चारकुने आभूषण।
31299 जन्तरमन्तर ना. १. भूत, प्रेत र रोगव्याधबाट बच्न प्रयोग गरिने तन्त्रमन्त्र।
31300 जन्तरमन्तर ना. २. भारतको राजधानी दिल्लीमा रहेको, राजा मानसिंहद्वारा निर्मित, ग्रहगतिको ज्ञान गरिने यन्त्र।