Dictionary

All Word

31401 जपाउनु प्रे.क्रि. जप गराउनु, जप गर्न लगाउनु।
31402 जपाकुसुम / जपापुष्प ना. १. पारिजातका जस्तै पात हुने, लामो र एउटै मात्र केसर निस्कने रातो, कलेजी आदि विभिन्न रङका फूल फुल्ने वृक्षविशेष, जपा।
31403 जपाकुसुम / जपापुष्प ना. २. त्यसैको फूल; जवाकुसुम, घन्टीफूल,बारमासे फूल।
31404 जफत ना. कुनै समर्थ व्यक्तिले असमर्थको धनमाल वा कुनै वस्तु जबरजस्ती आफ्नो अधिकारमा लिने काम, अर्काको वस्तु खोसी त्यसको स्वामित्वबाट समेत वञ्चित गर्ने गराउने काम।
31405 जफती वि. जबरजस्ती अर्काको अधिकारबाट खोसिएको,अर्काको अधिकार आफ्नो बनाइएको।
31406 जफते वि. जफत गर्ने खालको, जफतीमा सामेल हुने, जफत गर्न सहयोग गर्ने।
31407 जब क्रि.वि. जुन समयमा जतिखेर, जुन बेला।
31408 जबर वि . १. शारीरिक तथा मानसिक रूपले वशमा राख्न नसकिने,अटेरी, नटेर्ने, जब्बर।
31409 जबर वि . २. मजबुत, बलियो,दरो।
31410 जबर वि . ३. स्वस्थ, सारसौँदो।
31411 जबरजस्त वि. दह्रो पकड वा एकोहोरो ढिपी भएको, पक्रेपछि कुनै प्रकारले पनि छाड्दै नछाड्ने, बलियो, दृढ।
31412 जबरजस्ती ना. १. कुराले वा बलले समातेपछि छाड्दै नछाड्ने व्यवहार।
31413 जबरजस्ती ना. २. बलजफती; थिचोमिचो; मुढेपेलाइ, अचाक्ली।
31414 जबरजस्ती ना. क्रि.वि. ३. इच्छाका विरुद्ध वा बलात्कारपूर्वक।
31415 जबरजस्ती ना. वि. ४. इच्छाका विरुद्ध वा बलात्कारपूर्ण (जस्तो- जबरजस्ती करणी, जबरजस्ती हातपात आदि)।
31416 जब्बर वि . हे.जबर।
31417 जबान ना. वचन, कबोल, जमान।
31418 जबानबन्दी ना. १. अपराध स्वीकार गरी वा ठहरेअनुसार सजाय भोग्न मन्जुर गरी लेखिएको कानुनी तवरको काग।
31419 जबानबन्दी ना. वि. २. मुखले कबोलेको।
31420 जबाफ ना. १. कसैको प्रश्नको उत्तर, उत्तर।
31421 जबाफ ना. २. कसैले अह्राएको टार्न बोलिने कुनै वचन।
31422 जबाफदेह वि. जबाफ दिन सक्ने, उत्तदायित्व वहन गर्ने।
31423 जबाफदेही ना. उत्तरदायित्व वहन गर्ने व्यक्ति, जिम्मेदारी, उत्तरदायित्व।
31424 जबाफसबाल ना. कुनै एक विषयमा प्रश्नोत्तर गरिने काम,हाजिरीजवाफ, एकले दोसासँग सोध्ने र उत्तर दिने काम।
31425 जबाफी वि. १. जबाफ दिने खालको,जबाफ दिइएको वा लेखिएको (पत्र आदि), उत्तर वा समाधान भएको, उत्तर पठाइएको।
31426 जबाफी वि. २. जबाफसम्बन्धी, जबाफ आउने।
31427 जबाफी कारबाई ना. कसैले कसैमाथि गरेको कारबाईका बदलामा पहिले कारबाई गर्नेमाथि नै गरिने कारबाई, दण्ड आदि पाउने भएका व्यक्तिले दण्ड गर्ने व्यक्तिमाथि बदला लिने भावनाले गर्ने कारबाई।
31428 जबाफी कुपन ना. विश्व हुलाक सङ्घको सदस्यता पाएका राष्ट्रमा हुलाक टिकट लिन मिल्ने कुपन, हुलाक सहुलियत वा हुलाक सुविधायुक्त टिकट।
31429 जबाफी हमला ना. जबाफ वा बदलामा गरिने आक्रमण, प्रत्याक्रमण।
31430 जभ्रेटो ना. गाईको जिभ्रोजस्तो आकारका पात हुने, आयुर्वेदिक औषधीमा पर्ने झारजातको वनस्पति, गोजिह्वा,गाईजिभ्रे।
31431 जम्नु अ.क्रि. १. दुध, पानी आदि तरल वस्तु दहीजस्तो अथवा हिउँजस्तो भएर सारो हुनु, ठोस हुनु।
31432 जम्नु अ.क्रि. पानी आदि तरल पदार्थ वा कसिङ्गर आदि ठोस वस्तु निकास नपाएर जम्मा हुनु।
31433 जम्नु अ.क्रि. ३. साधन वा सुविधासम्पन्न हुनु, मस्त हुनु।
31434 जम्नु अ.क्रि. ४. बसेको वा रहेको ठाउँमा स्थायी हुनु।
31435 जम्नु अ.क्रि. ५. ठाँटसँग बस्नु वा रहनु।
31436 जमघट ना. १. एकै जात वा समूहका प्राणीहरूको भेला,जमघट, गज्मौरो, खचाखच।
31437 जमघट ना. २. मानिसहरू सरसल्लाह गर्नका निमित्त भएको भेला।
31438 जमघट ना. ३. सभा, कचहरी।
31439 जमजम ना. १. कुनै कामकुरामा लाग्ने लगातारको चेष्टा जम्को, जमर्को।
31440 जमजम ना. २. केही गर्नका लागि मनमा जागेको खुलदुली वा हतार।
31441 जमजमाइ ना. जमजम गर्ने चाल, क्रिया वा भाव।
31442 जमजमाइनु अ.क्रि. जमजम होइनु, के गरुँ र कसो गरुँ होइनु, तम्सिनु।
31443 जमजमाउनु अ.क्रि. के गरुँ र कसो गरुँ हुनु, चौचौ हुनु, एकदम चञ्चल हुनु।
31444 जमजमाहट ना. जमजमाइ।
31445 जमठ ना. भेडा, च्याङ्ग्रा आदिको ऊनलाई धागो नकातीकन छरेर माडमुड पारी राडी वा लम्पटको आकारमा जमाइएको वस्त्र, जमोठ।
31446 जमती ना. घरेलु तानमा बुनेको छोटागजी कपडा,ठेटुवा, खाँडी।
31447 जमदग्नि ना. सप्तर्षिहरूमध्ये छैटौं ऋषि, परशुरामका बाबु, भृगुवंशका एक प्रतापी ऋषि।
31448 जमदार ना. हे. जमादार।
31449 जमरा ना. घटस्थापना गर्दा बालुवा वा पञ्चमृत्तिकाको वेदी बनाई रोपेर नवरात्रिमा उमारी विजयाको पूजा गरिने तथा टीका लाउँदा कपालमा सिउरिने, जौका आँकुरा।
31450 जमरे वि. जमराको, जमरासम्बन्धी।