Dictionary

All Word

32551 जिन ना. १.बुद्ध।
32552 जिन ना. २. जैन धर्मका तीर्थङ्कर।
32553 जिन ना. ३. परमात्मा;विष्णु।
32554 जिन ना. इस्लाम विश्वासअनुसार साधकका सामुन्ने मात्रै देखापर्ने र साधकको सेवक झैँ भई उपकार गर्ने अपार्थिव आत्मा।
32555 जिन वि. १.मोटो र बलियो एक प्रकारको सुती कपडा।
32556 जिन वि. २. सवारी गर्नुपर्दा घोडा आदिको पिठिउँमा राखिने आसन।
32557 जिनकाठी ना. घोडाको पिठिउँमा ओछ्याइने जिन र त्यसमाथि राखिने काठी।
32558 जिनपोस ना. घोडाको काठीमुनि बिछ्याइने बाक्लो ऊनी कपडा।
32559 जिनतिन क्रि.वि. १.जेनतेन;जसरीतसरी; कुनै प्रकारले; बल्लतल्ल; मुस्किलसँग; जेनेतेने।
32560 जिनतिन क्रि.वि. वि. २. साधारण;मामुली; जस्तोतस्तो।
32561 जिनतिन क्रि.वि. (उदा.- जिनतिन मान्छेले यो काम गर्नु सम्भव थिएन)।
32562 जिनिस ना. मालताल; मालसामान; नगददेखि बाहेक अरू सरसामान; जिन्सी।
32563 जिन्डाजिन्डी ना. १.नबढेका ससाना केटाकेटी;नसप्रेका बालबालिका; ग्याँचे केटाकेटी।
32564 जिन्डाजिन्डी ना. २. लालाबाला; भन्ट्याङभुन्टुङ; केटाकेटी, चिन्डाचिन्डी।
32565 जिन्डो वि. १.नबढेको; नसप्रेको; ग्याँचे।
32566 जिन्डो वि. ना. २. बालककालको केटो; सानो बालक।
32567 जिन्दगानी ना. जिन्दगी; जीवन।
32568 जिन्दगी ना. १.जन्मदेखि मृत्युसम्मको समय; बाँचुन्जेलको समय; जीवनकाल; जीवन; जिन्दगानी।
32569 जिन्दगी ना. २. जन्मेर नमरुन्जेलको बाँच्ने पद्धति वा प्रणाली; बचाइ; प्राणयापन।
32570 जिन्दगी ना. ३. प्राणीको प्राण रहेसम्मको शरीर; चोला।
32571 जिन्दाबाद वि.बो. १.बाँचिरहोस् वा बाँचिरहून्, अमर रहोस् वा अमर रहून्, पृथ्वीलाई धेरै दिनसम्म सुशोभित पारोस् वा पारून् भन्ने आशयको नारा।
32572 जिन्दाबाद वि.बो. २. कुनै व्यक्ति, संस्था वा प्रथा आदि धेरै कालसम्म बाँचोस् वा टिकोस् भनी नारा लगाउँदा प्रयोग गरिने शब्द; जय; जयजय।
32573 जिन्सी ना. १.नगददेखि बाहेकका अरू सरसामान; मालताल; मालसामान; जिनिस।
32574 जिन्सी ना. वि. २. जिनिससँग सम्बन्धित; जिनिसका रूपमा भएको ( धनमाल आदि )।
32575 जिन्सी किताब ना. जिन्सी मालसामानको नाम र आम्दानीखर्च लेखिने खाता वा बही।
32576 जिन्सी खाता ना. जिन्सी किताब।
32577 जिन्सी खाना ना. नगदबाहेक अरू जिन्सी राख्ने घर; जिन्सी मालसामान राख्ने घर वा गोदाम।
32578 जिन्सी बही ना. जिन्सी खाता; जिन्सी किताब।
32579 जिन्सी लगानी ना. साँवाब्याजका रूपमा जिन्सी वस्तु नै लिने गरी सापट वा रिन दिने प्रथा वा त्यसरी दिइएको धन।
32580 जिप ना. बसभन्दा सानो, सामान्य कारट्याक्सीभन्दा ठुलो, खुला वा मोटो कपडाको छानु लगाइएको, खराब बाटोमा पनि जान सक्ने, विशेष शक्ति भएको, मान्छे र मालसामान ल्याउनसमेत प्रयोग गरिने, हलुका र बलियो किसिमको मोटर।
32581 जिप्टनु अ.क्रि कसैबाट ठगिनु; जिप्टो हुनु; जिप्टिनु।
32582 जिप्टाइ ना. जिप्टने क्रिया वा प्रक्रिया।
32583 जिप्टाइनु क.क्रि. जिप्टाइमा पारिनु।
32584 जिप्टाउनु प्रे. क्रि. जिप्टन लाउनु; जिप्टने पार्नु।
32585 जिप्टिनु अ.क्रि. जिप्टनु; जिप्टने होइनु।
32586 जिप्टो वि. १.ठगिएको; छकिएको; झुक्किएको; शोषि।
32587 जिप्टो वि. २. असफल भएको; विफल भएको।
32588 जिप्टो वि. ३. किचिएको; मिचिएको;थिचिएको।
32589 जिप्ट्याइ ना. जिप्टिने क्रिया वा किसिम।
32590 जिप्ट्याइनु क.क्रि. जिप्टिने पारिनु।
32591 जिप्ट्याइलो वि. जिप्टिने खालको।
32592 जिप्ट्याउनु प्रे. क्रि. जिप्टिने पार्नु; ठगिनु।
32593 जिप्ट्याहट ना. जिप्ट्याइ।
32594 जिबा ना. तेल हाल्ने तामाको भाँडो।
32595 जिबा ना. पिता वा माताका पिता; हजुरबा; जिबा।
32596 जिबा ना. तानपुरा, सितार आदि तारबाजामा चार वा सात तार अड्याउन र आवाज सुरिलो बनाउन राखिने काठ वा हस्तीहाड वा घोडीको आङ; जुहारी।
32597 जिबुल्लिनु अ.क्रि. जिबुल्लो वा स्वादे हुनु; मिठो मिठो खाने इच्छा जाग्नु।
32598 जिबुल्ले वि. मिठो मिठो खान खोज्ने; जिबुल्के; पिरो, अमिलो आदि तिक्खर स्वाद भएका खानेकुरा रुचाउने; स्वादे जिब्रो भएको; स्वादका निम्ति मरिमेटुवा; स्वादे।
32599 जिबुल्लो वि. १.मिठो कुरो मन पराउने; स्वादका निम्ति चाटचुटमा विशेष प्रवृत्त; लिबलिबे वा ल्यापल्यापे बानी भएको।
32600 जिबुल्लो वि. २. लोभी; लालची।