Dictionary

All Word

32251 जादुगर ना. जादु गर्ने व्यक्ति, चटक देखाउने व्यक्ति, चटकी।
32252 जादुगर ना. स्त्री. जादुगर्नी।
32253 जादु विद्या ना. जादुगरको विद्या,जादुगरी।
32254 जादुगरी ना. १.जादुको काम, जादु गर्ने विद्या, जादुविद्या, जादुकर्म।
32255 जादुगरी ना. २. जादुगरको स्वभाव, काम वा पेसा।
32256 जाद्रो वि. १.भनेको नमान्ने, जति गाली गरे वा पिटे पनि तह नलाग्ने, ज्याद्रो।
32257 जाद्रो वि. २. कडा स्वभावको, कठोर, कडा।
32258 जाद्रो वि. ३. छिनाल्न वा फोर्न सजिलो नभएको, साह्रो, बलियो।
32259 जान्नु स.क्रि. १.थाहा पाउनु, ज्ञान प्राप्त गर्नु, बुझ्नु, चाल पाउनु।
32260 जान्नु स.क्रि. २. चिन्नु, परिचय प्राप्त गर्नु।
32261 जान्नु स.क्रि. ३. चेत्नु,अनुभव गर्नु।
32262 जानकार वि. १.जानेसुनेको, जानिफकार, जान्ने, बुझेको, बुझकी।
32263 जानकार वि. २. सिपालु, विद्वान्।
32264 जानकारी ना. १.थाहा वा ज्ञान हुनाको स्थिति,ज्ञानलाभ, ज्ञानार्जन।
32265 जानकारी ना. २. ज्ञान, थाहा।
32266 जानकी ना. रामायण महाकाव्यका अनुसार जनककी छोरी,रामकी पत्नी, सीता।
32267 जानकी नवमी ना. वैशाख शुक्ल नवमीका दिन जानकीको जन्मोत्सवका रूपमा जनकपुर धाममा मनाइने एक पर्व वा उत्सव।
32268 जानकी मन्दिर ना. नेपालको जनकपुर अञ्चलको सदरमुकाम तथा सीताजीको जन्मस्थल जनकपुरमा रहेको सीताजीको प्रसिद्ध मन्दिर।
32269 जान पत्यार ना. राम्रो चिनाजानी र भरविश्वास,राम्रो जानपहिचानले गर्दा पैदा भएको विश्वास।
32270 जानपद ना. १.जनपदका बासिन्दा।
32271 जानपद ना. २. गाउँ, जिल्ला वा अञ्चलका बासिन्दा।
32272 जानपद ना. ३. मानवसमाजले बसोबास गरेको ठाउँ।
32273 जानपद ना. वि. ४. जनपदसम्बन्धी।
32274 जानपद दीर्घ सेवा पट्ट ना. अविच्छिन्न तिस वर्ष सेवा गर्ने कर्मचारीलाई प्रदान गर्ने उद्देश्यले १९९४ सालमा स्थापित एक पदक।
32275 जानपद सेवापदक ना. निरन्तर पन्ध्र वर्ष सेवा गर्ने कर्मचारीलाई प्रदान गर्ने उद्देश्यले २०२३ मा स्थापित एक पदक।
32276 जानपहिचान/जानपहिचानी ना. चिनाजानी, चिनजान, परिचय।
32277 जानबुझ ना. १.जान्ने र बुझ्ने कार्य, जाँचबुझ।
32278 जानबुझ ना. वि. २. जानेको र बुझेको, अनुभवी, जानिफकार।
32279 जानबुझ ना. क्रि.वि.३. जानाजानी, जानीजानीकन।
32280 जानाजान क्रि.वि. १.जान्दाजान्दै, जानाजानी,जानीबुझी, जानबुझ।
32281 जानाजान क्रि.वि. २. हाकाहाकी थाहा दिएरै।
32282 जानाजान क्रि.वि. ना.३. परस्परको परिचय वा ज्ञानलाभ।
32283 जानाजान क्रि.वि. ४. लगातार जान्ने वा चिन्ने कार्य।
32284 जानाजानी क्रि.वि. जान्दाजान्दै, थाहा पाउँदापाउँदै, हाकाहाकी।
32285 जानिफकार वि. १.मान्यवर, ज्ञानवृद्ध।
32286 जानिफकार वि. २. जान्ने-बुझ्ने, जानकार।
32287 जानिफकारी ना. जानिफकार हुनाको गुण वा विशेषता,जानिफकारको गुण, विशेषता वा क्षमता।
32288 जानु ना. शरीरमा तिघ्रा र पिँडौलाका बिच हाडको पाङ्ग्रे जोर्नी भएको ठाउँ, घुँडो।
32289 जान्ने वि. / ना. १.जानेको,सिपालु पोख्त, प्रवीण।
32290 जान्ने वि. / ना. २. गुणी, ज्ञानी।
32291 जान्ने वि. / ना. ३. झारफुके काम गर्ने (धामी, झाँक्री आदि)।
32292 जान्ने कथा ना. भन्नेले सुन्नेलाई प्रश्नका रूपमा सोध्ने र सुन्नेले जाने जवाफ दिने, नजाने कुनै गाउँ दिएर भन्नेसँग नै कथाको आशय सोध्ने, विशेषतः गाउँले समाजमा प्रचलित कथा, गाउँखाने कथा।
32293 जान्ने सुन्ने वि. धेरै कुरा जाने-बुझेको, जानेसुनेको, अनुभवी, सिपालु, जानिफकार।
32294 जाप ना. हे.जप।
32295 जापक ना. ठुलाठुला यज्ञमण्डपमा वा कुनै कर्मविशेषमा विघ्नशान्तिका निम्ति कुनै देवीदेवताको मन्त्र जप्ने व्यक्ति,ऋत्विक्।
32296 जापान ना. एसियाको सुदूर पूर्वमा रहेको एउटा प्रसिद्ध देश।
32297 जापानी वि. १.जापानसम्बन्धी, जापानको।
32298 जापानी वि. ना. २. जापानको भाषा, जापानका बासिन्दा वा नागरिक।
32299 जापानी बाजा ना. टाइपराइटरका जस्ता तेइसवटा पर्दा हुने, चारदेखि दशवटासम्म तार हुने र जवाले बजाइने एक थरी बाजा, टेसोकोटो।
32300 जाफत ना. साथीभाइहरू मिलेर गरिने ठुलो भोज, रमाइलो भोज, प्रीतिभोज।