Dictionary

All Word

32401 जाली ना. २. आँखाका नानीमा पर्ने सेतो पर्दा।
32402 जालीदार वि. जाली भएको; प्वालैप्वाल भएको; जाली पारेर बनाइएको।
32403 जाली फुल ना. ससाना लाम्चिला पात हुने एक किसिमको वनस्पति वा त्यसैको फूल।
32404 जाले वि. १.जाल बुन्ने वा जाल हान्ने पेसा लिएको।
32405 जाले वि. २. जालसम्बन्धी, जालको,जालजस्तो।
32406 जाले च्याउ ना. जालीको जस्तो बुट्टा हुने एक प्रकारको गनाउने बिखालु च्याउ।
32407 जालेमाले वि. १.जालझेलले भरिएको।
32408 जालेमाले वि. २. शृङ्खला नमिलेको।
32409 जालेमाले वि. ३. स्पष्ट नभएको।
32410 जालेमाले वि. ना. ४. आलेटाले।
32411 जालो ना. माकुराको जालीदार गुँड।
32412 जालो ना. २. छिप्पिएका घिरौँला, रामतोरियाँ (पाटे घिरौँला) आदिको भित्रपट्टि हुने जाली।
32413 जालो ना. ३ आँखाको नानीमा पर्ने सेतो पर्दा।
32414 जालो ना. ४. मरणासन्न बिरामीका आँखामा लाग्ने पातलो झल्ली।
32415 जालो ना. ५. पूर्वाग्रह र मूढाग्रहले गर्दा बुद्धिमा आउने ह्रास, विवेकहीनता।
32416 जावत आवत ना. जानेआउने काम,आवतजावत, आवागमन।
32417 जासुस ना. १.गुप्त रूपले अपराधको अन्वेषण गर्न वा शत्रुपक्षको भेद थाहा पाउन सरकारका तर्फबाट खटाइएको व्यक्ति, गुप्तचर, गुप्त पुलिस।
32418 जासुस ना. २. चियो, चेवा।
32419 जासुसी ना. १.जासुसले गर्ने काम।
32420 जासुसी ना. वि. २. जासुससम्बन्धी, जासुसको, गुप्तचरीय।
32421 जाहेर वि. १.प्रकाशमा आएको, अवगत भएको, ज्ञात, प्रकट।
32422 जाहेर वि. ना. २. सूचित गर्ने वा अवगत गराउने कार्य।
32423 जाहेरवाला वि. १.जाहेर गर्ने, उजुर गर्ने, उजुरवाला।
32424 जाहेरवाला वि. २. अवगत गराउने।
32425 जाहेरवाला वि. ना. ३. त्यस्तो काम गर्ने कुनै पदाधिकारी वा व्यक्ति।
32426 जाहेरी ना. तल्ला कर्मचारीले उच्च पदाधिकारीलाई र तल्ला कार्यालयले माथिल्ला तहका कार्यालयलाई अवगत गराउने कार्य वा प्रणाली।
32427 जाहेरी ना. वि. २. त्यस्तो कार्य वा प्रणालीसँग सम्बन्धित (जाहेरी फाँट, जाहेरीपत्र, जाहेरी विभाग इ.)।
32428 जाह्नवी ना. १.जह्नु राजाकी पुत्री।
32429 जाह्नवी ना. २. गङ्गा नदी, भागीरथी।
32430 जिउँ वि. १.जस्तो।
32431 जिउँ वि. २. जतिको।
32432 जिउँ वि. ३. जत्रो, ज्यूँ।
32433 जिउँका तिउँ वि. १.जस्तो थियो उस्तै, जस्ताको तस्तो।
32434 जिउँका तिउँ वि. २. अर्को जत्तिको छ उत्तिकै; बराबरको।
32435 जिउँका तिउँ वि. ३. पहिले जति थियो उत्तिकै; जत्तिका तत्ति, यथावत्।
32436 जिउँका तिउँ वि. क्रि.वि. ४ यथावत् रहने गरी; यथावत् स्थितिमा।
32437 जिउँतिउँ क्रि.वि. जिनतिन; जसोतसो गरेर; जेनतेन; जसरीतसरी।
32438 जिउँदो वि. नमरेको; जीवित; प्राणवान्।
32439 जिउँदोपन/पना ना. व्यक्तिको फुर्ती, तेज वा आँट; प्राणमयता।
32440 जिउनु अ.क्रि. १.बाँच्नु; जीवित रहनु।
32441 जिउनु अ.क्रि. २. गुजारा गर्नु; जीवननिर्वाह गर्नु।
32442 जिउनु अ.क्रि. (उदा.- कतिपय नेपालीहरू ढिँडो र गुन्द्रुकका भरमा जिउँछन्।
32443 जिउ ना. शरीरका शिरदेखि पाउसम्मका सम्पूर्ण अवयव, हर, देह, शरीर।
32444 जिउ ना. २. आदरणीय व्यक्ति।
32445 जिउ ना. ३. ढोग, ठुलीठुली ( बालबोलीमा)।
32446 जिउ ना. ४. आदर; सम्मान।
32447 जिउ ना. वि.बो. ५. प्रायः समस्तरीय व्यक्तिले डाक्ता डाक फर्काउन वा बोल्दा सही थाप्न मुखबाट निकालिने शब्द; हजुर; ज्यू।
32448 जिउछाडा वि. १.सानोतिनो सङ्कटमा पनि लत्तो छाड्ने वा ज्यादै हतास हुने, आफ्नो दुःख बढाईचढाई भन्ने, आफूलाई भएको दुःखभन्दा बढी दुःख देखाउने; हत्तेहाला।
32449 जिउछाडा वि. २. जिउको माया नभएको।
32450 जिउछाडा वि. ना. ३. त्यस्ता स्वभावको व्यक्ति।