Dictionary

All Word

32701 जिलाउनु स.क्रि. २. मकै, कोदो, गहुँ आदिका ठोसा केलाउनु, कसिङ्गर छुट्ट्याउनु।
32702 जिलाउनु स.क्रि. ३. केही जिलो पनि बाँकी नराखी सबै रित्त्याएर लैजानु, हलसारो पार्नु।
32703 जिलाउनु स.क्रि. ४. जिप्ट्याउनु।
32704 जिलाउनु स.क्रि. हे. जियाउनु।
32705 जिली ना. १.तरुल, गिट्ठा आदि कन्दको मूल बीज।
32706 जिली ना. २. कुनै वस्तुभित्रको सारतत्त्व।
32707 जिली ना. ३. मूलधन, पुँजी।
32708 जिली ना. ४. साँवा धन, साउँ।
32709 जिली ना. ५. बिउ, जिलो।
32710 जिलीगाँठी ना. १.बोटबिरुवाका जरादेखि टुप्पोसम्मका कन्द, प्रकाण्ड, फल, फूल आदि सम्पूर्ण वस्तु।
32711 जिलीगाँठी ना. २. आदिदेखि सबै कुरा, नालीबेली, बेलीविस्तार।
32712 जिलीगाँठी ना. अन्त्यसम्मका ३. भएभरको सबै कुरा, सर्वस्व, सिरीखुरी।
32713 जिलीगाँठे / गान्टे वि. जिली झैँ जत्राको तत्रै रहेको, पुड्के, गान्टे,ग्याँचे; जिरीखिम्टे।
32714 जिलेबी ना. जेरी, रोटीको सानो प्रकार।
32715 जिलो ना. १.मूल पुँजी।
32716 जिलो ना. २. खर्च गरेर बाँकी रहेको शेष वस्तु वा पुँजी।
32717 जिलो ना. ३. पिंडालु, सखरखन्ड आदि कन्दको मुख्य बीज, जिली।
32718 जिलो ना. ४. जीवननिर्वाह गर्ने विषयवस्तु।
32719 जिलोभरो ना. गुमेको वा नष्ट भएको सम्पत्तिको क्षतिपूर्ति।
32720 जिलोमिलो ना. चलअचल सम्पत्ति, श्रीसम्पत्ति, सिरीखुरी,धनसम्पत्ति, जायजेथा, सर्वस्व।
32721 जिलोहरो ना. १.कुनै व्यापार, व्यवसाय आदिमा लगाइएको मूल पुँजी नै गायब हुने किसिमको टुट्टा।
32722 जिलोहरो ना. २. निठुर किसिमको जिप्ट्याइ, सर्वस्वहरण।
32723 जिलौटो ना. १.कोदो, मकै आदिका बोटको जरो,ठोसो।
32724 जिलौटो ना. २. जिलाउनुपर्ने वा जिलाउँदा आएका झार, बुटेन आदि।
32725 जिलौट्याइ ना. जिलौट्याउने कार्य वा किसिम।
32726 जिलौट्याइनु क.क्रि. जिलौटो छुट्ट्याइनु।
32727 जिलौट्याउनु स.क्रि. / प्रे. क्रि. कोदो, मकै आदिका जरा छुट्ट्याउनु ,जिलौटो केलाउनु।
32728 जिल्द ना. पुस्तकको सुरक्षाका निम्ति कपडा, कागत, छाला आदिले मढेर बाहिरपट्टि दुवैतिर लगाइने मोटो पत्र, जिल्ला,गाता, दफ्ती।
32729 जिल्ददार वि. बाहिरपट्टि जिल्द हालिएको, गाता भएको, सजिल्द।
32730 जिल्दबन्दी ना. पुस्तकमा गाता हाल्ने काम, पुस्तकको जिल्द बाँध्ने काम।
32731 जिल्दसाज वि. १.पुस्तकमा गाता हाल्ने, जिल्द बाँध्ने, जिल्द बाँध्ने पेसा भएको।
32732 जिल्दसाज वि. ना. २. त्यस्तो पेसामा लागेको व्यक्ति।
32733 जिल्फी ना. जिलेबी, जुल्फी रोटी।
32734 जिल्ल क्रि.वि. १.कुनै कामकुरा यसो हो कि उसो हो भन्ने निश्चय गर्न नसकी बिलखबन्द हुने गरी किंकर्तव्यविमूढ भएर, अलमल्ल परेर पक्क, वाल्ल।
32735 जिल्ल क्रि.वि. २. कुनै असामान्य कुरा देख्दा आश्चर्यचकित भएर, छक्क।
32736 जिल्ला ना. १.प्रशासनिक सुविधाका दृष्टिले बाँडिएको, गाउँ वा नगरभन्दा ठुलो प्रदेशभन्दा सानो भौगोलिक क्षेत्र।
32737 जिल्ला ना. (नेपालमा ७५ जिल्ला छन्)।
32738 जिल्ला ना. २. इलाका।
32739 जिल्ला अदालत ना. जिल्लातहमा मुद्दामामिलाको इन्साफ गर्ने अड्डा, जिल्लास्तरको न्यायालय, सुरु अदाल।
32740 जिल्ला कार्यालय ना. प्रमुख जिल्ला अधिकारीको कार्यालय।
32741 जिल्लाधीश ना. अचेलको प्रमुख जिल्ला अधिकारीसरहको हाकिम, बडाहाकिम।
32742 जिल्ला न्यायाधीश ना. जिल्ला अदालतमा परेका मुद्दामामिलाको इन्साफ गर्ने अधिकृत, जिल्ला अदालतका हाकिम।
32743 जिल्ला पञ्चायत ना. पञ्चायतकालीन गाउँ वा नगर पञ्चायतभन्दा माथिल्लो तहको पञ्चाय।
32744 जिल्ला प्रशासन ना. जिल्लाको शासन सुचारु रूपले चलोस् भन्नाका निम्ति गरिएको व्यवस्था, जिल्लाको शासनव्यवस्था।
32745 जिल्ला विकास समिति ना. १.गाउँ वा नगर विकास समितिभन्दा माथिल्लो तह।
32746 जिल्ला विकास समिति ना. २. जिल्लामा निर्वाचित प्रतिनिधिहरूको सभा।
32747 जिल्लाराम वि . १.कुनै असामान्य घटना आइपर्दा वा अनौठो कुरो देख्ता बिलखबन्दमा परेको; छक्क पार्ने।
32748 जिल्लाराम वि . २. जिल्ल परेको, किंकर्तव्यविमूढ भएको आश्चर्यचकित दङ्गदास।
32749 जिल्लाराम वि . क्रि.वि. ३. त्यसरी बिलखबन्द, जिल्ल वा चकित हुने गरी।
32750 जिल्लावासी वि. जिल्लाको भौगोलिक क्षेत्रभित्र बस्ने; जिल्लानिवासी।