Dictionary

All Word

32601 जिबुल्ल्याइँ ना. मिठो मिठो खान खोज्ने प्रवृत्ति; जिबुल्लेपन।
32602 जिभ्री ना. १.जिभ्राको मयल सफा गर्ने काठ, धातु, प्लास्टिक आदिको पातलो साधन।
32603 जिभ्री ना. २. कल, मेसिन आदिको जिभ्रोजस्तो देखिने ग; जिबी।
32604 जिभ्री ना. ३. जिभ्राका आकारको, थिचुन्जेल दब्ने र थिच्न छोड्नासाथ हुत्त माथि उठ्ने स्प्रिङको प्रकार।
32605 जिभ्रे वि. १.जिभ्रोवाल; मुखाले।
32606 जिभ्रे वि. २. स्वादे; मिट्ठू।
32607 जिभ्रे वि. ३. जिभ्रोसम्बन्धी; जिब्रे।
32608 जिभ्रे वि. ४. धेरै बोल्ने; आहारिसे, लोभी।
32609 जिभ्रे आदमारो ना. जिभ्रे माझगिँड भन्दा पछिल्तिरको तर निकटस्थ भाग।
32610 जिभ्रे फुल ना. फुलेपछि बिचमा जिभ्रोजस्तो निस्कने एक प्रकारको फूल।
32611 जिभ्रे फेदी ना. जिभ्रोको जरो वा फेद।
32612 जिभ्रे बेसी ना. जिभ्रेआदमारादेखि लिएर जिभ्रे फेदीसम्मको अवयव।
32613 जिभ्रे माझगिँड ना. जिभ्राको माझको भाग।
32614 जिभ्रे लिब्री ना. जिभ्राको टुप्पो।
32615 जिभ्रे शिखर ना. लेग्रो; जिभ्रे माझगिँडभन्दा अगाडिको भाग।
32616 जिभ्रो ना. १.हाब्रो वा मुखेओढारभित्र रहेको, ध्वनि उच्चारणमा सबैभन्दा महत्त्वपूर्ण र सक्रिय अवयव; खाद्य पदार्थको स्वाद लिने र स्वेच्छापूर्वक दह्रो र लुलो पार्न सकिने मासुको पातो; जिह्वा;जिब्रो।
32617 जिभ्रो ना. २. मुखभित्र रहेको फालीका आकारको पातो।
32618 जिमा ना. जीआमा; ज्यामै; हजुरआमा; जीमा।
32619 जिमाहा वि. सधैँ चिसो रहिरहने; चिसमिरो; सेपिलो (जमिन)।
32620 जिमी ना. हे.जमिन।
32621 जिमीदार ना. १.जमिनदार; भूपति; जिम्दार।
32622 जिमीदार ना. २. भूमिप्रशासन लागु हुनुभन्दा पहिले तराई भेकको भूमिकर उठाउने ठेकदार; तराईको जिम्मावाल।
32623 जिमीदारी ना. जिमीदारको पद, खान्गी वा मौजा।
32624 जिमीदारी सिर ना. जिमीदारको काम गरेबापत जिमीदारले पाउने मौजा; जिराय।
32625 जिम्दार ना. हे.जिमीदार।
32626 जिम्दारी ना. जिमीदारी।
32627 जिम्दो वि. जिउँदो।
32628 जिम्बु ना. लामालामा, मसिना पात र गन्धे झारका झैँ थुँगा परेका प्याजी रङका फूल हुने, गुन्द्रुक जस्तै देखिने; घिउतेलमा फुराएर दाल, तरकारी आदि मान्ने काममा प्रयोग गरिने वनस्पति; आयुर्वेदका अनुसार कफ, वायु शमन गर्ने र हृदयलाई हित गर्ने सोही बुटी; जिम्मु।
32629 जिम्मर ना. हिलो भएको थलथले ठाउँ; जिमाहा ठाउँ।
32630 जिम्मा ना. १.बिग्रेनासिएमा आफू जवाफदेही बनी लिइएको कुनै अभिभारा; उत्तरदायित्व; अभिभारा; जवाफदेही।
32631 जिम्मा ना. २. जिम्माको अभिभारा वहन गर्नेले बेहोर्नुपर्ने रीतअनुसारको रकम आदि; तिरो।
32632 जिम्मा जमानी ना. कुनै व्यक्ति भागीनासी गएमा त्यसको जवाफदेही आफू हुने गरी जमानी बस्ने काम; जिउजमानी।
32633 जिम्मावार वि. अभिभारा लिने; जिम्मा लिने; जिम्मेवार।
32634 जिम्मावारी ना. हे. जिम्मेवारी।
32635 जिम्मावाल वि. १.जिम्मा लिने; अभिभारा लिने; उत्तरदायित्व वहन गर्ने; जिम्मेवार।
32636 जिम्मावाल वि. ना. २. भूमिप्रशासन लागु हुनुभन्दा पूर्व पहाडी भेगका जमिनको मालपोत असुल गरी सरकारमा बुझाउने प्रमुख ठेकेदार; जिम्वाल।
32637 जिम्मावाली ना. १.जिम्मावालले गर्ने काम, जिम्मावालको काम वा अभिभारा।
32638 जिम्मावाली ना. २. जिम्मावालले पाउने कमिसन।
32639 जिम्मेदार वि . हे.जिम्मेवार।
32640 जिम्मेदारी ना. जिम्मेवारी।
32641 जिम्मेवार वि. जिम्मा लिने, अभिभारा लिने, उत्तरदायित्व वहन गर्ने, उत्तरदायी।
32642 जिम्मेवारी ना. जिम्मेवारको काम, अभिभारा, उत्तरदायित्व, जवाफदेही, जिम्मावारी, जिम्मेदारी।
32643 जिम्रिनु / जिम्लिनु अ.क्रि. १.पानी चाहिनेजति नताती तात्दै-सेलाउँदै गर्नु।
32644 जिम्रिनु / जिम्लिनु अ.क्रि. २. पानी आदि उम्लिँदै - सेलाउँदै गरेर।
32645 जिम्रिनु / जिम्लिनु अ.क्रि. कचल्टिनु।
32646 जिम्वाल ना. जिम्मावाल।
32647 जिय ना. शरीरका सम्पूर्ण अवयव, जिउ, शरीर, देह,गा।
32648 जियाइ ना. १.जिउने क्रिया वा प्रक्रिया बाँच्ने काम।
32649 जियाइ ना. [जियाउ + आइ] २. जियाउने क्रिया वा प्रक्रिया, बचाउने काम।
32650 जियाइनु क.क्रि. जीवित गराइनु, बचाइनु।