Dictionary

All Word

31751 जल ना. १.पानी, उदक।
31752 जल ना. २. देवतालाई नुहाएको वा पूज्य जनका पाउ धोएको पानी, चरणामृत चरणोदक।
31753 जल ना. ३. विशिष्ट व्यक्तिलाई खान दिइने शुद्ध वा सफा पानी।
31754 जल ना. ४. गङ्गा आदि नदीको चोखो पानी, पवित्र पानी।
31755 जल उन्यु ना. पातबाट जरा निस्कने र जराबाट पनि बिरुवा उम्रने एक किसिमको उन्यु।
31756 जलकण्टक ना. पानीफल, सिँगडा।
31757 जलकन्न्या ना. पुराणमा वर्णित, मानिसका आकारकी सुन्दरी कन्न्या, जलपरी, नागकन्न्या।
31758 जलकपूर ना. छ इन्चजति लामो र चेप्टो आकारको एक जातको माछो।
31759 जलकपोत ना. नदीका तीरमा बस्ने परेवाका जातको पक्षी,पानीपरेवा, जलपरेवा।
31760 जलकुक्कट ना. पानीकुखुरो, सिमकुखुरो।
31761 जलकेलि ना. पानीमा पौडी खेल्ने र पानी छ्यापाछ्याप आदि गर्ने गरी गरिने क्रीडा, जलक्रीडा।
31762 जलकौवा ना. पानीकाग।
31763 जलक्रिया ना. जल अर्पण गरेर पितृहरूलाई दिइने तर्पण,जलाञ्जलि।
31764 जलक्रीडा ना. १.नदी, तलाउ आदिमा युवकयुवती वा नायकनायिकाले परस्परमा पानी छ्यापाछ्याप आदि गरेर रागात्मक आनन्द लिने गरी खेल्ने खेल, जलकेलि, जलविहार।
31765 जलक्रीडा ना. २. पानीमा पौडने वा खेल्ने काम।
31766 जलक्षेत्र ना. पृथ्वीका सतहमा पानीले ढाकेजतिको भाग, जलमग्न क्षेत्र।
31767 जलखाई ना. कुनै काममा लाग्नु वा निस्कनुअघिको हल्का खाना, चमेना।
31768 जलगडा ना. पेटमा पानी जमेर विकार पैदा भई उत्पन्न हुने रोग,जलोदार।
31769 जलगति विज्ञान ना. जलको प्रवाहलाई अध्ययन गर्ने शास्त्र।
31770 जलगैँडा ना. पानीमा बस्ने गैँडाजस्तो जनावर, पानीगैँडा।
31771 जलगोलार्ध ना. पानीको सतह धेरै पर्ने गोलार्ध, दक्षिणी गोलार्ध।
31772 जलग्रह ना. जलोदर।
31773 जलचर ना. पानीमा बसेर जीविका गर्ने जनावर, जलजीवी प्राणी,जलजन्तु।
31774 जलचिकित्सा ना. प्राकृतिक चिकित्सापद्धतिअनुसार पेटको विकारलाई साफ गर्न कुनै यन्त्रद्वारा पेटमा पानी हुलेर गरिने उपचार, जलोपचार।
31775 जलज वि. १.पानीमा उत्पन्न हुने, जलमा पैदा हुने।
31776 जलज वि. २. पानीमा उत्पन्न वा पैदा भएको वस्तु (कमल, शङ्ख, सिपी, सिँवाली, माछो इ.)।
31777 जलजन्तु ना. जलचर।
31778 जलजम्बु ना. पानीमा हुने जामुनु, पानीजामुनु।
31779 जलजीवी वि. १.पानीबाट जीविका चलाउने।
31780 जलजीवी वि. ना. २. डुङ्गा चलाएर जीवन निर्वाह गर्ने व्यक्ति, माझी।
31781 जलजल क्रि.वि. पानी नै पानी भएर, थलथल।
31782 जलजलाउँदो वि. तातो पानी वा आगाले पोलेर अथवा अन्य कुनै कारणले फोका उठेर पानीपानी भरिएको।
31783 जलजले वि. पानीपानी भएको, पानी खटिरो, पानी चढेको (फूल,फोको, घाउ आदि)।
31784 जलजले वि. ना. तेह्रथुम जिल्लाको एउटा प्रसिद्ध ठाउँ।
31785 जलजात वि. १.पानीमै उत्पन्न हुने, जलबाट पैदा भएको।
31786 जलजात वि. ना. २. कमल, शङ्ख, माछा आदि।
31787 जलजात वि. ३. जलजन्तु।
31788 जलडमरुमध्य ना. दुइटा समुद्र वा खाडीहरूलाई जोड्ने पानीको साँघुरो भाग, जलसंयोजक।
31789 जलतरङ्ग ना. १.सङ्गमरमरका अथवा चिनियाँ माटाका सोह्रवटा वा एघारवटा कचौरामा पानी भरेर वा रित्तै पनि छडीले हानेर ध्वनि उत्पन्न गरी बजाइने एक बाजा।
31790 जलतरङ्ग ना. २. त्यस्तो बाजाको ध्वनि वा शब्द।
31791 जलतरङ्ग ना. ३. पानीको तरङ्ग,छाल, लहर।
31792 जलतरासी वि. पानी देख्ता डराउने, जलत्रास हुने।
31793 जलत्रास ना. १.पानी देख्दा वा हुँदा डराउने एक रोग।
31794 जलत्रास ना. २. पानी देखेर हुने भय।
31795 जलत्रास ना. ३. बहुलाहा कुकुरको टोकाइबाट हुने बहुलाहापन।
31796 जलदान ना. १.देवपितृहरूलाई दिइने जलाञ्जलि, तर्पण।
31797 जलदान ना. २. वैशाख शुक्ल तृतीयाका दिन गहुँको सातुसँग बाँडिने सर्व।
31798 जलदानी ना. पानी चलाउने लोटासरहको सानो भाँडो, जलपात्र।
31799 जलदुर्ग ना. समुद्र, खाडी वा नदीले घेरिएको किल्ला, पानीका सीमाले घेरेको सुरक्षित ठाउँ।
31800 जलदेवता ना. जलका अधिष्ठाता, वरुणदेवता।