Dictionary

All Word

31451 जमरे औँसी ना. सोह्रश्राद्ध सकिने औँसी; पितृपक्षको अमावस्या, नौरथा लाग्ने औँसी, आश्विन कृष्णपक्षको औँसी।
31452 जमर्को ना. कुनै काम आँटका साथमा गर्ने प्रयास, मिहिनेत,कोसिस।
31453 जमल वि. १. जम्ल्याहा, जोल्ठिएको।
31454 जमल वि. २. जोडामिल्दो, दौँतरिलो।
31455 जमल वि. ना. ३ काठमाडौँको एउटा प्रसिद्ध ठाउँ।
31456 जमलकाठो ना. काकाकुल, बाज आदि विभिन्न कोटिका चिलहरूमध्ये सानो खालको चिल, मांसाहारी पक्षीवर्गको एक चरो, सिकारी।
31457 जमाइ ना. जम्ने वा जमाउने भाव, क्रिया वा प्रक्रिया।
31458 जमाइनु क.क्रि. १. जम्ने पारिनु, जमाउन लाइनु।
31459 जमाइनु क.क्रि. २. पिटिनु,गोदिनु।
31460 जमाउनु प्रे.क्रि. १. जम्ने पार्नु, जमेको तुल्याउनु।
31461 जमाउनु प्रे.क्रि. स.क्रि. २. ठटाउनु, गोद्नु।
31462 जमाखोर ना. अनैतिक किसिमले धन जम्मा गर्ने व्यक्ति।
31463 जमाखोरी ना. अनैतिक आचरणद्वारा धनमाल थुपार्ने काम।
31464 जमात ना. १. कुनै वाद वा सिद्धान्तमा लागेका मानिसहरूको समूह, सम्प्रदाय, गुट।
31465 जमात ना. २. हुल, भिडभाड, घुइँचो, बथान,बगाल।
31466 जमादार ना. सैनिक सेवामा हवलदारभन्दा माथि र सुबेदारभन्दा मुनिको एक पद वा दर्जा।
31467 जमान ना. १. तन्नेरी, युवक।
31468 जमान ना. २. यसो गर्छु भनेर गरिएको कबुल, स्वीकृति, प्रतिज्ञा, बोलकबोल।
31469 जमानकमान ना. १. एकपल्ट बोलेपछि पूरा गर्ने वचन; प्रतिज्ञा।
31470 जमानकमान ना. २. छलफलबाट टुङ्गो लागेपछि लिइने दायित्व वा भार।
31471 जमानकमान ना. १.।
31472 जमानत ना. मुद्दामामिलामा मुछिएको व्यक्तिलाई चाहेका बेला उपस्थित गराउने सर्तमा सम्बन्धित अड्डामा धनधरौटी राखी वा व्यक्ति नै जमानी बसी छुटाउने काम, धितो, धरौटी।
31473 जमानत जफत ना. राजनीतिक पदका लागि चुनाउमा उठ्ने उम्मेदवारले आयोगमा जम्मा गरेको तोकिएबमोजिमको रकम तोकिएको हदभन्दा कम मत ल्याएमा स्वतः सरकारीकरण हुने व्यवस्था।
31474 जमाना ना. १. कसैले भोग्नुपरिरहेको, भोगेको वा भोग्न बाँकी काल।
31475 जमाना ना. २. समय काल।
31476 जमाना ना. ३. युग।
31477 जमाना ना. ४. व्यक्तिका दृष्टिमा शेष मानवसमाज।
31478 जमानी ना. १. अभियोग लागेको व्यक्तिले दायित्व पूरा नगरे आफू गर्छु भनी जिम्मा लिने व्यक्ति; जमान वा कबुल गर्ने व्यक्ति।
31479 जमानी ना. २. कुनै विषयका लागि आफू जिम्मेदार भएको कुरा स्वीकार गर्ने व्यक्ति।
31480 जमानी ना. ३. त्यसरी जमान गर्ने कार्य वा व्यवस्था।
31481 जमानी पत्र ना. जमानी बस्नेले लेखिदिने कानुनी तवरको कबुलियतनामा; कबोलपत्र।
31482 जमाने मान्द्रो ना. पातमा काँडा हुने, मञ्जरीका आकारका पहेँला फूल फुल्ने, चुत्रोको जस्तै पहेँलो रङको काठ हुने र चुत्रो जस्तै फल्ने एक वृक्षविशेष, त्यसैको फूल।
31483 जमामर्द वि. १. पौरख भएको, पुरुषार्थी।
31484 जमामर्द वि. २. पट्ठो, सुरो, आँटी।
31485 जमामर्द वि. ना. ३. तन्नेरी।
31486 जमामर्दी ना. वीरता र उत्साह भरिएको व्यक्तित्व, बहादुरी, सुऱ्याइँ, लाठेपन।
31487 जमालगोटी ना. तेल आउने, सेतो गुदी हुने सुकुमेलजस्ता फल फल्ने, बाँझो पर्ती जमिनमा हुने भारविशेष,जयपाल उपविष।
31488 जमालो ना. हे.जामलो।
31489 जमिन ना. १. भुईं।
31490 जमिन ना. २. पृथ्वी।
31491 जमिन ना. ३. जग्गा।
31492 जमिन आसमान ना. १. अक्कास - पत्ताल।
31493 जमिन आसमान ना. २. ज्यादै फरक।
31494 जमिनदार ना. १. भूमिसुधारपूर्व आफ्ना मातहतका जग्गाजमिनको मालपोत उठाएर बुझाई मालअड्डा र मोहीहरूका बिच मध्यस्थको काम गर्ने व्यक्ति।
31495 जमिनदार ना. २. प्रशस्त जग्गाजमिन भएको व्यक्ति, ठुलो भूमिपति।
31496 जमिनदारी ना. १. जमिनदारको पद वा दायित्व।
31497 जमिनदारी ना. २. जमिनदारको खुवा वा बिर्ता, जिराय।
31498 जमिजमाउ ना. सम्पन्नता।
31499 जमुना ना. १. हिमालयबाट बहेर इलाहाबादमा पुगी गङ्गामा मिल्ने एक नदी, यमुना।
31500 जमुना ना. २. सूर्यकी पुत्री, यमराजकी बहिनी।