Dictionary

All Word

31901 जलारी ना. खोला वा तलाउ आदिमा जाल खेलेर वा बल्छी थापेर माछा मार्ने व्यक्ति, जलेरु।
31902 जलावतार ना. पानीघाटमा जाने वा ओर्लने बाटो, जहाज, डुङ्गा आदि रोकिएर मानिस वा अन्य सामान ओर्लनेउत्रने ठाउँ।
31903 जलावर्त ना. पानीमा पर्ने भुमरी, पानीको भुमरी।
31904 जलाशय ना. पानी रहने ठाउँ (पोखरी, तलाउ, इनार, कुवा आदि), पानीघाट।
31905 जलीय वि. पानीबाट तयार भएको, जलसम्बन्धी, जलसँग सम्बन्ध भएको।
31906 जलुको ना. सिम परेका ठाउँमा पलाउने, मस्यौरा आदि बनाउँदा नरम पार्न मसिना टुक्रा पारेर मिसाइने, सानो जातको खान हुने माने, पानीमाने।
31907 जलुवा वि. जल्ने खालको, जल्ने।
31908 जलेखो ना. घरभित्रको धुवाँ बाहिर जाने ठाउँ, भौँप्वाल।
31909 जलेवा ना. पानीमा बस्ने एक जातको कालो चरो।
31910 जलेश ना. जलका देवता, वरुण।
31911 जलेश्वर ना. १.नेपालको मध्यमाञ्चल क्षेत्रअन्तर्गत जनकपुर अञ्चलमा पर्ने महोत्तरी जिल्लाको सदरमुकाम।
31912 जलेश्वर ना. २. सोही स्थानमा अवस्थित महादेवको मन्दिर।
31913 जलेश्वर ना. ३. समुद्र।
31914 जलेश्वर ना. ४. वरुण।
31915 जलोढ वि. पाँगो मिसिएको।
31916 जलोढ वि. ना. त्यस्तो पानी।
31917 जलोढ पङ्खा ना. पहाड वा पहराको फेदमा नदीले पाँगो माटो थुपारेर बनाएको पङ्खाका आकारको जमिन।
31918 जलोदर ना. पेटमा पानी जम्नाले हुने रोग, जलग्रह।
31919 जलोद्भिद ना. पानी जमेकै ठाउँमा वा पानी भइरहने ठाउँमा उम्रने बोटबिरुवा।
31920 जलोपचार ना. हे. जलचिकित्सा।
31921 जलौका ना. जुको।
31922 जलौदो ना. भर्खर जन्मेको सालनालसहितको बाछो, पाडो आदि, पशुको नवजात शिशु।
31923 जलौरा ना. शरीरका रोमकूपमा उठ्ने र पानी जम्ने मसिना फोका, खटिरा।
31924 जल्किनु अ.क्रि. बिच्किनु, तर्छिनु।
31925 जल्क्याइ ना. जल्किने भाव, क्रिया वा प्रक्रिया।
31926 जल्क्याइनु क.क्रि. बिच्क्याइनु।
31927 जल्क्याउनु प्रे. क्रि. बिच्क्याउनु।
31928 जल्दाजल्दी क्रि.वि. जति सक्तो छिटो, चाँडो तुरुन्तातुरुन्तै, शीघ्रातिशीघ्र।
31929 जल्दी क्रि.वि. छिटो, तुरुन्तै, झट्ट, चाँडो, शीघ्र।
31930 जल्दीबाजी ना. हतारपतार, हडबडी, शीघ्रता।
31931 जल्प ना. १.फजुलको कुरा, बकवाद।
31932 जल्प ना. २. तरङ्गी खालको भनाइ वा कथन।
31933 जल्प ना. ३. तर्क।
31934 जल्पक वि. बोल्न निकै सिपालु, बोलैया, वाक्चतुर, गफी।
31935 जल्पन/जल्पना ना. १.हुन नसक्ने वा बिनसित्तिका धेरै कुरा, बकवाद।
31936 जल्पन/जल्पना ना. २. भनाइ, कथन।
31937 जल्पित वि. १.बोलेको भनिएको, कथि।
31938 जल्पित वि. २. धाक छोडिएको, गफ हाँकिएको।
31939 जल्लाद ना. १.फाँसीको सजाय पाएका व्यक्तिलाई फाँसीमा झुन्ड्याउने वा धारिलो हतियारले शिर काट्ने व्यक्ति।
31940 जल्लाद ना. वि. २. साह्रै क्रूर तथा निर्दय (व्यक्ति)।
31941 जल्सा ना. हे.जलसा।
31942 जवनिका ना. १.नाटक आदिमा मञ्चमा लगाइने पर्दा।
31943 जवनिका ना. २. पालका वरिपरि वा झ्यालढोका आदिमा लगाइने पर्दा,शायर।
31944 जवाँमर्द वि. पूर्ण तन्नेरी, लाठे,पुरै हुर्किएको।
31945 जवाँमर्द वि. ना. २. नवयुवक।
31946 जवाँमर्दी ना. १.जवाँमर्द हुनाको भाव वा अवस्था।
31947 जवाँमर्दी ना. २. वीरता, बहादुरी।
31948 जवा ना. तारबाजाहरू बनाइने हस्तीहाड वा धातुबाट बनेको साधन।
31949 जवा ना. १.जमिनसम्बन्धी पुरानो नापी अनुसार रोपनीको चौथाइ अंश, चार आना, एक मुरी माटो।
31950 जवा ना. २. घर बनाउने जग्गाको नापीअनुसार चौबिस अङ्गुल वा एक हात बराबरको नापो।