Dictionary

All Word

31951 जवा ना. वि. ३. त्यति परिमाणको (खेत जग्गा )।
31952 जवाइ ना. जाने भाव, क्रिया वा प्रक्रिया।
31953 जवाकस्तूरी ना. कस्तूरी जस्तै सुगन्धित, एक प्रकारको झारको बुटी वा औषधी।
31954 जवाकुसुम ना. हे.जपाकुसुम।
31955 जवाखार ना. जौको खारबाट बनेको एक प्रकारको नुन, यवक्षार।
31956 जवान वि. १.जुनसुकै प्राणीको तरुण अवस्था, युवक, पट्ठो, तरुनो, तन्नेरी।
31957 जवान वि. २. व्यक्ति, वटा जना (एक जवान, दुई जवान, पाँच जवान इ.)।
31958 जवान वि. ३. बहादुर, वीर।
31959 जवानी ना. जवान हुनाको भाव वा अवस्था, यौवन, तारुण्य, बैँस।
31960 जवाहिरात ना. रत्न, मणिमाणिक्य आदि बहुमूल्य धातु, जुहार।
31961 जस ना. समाजमा कुनै राम्रो काम गरेबापत पाइने वा देशविदेशसम्म फैलने सुकीर्ति; भलो काम गरेबापतको प्रशंसा,स्याबासी, यश।
31962 जस सर्व. विभक्ति लाग्दा हुने 'जो' शब्दको रूप (जसलाई, जसले, जसको, जसमा इ.)।
31963 जसकस सर्व. जो' र 'को' सर्वनाममा विभक्ति प्रत्यय लाग्दा बन्ने तिर्यक् रूप।
31964 जसकस सर्व. (उदा.- जसकसको कुरा सुनेर रिसाउनु राम्रो होइन)।
31965 जसकसै सर्व. जोकोही, जसतस।
31966 जसतस जो, त्यो सर्वनाममा विभक्ति वा प्रत्यय लाग्दा सार्वनामिक तिर्यक् रूप (उदा.- जसतसलाई विश्वास गर्नु राम्रो होइन )।
31967 जसरी क्रि.वि. जसो गरेर, जुनकुनै तरिकाले जस्ता प्रकारसँग।
31968 जसरी तसरी क्रि.वि. कुनै किसिमले जेजसो गरेर भए पनि, जसोतसो गरी, येनकेन प्रकारेण, जेनतेन।
31969 जसिलो वि. जस पाउने, जस मिल्ने, जस हुने, जसमिल्दो।
31970 जसु ना. पिनासको कथा'- मा वर्णित एक पात्र।
31971 जसे ना. १.नर्तकहरूसँग दाँजिएर ठट्यौलो पारामा दर्शकहरूलाई मुटु मिचीमिची हँसाउने पात्र, एक प्रकारको विदूषक, जोकर, ढँटवारे।
31972 जसे ना. वि. २. जस पाउने, स्याबासी पाउने, जसिलो।
31973 जसो क्रि.वि. जेजुन किसिमको, जस्तोतस्तो।
31974 जसोतसो क्रि.वि. कुनै न कुनै तरिकाले, येनकेन प्रकारेण, जसरी भए पनि।
31975 जस्केलो ना. घरको मूल ढोकाबाहेकको कोल्टेपट्टिका गारामा राखिएको अर्को ढोका, पार्श्वद्वार, उपद्वार।
31976 जस्ता ना. १.केही कालो वा निलो खालको सेतो रङ हुने खनिज धातु।
31977 जस्ता ना. २. जस्तापाता, कर्कटपाता।
31978 जस्ताको तस्तो वि. पहिलेकै जस्तो रूपरङ्ग वा आकारप्रकारको, जस्ताको तस्तै, यथावत्, उही नै, उस्तै।
31979 जस्ता पाता ना. खास गरी घर, टहरा आदि छाउने काममा प्रयोग गरिने, बिचबिचमा खोल्सीखोल्सी परेको जस्ताको पाता, कर्कटपाता, जस्ता।
31980 जस्तै क्रि.वि. १.जस्तो नै, जस्तो भए पनि, जस्तोसुकै।
31981 जस्तै क्रि.वि. २. दृष्टान्तका निम्ति, उदाहरणार्।
31982 जस्तो वि. १.जस्तो प्रकारको छ त्यस्तो, जुन किसिमको।
31983 जस्तो वि. क्रि.वि. २. जस्तै, उदाहरणार्।
31984 जस्तोतस्तो वि. जिनतिन, सामान्य, मामुली।
31985 जस्तोसुकै वि. १.जुनकुनै भए पनि हुने वा नहुने खालको, जुन किसिमकै, जस्तो नै।
31986 जस्तोसुकै वि. क्रि.वि. २. जस्तोसुकै, जस्तै भए पनि।
31987 जहडी वि. १.गहिरो असर गर्ने, प्रभाव नपारी नछाड्ने, अचुक (औषधी)।
31988 जहडी वि. वि. २. आफ्नो व्यक्तित्वले नै प्रभाव पार्ने, हैकम भएको, रबाफिलो।
31989 जहडी वि. ३. धेरैमध्ये मुख्य प्रधान।
31990 जहडी वि. ना ४. कुनै विषय वा वस्तुको मुख्य कारण, मूलतत्त्व, मुख्य कुरो।
31991 जहत्स्वार्थ वि. शब्द वा वाक्यको अभिधार्थलाई चट्ट छाडेर तात्पर्यलाई ग्रहण गर्ने लक्षणाका विभिन्न भेदमध्ये एक लक्षण।
31992 जहदजहल्लक्षणा ना. शब्द वा वाक्यमा रहेको मूल अर्थलाई केही अंशमा त्याग गर्ने र केही अंशमा नयाँ अर्थमा ग्रहण गर्ने, लक्षणाका विभिन्न भेदमध्येको एक लक्षणा।
31993 जहर ना. हलाहल,विष।
31994 जहरबात ना. शरीरमा रक्त विकृत भएपछि निस्किने विषाक्त खटिरो।
31995 जहरवात ना. विकृत पानी जमेर अण्डवृद्धि हुने एक रोग, अण्डवृद्धिको रोग।
31996 जहरिलो वि. जहर भएको, विषततत्त्वसहितको, विषाक्त, विषालु।
31997 जहल्लक्षणा ना. अभिधागत अर्थलाई त्यागेर अभिप्रेत वा लक्षित अर्थ बुझाउने लक्षणा, जहत्स्वार्।
31998 जहाँ क्रि.वि. जुन ठाउँमा जुन स्थानमा।
31999 जहाँ क्रि.वि. २. जुन बेला, जुन बखत, जब।
32000 जहाँकहीँ क्रि.वि. कहीँ न कहीँ, जहाँ भए पनि, सबै ठाउँमा,जहाँतहीँ, जताततै।