Dictionary

All Word

32001 जहाँतहाँ क्रि.वि. जुनसुकै ठाउँमा, जहाँ पायो त्यहीं, मन लागेको ठाउँमा, जहाँकहीं।
32002 जहाँतहीँ क्रि.वि. जताततै,जहाँतहाँ नै, जत्रतत्र, सर्वत्र।
32003 जहाँसुकै क्रि.वि. जुनसुकै ठाउँमा, जतासुकै, सर्वत्र, सबैतिर।
32004 जहाज ना. ठुलठुला नदी, खाडी र समुद्रमा चल्ने, काठ, फलाम, सिल्भर आदि वस्तुबाट बनेको मानिसहरू आवतजावत गर्ने वा सामान ओसारपसार गर्ने साधन, जलयान, जलपो।
32005 जहाज डुब्नु टु. १.जहानकेटाकेटीले ठुलो दुःख पाउने हुनु।
32006 जहाज डुब्नु टु. २. सिरीखुरी स्वाहा हुनु।
32007 जहाज रानी ना. १.जलयान सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विभाग वा कार्य।
32008 जहाज रानी ना. २. प्रमुख जहाज।
32009 जहाजी वि. जहाजसम्बन्धी, जहाजसँग सम्बन्धित, जहाजको।
32010 जहाजी केरा ना. एक प्रकारको स्वादिलो केरा।
32011 जहाजी नरिवल ना. ठुलो खालको नरिवल, नरिवलका विभिन्न जातमध्ये एक।
32012 जहाजी नहर ना. जहाज चल्न सक्ने ठुलो नहर, नदी वा समुद्रबाट निकालिएको, जहाज चल्ने ठुलो कुलो।
32013 जहाजी सुपारी ना. सिङ्गापुरमा हुने वा पाइने एक जातको सुपारी, ठुला जातको सुपारी।
32014 जहान ना. १.एकै भान्सामा खाने व्यक्ति, एकाघरका मानिस।
32015 जहान ना. २. स्वास्नीका निमित्त लोग्ने वा लोग्नेका निमित्त स्वास्नी बुझाउने शब्द, सो अर्थमा स्वास्नी वा पत्नी, लोग्ने वा पति।
32016 जहान परिवार ना. एकै परिवारका सानाठुला सबै मानिस, एकै परिवारका सदस्य।
32017 जहान बच्चा ना. जहानपरिवार।
32018 जहानियाँ वि. १.ठुलो जहान भएको, ठुलो परिवारको।
32019 जहानियाँ वि. २. एकै परिवारसँग सम्बन्धित, जहानले नै मिलीजुली सञ्चालित वा उपभोग गरिरहेको ( जहानियाँ बन्दोबस्त, जहानियाँ शासन इ.)।
32020 जहिले क्रि.वि. जुन बेला, जतिखेर, जुन समयमा, जुन बख।
32021 जहिलेसुकै क्रि.वि. जुनसुकै समयमा, जहिले भए पनि, जुन बेला पनि।
32022 जाँगर ना. कुनै पनि काम गर्न मनमा उत्पन्न भएको उत्साह, मिहिनेत गर्ने उत्साह वा स्फूर्ति, अल्छीपनाको अभाव।
32023 जाँगर मरुवा वि. कुनै काम गर्ने वा मिहिनेत गर्ने जाँगर नभएको, अल्छी, आलसी, निरुद्योगी।
32024 जाँगरिया वि. काम वा मिहिनेत गर्ने जाँगर भएको, जाँगरिलो,मिहिनेती ,परिश्रमी, उत्साही, उद्यमी।
32025 जाँगरिलो वि. जाँगरिया।
32026 जाँगी ना. घरको सबभन्दा तल्लो तला, घरको सबभन्दा तल्लो भाग, भुइँतला।
32027 जाँघ ना. १.घुँडादेखिमाथिको खुट्टाको अवयव, तिघ्रो,जङ्घा, उरु।
32028 जाँघ ना. २. सुरुवालका दुई खण्डलाई जोड्ने बिचको भाग।
32029 जाँघवाल वि. १.तिघ्रे,घुसतिघ्रे, मोटो।
32030 जाँघवाल वि. २. जाँघ भएको।
32031 जाँघवाल वि. ३. ठुलो जाँघ भएको (जस्तो- जाँघवाल सुरुवाल)।
32032 जाँघिया/जाँघे ना. १.कम्मरदेखि घुँडासम्म मात्र पुग्ने एक किसिमको सुरुवाल, कट्टु।
32033 जाँघिया/जाँघे ना. वि. २. ठुला जाँघ हुने, भुसतिघ्रे, जाँघवाल।
32034 जाँच्नु स.क्रि. १.हेरेर वा विचार गरेर ठिकबेठिक, असल कमसल, योग्यअयोग्य छुट्ट्याउनु, परीक्षण गर्नु, पारख गर्नु।
32035 जाँच्नु स.क्रि. २. जाँच लिनु।
32036 जाँच ना. १.ठिकबेठिक, योग्यअयोग्य, साँचोझुटो केकस्तो छ भनी छानबिन गर्ने काम, पारख, छानबिन, छ्‌यानविचार।
32037 जाँच ना. २. विद्यार्थीले पाठ्यक्रम पूरा गरेपछि कक्षा वा तहमा उत्तीर्ण हुनका लागि लिखित वा मौखिक उत्तर दिने कार्य, परीक्षा।
32038 जाँच ना. ३. त्यस्तो परीक्षा लिने कार्य।
32039 जाँच आयोग/कमिसन ना. १.कुनै विशेष वा असामान्य घटनालाई लिएर सत्य हेतु पत्ता लगाउनका लागि एक वा धेर व्यक्तिको छानबिन समिति।
32040 जाँच आयोग/कमिसन ना. २. त्यसरी छानबिन गरेर निर्णय दिने वा प्रतिवेदन प्रस्तुत गर्ने समिति।
32041 जाँचकी ना. १.जाँच्ने व्यक्ति, परीक्षक।
32042 जाँचकी ना. २. निरीक्षक।
32043 जाँचकी ना. वि. ३. पारखी, जाँच लिने।
32044 जाँच पडताल ना. १.जाँचको परिचालन, जाँच्ने कामको सञ्चालन, जाँचबुझ, खोजतलास।
32045 जाँच पडताल ना. २. अनुसन्धान, खोजी, धुइँपत्ताल।
32046 जाँचबुझ ना. कुनै कुरो केकस्तो छ भनी जाँच्ने वा बुझ्ने काम, कुनै कुरो पत्ता लगाउन गरिने खोजी, खोजीनिती,जाँचपडताल।
32047 जाँचबुझ आयोग ना. जाँचआयोग।
32048 जाँचबुझ केन्द्र ना. देशभित्रका सरकारी अड्डाखानामा केकस्तो तरिकाले कामकाज भएको छ भनी जाँचबुझ गर्न र कुनै कार्यालयले गरेको कामकुराका सम्बन्धमा उजुर पर्न आएमा हेरविचार गर्न, साथै देशका महत्त्वपूर्ण पक्षको लेखाजोखा गर्न खडा गरिएको एक अड्डा।
32049 जाँचबुझ समिति ना. पञ्चायती व्यवस्थामा कार्यपालिकाले गरेका कार्यहरू ठिकबेठिक केकस्ता छन् भन्ने पत्ता लगाउन बनेको पञ्चहरूको समिति।
32050 जाँचिनु क.क्रि. १.जाँच गरिनु, परीक्षा लिइनु।