Dictionary

All Word

31451 जुगबुडाइ ना. धेरै समयको बिताइ; लामो समयको गुज्राइ।
31452 जुगादी ना. १. युगको आदि। वि.
31453 जुगादी ना. २. युग प्रारम्भ भएका बेलाको।
31454 जुगादी ना. ३. अनेकौँ जुगसम्म टिक्ने, लामो समयसम्म टिक्ने; जुगाती। क्रि.वि.
31455 जुगादी ना. ४. धेरै समयसम्म; लामो अवधिसम्म।
31456 जुगादी नवमी ना. युगको आदिको नवमी; कार्तिक शुक्ल नवमी; कुष्माण्ड नवमी।
31457 जुगानजुग क्रि.वि. १. युगौँसम्म; धेरै लामो अवधिसम्म।
31458 जुगानजुग क्रि.वि. २. अनेकौँ पुस्तासम्म। ना.
31459 जुगानजुग क्रि.वि. ३. युगयुगान्तर।
31460 जुगुप्सा ना. १. कुनै नराम्रो कुराप्रति घृणा।
31461 जुगुप्सा ना. २. निन्दा।
31462 जुगुप्सा ना. ३. बीभत्स रसको स्थायीभाव।
31463 जुगुप्सित वि. हेय मानिएको; निन्दा गरिएको; घृणा गरिएको; गर्ह्य; निन्दित; घृणित।
31464 जुजबन्दी ना. पुस्तक पुस्तिकाको प्रत्येक फर्मा अलगअलग सिई गाँस्ने एउटा तरिका; जुजबाइन्डिङ।
31465 जुजुधौ ना. बेसरी तताएका दुधमा केसर, चिनी आदि मिसाई राम्रोसित जमाएर तयार पारिएको दही; भादगाउँले दही।
31466 जुझ्नु अ.क्रि. जुध्नु; लड्नु; भिड्नु; सङ्घर्ष गर्नु; लडाइँ गर्नु।
31467 जुझाइ ना. जुझ्ने कार्य; युद्ध। क.क्रि. जुधाइनु; लडाइनु।
31468 जुझाउनु प्रे.क्रि. जुझ्ने पार्नु; जुझ्न लगाउनु।
31469 जुझाहट ना. जुझाइ।
31470 जुझो ना. युद्ध गर्ने काम; जुध्ने काम; युद्ध; जुधाइ।
31471 जुट्नु अ.क्रि. १. आवश्यक मालसामान जुर्नु; जम्मा हुनु।
31472 जुट्नु अ.क्रि. २. सभा आदिमा वा कुनै कामका लागि मानिसहरू भेला हुनु; एकत्रित हुनु।
31473 जुट ना. १. दुई वा दुईभन्दा बढीको समूह; दल; जमात; सङ्गठन। (उदा.- यस काममा सबै एकजुट भएर लागौँ)।
31474 जुट ना. २. तासका फराँस आदि खेलमा दुईवटा उही पत्ती एकसाथ आउँदा पर्ने दाउ।
31475 जुट ना. सनपाट; पटुवा; सन।
31476 जुट उद्योग ना. सनपाटमा आधारित उद्योग।
31477 जुट कारखाना ना. सनपाटबाट विभिन्न माल तयार पार्ने कारखाना।
31478 जुट खेती ना. सनपाटको खेती।
31479 जुट प्रेस ना. सनपाटलाई थिचेर छरितो र कम ठाउँ ओगट्ने पार्ने यन्त्र वा कारखाना।
31480 जुट मिल ना. जुटकारखाना।
31481 जुटाइ ना. जुट्ने क्रिया वा प्रक्रिया; जोरजाम।
31482 जुटाइनु अ.क्रि. जुटाइ पूरा हुनु।
31483 जुटाउनु स.क्रि. / प्रे. क्रि. भेला गर्नु; जुक्ताउनु; जुट्ने पार्नु; जुट्न लगाउनु।
31484 जुटिका ना. वैदिक विधिअनुसार शिरका बिचमा नकाटी वा नखौरी राखिने रौँ; शिखा; टुपी।
31485 जुटिका बन्धन ना. व्रतबन्धको अघिल्लो दिनको सायंकालमा बटुकको शिरको तीनतिर वैदिक विधिअनुसार ब्रह्मा, विष्णु, महादेवको प्रतीक स्वरूप गोबर, अक्षता, दुबो, कुश आदि रहेको पोटलिका (पोको) बाँध्ने क्रिया।
31486 जुट्केलो ना. मिर्ग वा थारलको पाठो।
31487 जुठपिण्ड ना. जुठो बार्ने र पिण्ड दिने कार्य; आशौच तथा श्राद्ध।
31488 जुठपिण्डी वि. १. जुठो लाग्ने। ना.
31489 जुठपिण्डी वि. २. नजिकका दाजुभाइ वा वंशज।
31490 जुठिनु अ.क्रि. जुठो हुनु; अपवित्र हुनु।
31491 जुठे वि. जुठोको; जुठोसम्बन्धी।
31492 जुठेन / जुठेल्नु ना. जुठो फाल्ने गरिएको ठाउँ; जुठा भाँडा मस्काउने वा माझ्ने ठाउँ; रछान।
31493 जुठो ना. १. आफ्ना आमाबाबु, दाजुभाइहरू मर्दा लाग्ने आशौच; मरणाशौच।
31494 जुठो ना. २. कसैले खाएर बाँकी रहेको खानेकुरो; पुरा। वि.
31495 जुठो ना. ३. खाएर बाँकी रहेको; उच्छिष्ट; जुठो।
31496 जुठो चुलो ना. भान्सा उठेपछि जुठो सोहोर्ने र लिप पोत गर्ने काम।
31497 जुठो भाँडो ना. भान्सा र भाँडा सफा गर्ने काम; जुठो चुलो।
31498 जुठो सूतक ना. आशौचादि।
31499 जुठ्याइ ना. जुठो पार्ने कार्य।
31500 जुठ्याइनु क.क्रि. जुठो पारिनु।