Dictionary

All Word

31601 जर वि. ना. ३. बुढ्याइँ, वृद्धावस्था।
31602 जर वि. ४. नाश, क्षीणता।
31603 जरकमरक क्रि.वि. १.काम गर्दा वा हिँडडुल गर्दा शरीर थकित हुने गरी, धेरै परिश्रम पर्ने गरी हिँडडुल वा बसउठ गर्ने गरेर।
31604 जरकमरक क्रि.वि. ना. २. त्यस्तो शारीरिक चेष्टा,जऱ्याकमऱ्याक,ओर्कीफर्की।
31605 जरक्क क्रि.वि. १.जाँगर, फुर्ती आदिले उठ्न तम्तयार भएर, जुरुक्क।
31606 जरक्क क्रि.वि. २. रिस वा असन्तोषले जर्किने वा बटारिने गरी, नाघिने वा सन्किने चालसँग।
31607 जरक्क क्रि.वि. ३. कुनै वस्तुलाई एक ठाउँबाट उठाएर वा उखेलेर वरपर सार्ने गरी।
31608 जरङमरङ क्रि.वि. / ना. हे.जरकमरक।
31609 जरजुहारत ना. मणिमाणिक्य, सुन, चाँदी आदि अमूल्य रत्न, बहुमूल्य धातुद्रव्य।
31610 जरट्ठ वि. १.ओइलाएर सुक्खा भएको, साह्रै कडा, अररो।
31611 जरट्ठ वि. २. छिप्पिएको भित्र काठ पसेको, मुलायम नभएको।
31612 जरट्ठ वि. ३. थोत्रिएको जीर्ण।
31613 जरट्ठ वि. ४. उमेर ढल्केर कान्ति हराएको, वृद्ध, बुढो।
31614 जरट्ठिनु अ.क्रि. जरट्ठो हुनु।
31615 जरठ्याइँ ना. जरट्ठिने भाव, क्रिया वा अवस्था।
31616 जरठ्याइनु क.क्रि. जरट्ठिन लाइनु।
31617 जरट्ठ्याउनु प्रे. क्रि. जरट्ठिन लाउनु, जरट्ठिने पार्नु।
31618 जरण ना. १.वृद्धावस्था, बुढ्याइँ।
31619 जरण ना. वि. २. थोत्रो वा पुरानो, जीर्ण।
31620 जरण ना. ३. उमेर बितिसकेको, एकदमै बुढो।
31621 जरथ्रुस्त ना. इ. पू. छैटौँ शताब्दीतिरका, फारसी धर्मका प्रवर्तक एक आचार्य।
31622 जरद्वृत्ति ना. वृद्धकालमा जीविकाका निम्ति दिइने सहयोग,निवृत्तिभरण, पेन्सन।
31623 जरह ना. मनैदेखि जागेर आएको क्रोध, रिस, बेखुसी।
31624 जरा ना. १.वृद्धावस्था, बुढ्याइँ, वृद्धत्व।
31625 जरा ना. २. बुढ्याइँले भएको कमजोरी।
31626 जरा ना. ३. हे. जरो।
31627 जरा ग्रस्त वि. बुढ्याइँले ग्रस्त पारेको, बुढो भएको।
31628 जरा जीर्ण वि. बुढ्याइँले सबै इन्द्रिय शिथिल भएको, जर्जर।
31629 जरायु ना. १.गर्भाशयमा रहेका बालकको वरिपरि बेरिएको पातलो झल्ली, साल।
31630 जरायु ना. २. गर्भाशय।
31631 जरायु ना. ३. योनि।
31632 जरायुज ना. जरायुमा वा गर्भाशयमा रहेर जन्मने प्राणी, पिण्डज।
31633 जरायो ना. हाँगा फाटेका धेरै सिङ हुने ठुलो जातको मृग,बाह्रसिङ्गा, बाह्रसिङ्गे।
31634 जरावस्था ना. वृद्धावस्था, बुढेसकाल, बुढ्याइँ।
31635 जरासन्ध ना. कृष्णका युक्तिले भीमसेनद्वारा टाङ फट्टाएर मारिएको भनी महाभारत तथा भागवतमा प्रसिद्ध, कंसका ससुरा तथा प्रसिद्ध मगध देशका एक राजा।
31636 जरिङ्गो ना. रायोका जस्ता ठुलठुला नरम पात हुने, अचारतरकारी खाइने एक प्रकारको जङ्गली साग।
31637 जरिबाना/जरिमाना ना. १.नगद रुपियाँ दण्ड तिर्नुपर्ने गरी अपराधीलाई गरिएको सजाय, नगद दण्ड, डाँड।
31638 जरिबाना/जरिमाना ना. २. दण्ड तिर्नुपर्ने रुपैयाँ कैद भोग्नुको सट्टा तिर्नुपर्ने रकम।
31639 जरिया ना. १.कुनै कार्यका लागि आवश्यक पर्ने कारण, हेतु।
31640 जरिया ना. २. कुनै दुई व्यक्ति वा वस्तुको बिचको नाता, सम्बन्ध,साँठगाँठ।
31641 जरियो ना. बत्तुले बुनेर झलिक्क झल्कने पारेको, कपालमा लगाउने धागो, लच्छा धागो।
31642 जरी ना. बत्तु जस्तै गरी कपडामा बुट्टा भर्दा उपयोग गरिने वस्तु, सुनौला वा रूपौला रङ्गका कार्चौबी भर्दा उपयोग गरिने तार।
31643 जरीगाँछ ना. जरीले बुनेको, जरीका बुट्टा भरिएको किनखाब, तास आदि।
31644 जरीबुटी ना. औषधीमा काम लाग्ने बोटबिरुवाका झारपात आदिको बुटी, जडीबुटी।
31645 जरुर ना. १.निश्चय, अवश्य, पक्का।
31646 जरुर ना. क्रि.वि.२. निश्चयसाथ, अवश्य नै, निःसन्देह, पक्कापक्की रूपमा।
31647 जरुरत ना. १.आवश्यकता,खाँचो।
31648 जरुरत ना. २. प्रयोजन,औचित्य।
31649 जरुरत ना. ३. अभाव, हर्जा।
31650 जरुरी वि. १.कामकारबाई चाँडो गर्नुपर्ने, नगरी नहुने।