Dictionary

All Word

32151 जाजरकोट ना. भेरी अञ्चलमा पर्ने एक जिल्ला, राजा पृथ्वीमल्लले जक्तिसिंहलाई महामण्डलका रूपमा दिएको आधारमा वैकल्पिक रूपमा जक्तिपुरका नामले समेत इतिहासमा प्रसिद्ध एक स्थल।
32152 जाजुल्ले वि. १.जल्दोबल्दो।
32153 जाजुल्ले वि. २. मापाको।
32154 जाज्वल्य वि. ज्यादै चम्किलो, खुब उज्यालो, प्रकाशमान,दीप्तिमान, भास्वर, तेजस्वी, जल्दोबल्दो, प्रभावशाली।
32155 जाज्वल्यमान वि. हे.जाज्वल्य।
32156 जाठराग्नि ना. पेटमा रहेको पाचनशील ताप, खाएको पचाउने ताप, जठराग्नि।
32157 जाड ना. १.आइमाईले झैँ लोग्ने मानिसले पनि लामा कपाल पाल्ने हुँदा प्राचीन कालमा नेपालीहरूले भोटेलीहरूलाई दिएको नाम।
32158 जाड ना. २. इतिहासप्रसिद्ध दीर्घवेणु जाति।
32159 जाडप्रदेश ना. जडान।
32160 जाडे वि. जाडोमा हुने, जाडोसँग सम्बन्धि।
32161 जाडे मार्सी ना. जाडो लागेपछि मात्र पाक्ने रातो किसिमको मार्सी धान।
32162 जाडो ना. १.चिसोको अनुभव, ठन्डीको अनुभव।
32163 जाडो ना. २. चिसोपन, ठन्डी।
32164 जाडो ना. ३. ठन्डा मौसम, शीतकाल।
32165 जाडो काट्नु टु. हिउँद महिना बिताउनु।
32166 जाड्य ना. १.जड अवस्था, जडता, मूर्खता।
32167 जाड्य ना. २. जाडोपन, जाडो ठिही, ठिहिरो।
32168 जात वि. १.जन्मेको, पैदा भएको,उत्पन्न (समासमा मात्र सीमित जस्तै- जातकर्म, स्नेहजात, प्रेमजात, सहजात इ. )।
32169 जात वि. ना. २. वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको जाति वा वर्ग।
32170 जात वि. ३. खाल, किसिम, प्रकार।
32171 जात वि. ४. जङ्गलमा उम्रने रुखहरूमध्ये सरकारले आफ्नो नियन्त्रणमा राखेका रुखको केही प्रकार, राम्रो जातको काठ।
32172 जातक ना. १.भर्खर जन्मेको बालक, नवजात शिशु।
32173 जातक ना. २. हिन्दुहरूका सोह्र संस्कारमध्ये नवजात बालकको संस्कार, जातकर्म।
32174 जातक ना. ३. नवजात शिशुको शुभाशुभ फल बताउने, फलित ज्योतिषको एक अङ्ग।
32175 जातक ना. ४. बुद्धका पूर्वजन्मका कथाहरू लेखिएको ग्रन्।
32176 जातकमाला ना. बुद्धसम्बन्धी जातकहरूको समुदाय।
32177 जातक सम्बन्धी वि. जन्मिएको बालकसँग सम्बन्धित, जन्मविषयक कर्मसँग सम्बन्धि।
32178 जातकर्म ना. बालक जन्मँदा गरिने संस्कार, हिन्दुहरूका सोह्र संस्कारमध्ये एक, जातक।
32179 जातदन्त वि. दाँत उम्रेको, दाँत निस्किसकेको (बालक),दँतिया।
32180 जातपक्ष वि. प्वाँख उम्रेको, प्वाँख पलाइसकेको, पखेटाका रौँ उम्रिसकेको।
32181 जातपतित वि. आफ्नो जातबाट पतित भएको, जातबाट खसेको जातिच्यु।
32182 जातभात ना. रूढि वा परम्परागत जात र जातअनुसार चल्ने वा नचल्ने भातभान्सा।
32183 जातभात ना. (उदा.- राणाकालमा कुनै तागाधारीले मतवालीको हातको भात खायो भने वा पानी नचल्ने जातकी स्वास्नी ल्यायो भने उसमाथि जातभातको मुद्दा चल्न सक्थ्यो )।
32184 जातमारा वि. १.जात मार्ने, बलैले अरूको जात लिने।
32185 जातमारा वि. २. कुनै स्त्रीलाई जबरजस्ती करणी गरेर जात लिइदिने।
32186 जात हटक ना. १.रूढिगत चलनअनुसार जातका नियम नमान्नेलाई भातभान्सा, बिहेबटुलो आदिबाट गरिने बहिष्कार।
32187 जात हटक ना. वि. २. त्यसरी बहिष्कार गरिएको।
32188 जाति अव्य. खास थोक, व्यक्ति वा पदार्थको बोध हुने एक प्रत्ययधर्मी शब्द, चाहिँ, थोक (केजाति, कोजाति आदि)।
32189 जाति ना. १.राष्ट्रियता र भौगोलिक सीमाका आधारमा छुट्टिने मनुष्यका जातिको विभाग।
32190 जाति ना. २. हिन्दु समाजमा वंशपरम्परा, संस्कार, धर्म, कर्म आदिका आधारमा छुट्टिने बाहुन छेत्री आदि जा।
32191 जाति ना. ३. शारीरिक बनावट, आकारप्रकार, गुण, स्वभाव आधारमा छुट्टिने वा चिनिने स्थावर, जङ्गम आदिको विभाग।
32192 जाति ना. ४. आर्या, गीति आदि मात्रिक छन्द।
32193 जातिच्युत वि. जातिबाट पतित भएको, जातिबाट खसेको।
32194 जातित्व ना. जातिको भाव, गुण वा विशेषता, जातिलाई छुट्ट्याउने कुरो।
32195 जातिधर्म ना. कुनै जातिमा रहने विशेष गुण, स्वभाव वा धर्म,जातिविशेषको विशेषता।
32196 जातिधर्म ना. २. जातिले पालन गर्नुपर्ने धर्म वा नियम।
32197 जातिनाम ना. एउटालाई चिनेपछि त्यसको गठन, आकारप्रकार आदिबाट त्यस जातका अरूलाई पनि चिनिने खालको वस्तुको नाउँ; जातिवाचक नाम (घोडा, मान्छे, रुख, किरो इ.)।
32198 जातिपाँती / पाती ना. हिन्दु समाजमा वंशपरम्परा, संस्कार, धर्म, कर्म आदिका आधारमा छुट्टिने बाहुन छेत्री आदि जातिको विभाग,जातीय विभाग, जातिभित्रका उपविभाजन वा पङ्क्ति।
32199 जातिभेद ना. जातीयताको आधारमा गरिने भेदभाव, भिन्नभिन्न जातिहरूमा एक जातिले अर्को जातिलाई होच्याउने प्रवृत्ति, सङ्कीर्ण जातीयता, जातिवाद।
32200 जातिभ्रंश ना. जातिबाट पतन हुने स्थिति, जातिच्युति।