Dictionary

All Word

32801 जीवकल्प ना. पुरातत्त्वअनुसार पृथ्वीमा जीवको सृष्टि भएदेखि आजसम्मको समय, आजभन्दा सन्ताउन्न करोड वर्षपहिले प्रारम्भ भएको समय, पुराजीवक, मध्यजीवक र नवजीवकजस्ता तीन कालावधिमा बाँडिएको युग।
32802 जीवकोष ना. प्रत्येक जीवमा रहने सूक्ष्म तर आफैँमा पूर्ण जीवाणु,सेल।
32803 जीवजगत् ना. पृथ्वीमा भएका प्राणीहरूको समुदाय, जीवहरूको संसार, जन्तुजगत्, प्राणीजगत्।
32804 जीवजन्तु ना. १.पृथ्वीमा भएका साना ठुला सबै प्राणी, पशु-पन्छी, किराफट्याङ्ग्रा आदि, जीवा।
32805 जीवजन्तु ना. २. कुनै देश वा समयका प्राणी वा प्राणीको समूह।
32806 जीवजन्तु ना. ३. साना जीव र ठुला जन्तु।
32807 जीवजन्तु ना. ४. जीवसमुदाय।
32808 जीवत् वि. सजीव, जिएको।
32809 जीवत्पतिका वि. लोग्ने जिउँदै भएकी (स्त्री), ऐभाँती, सधवा।
32810 जीवत्पत्नी वि. स्वास्नी जिउँदै भएको (पुरुष)।
32811 जीवत्पितृक वि. बाबु जिउँदै भएको ( पुरुष )।
32812 जीवत्पुत्रक वि. सन्तान जिउँदै भएको ( पुरुष )।
32813 जीवत्पुत्रिका वि. सन्तान जिउँदै भएकी (स्त्री)।
32814 जीवत्व ना. जीवमा रहने धर्म; प्राणीमा रहने चेतनतत्त्व; प्राणतत्त्व।
32815 जीवद्रव्य ना. जीवमा रहने वा जीवका लागि आवश्यक द्रवणशील पदार्।
32816 जीवधन ना. गाईभैँसी, बाखापाठा पालेर कमाइने धन; पशुपालनद्वारा आर्जित धन, पशुधन, गोधन।
32817 जीवधारी ना. सृष्टिका सानाठुला सबै प्राणी, जीवजन्तु,जीवा।
32818 जीवन ना. १.प्राणीको जन्मदेखि मृत्युसम्मको समय, जिन्दगी।
32819 जीवन ना. २. शरीरमा प्राण रहेसम्मको अवस्था, प्राणीको जीवित अवस्था, प्राणवान् अवस्था।
32820 जीवन ना. ३. बाँच्ने ढङ्ग वा बँचाउने शक्ति (प्राणतत्त्व )।
32821 जीवन ना. ४. जिउँदोपन।
32822 जीवनकला ना. जीवनलाई सुन्दर र सारवान् बनाउने सिप, राम्ररी बाँच्ने कला।
32823 जीवनक्रम ना. जीवनको विकासको क्रम, जन्मदेखि बाँचुन्जेलका विभिन्न तहको क्रम।
32824 जीवनचङ्गा ना. कवि, दार्शनिक आदिद्वारा चङ्गाका रूपमा कल्पना गरिएको जीवन।
32825 जीवनचरित / चरित्र ना. १.जीवनभर गरेका प्रमुख कार्यहरूको विवरण, जीवन-वृत्तान्।
32826 जीवनचरित / चरित्र ना. २. जीवनवृत्तान्त लेखिएको पुस्तक।
32827 जीवनचर्या ना. जीवनका क्रममा अँगालिएको दैनिक कार्यक्रम, जीवनमा दिनदिनै गरिने कार्यक्रम, दिनचर्या, दैनिक नियम।
32828 जीवनचिन्तन ना. जीवन र यसका समस्या तथा रहस्यबारे गरिने सामाजिक वा दार्शनिक किसिमको चिन्तन।
32829 जीवनजगत् ना. १.जीवजगत्।
32830 जीवनजगत् ना. २. जीवन र जगत्।
32831 जीवनजल ना. झाडाबान्ता लागेका बेलामा दिसाबाट गएको शरीरको पानीको कमीलाई पूरा गर्न पानीमा घोलेर बनाइने औषधीयुक्त पेय जल।
32832 जीवनद वि. जीवन दिने, मर्न नदिने।
32833 जीवनदर्शन ना. जीवनको उत्पत्ति, अन्त्य आदिबारे विचार गर्ने दृष्टिकोण।
32834 जीवनदीप ना. १.जीवनको दियो।
32835 जीवनदीप ना. २. ज्यादै प्रिय व्यक्ति, कसैको आधार बनेको व्यक्ति।
32836 जीवनदीप ना. ३. आँखा, चर्मचक्षु।
32837 जीवनदृष्टि ना. जीवनलाई हेर्ने दृष्टि, जीवनदर्शन।
32838 जीवनधन ना. १.जीवनमा सबैभन्दा प्यारो वस्तु वा व्यक्ति; जीवनसर्वस्व।
32839 जीवनधन ना. २. जीवनमा आर्जन गरेको मुख्य धन।
32840 जीवनधन ना. ३. लोग्ने, पति।
32841 जीवननिर्वाह ना. बाँच्नलाई चाहिने साधन जुटाएर जीवन धान्ने कार्य।
32842 जीवनपद्धति ना. बाँच्ने शैली वा शिल्प, जीवनकला।
32843 जीवनमुक्ति ना. योगादि अभ्यास र अद्वैत विद्याको अभ्यासबाट जीवित अवस्थामै मायाजालबाट प्राप्त गरिने मुक्ति।
32844 जीवनमृत वि. मुर्दासमान भई बाँचेको,मरे जस्तै वा मरे बराबर भएर बाँचेको।
32845 जीवनमृत्यु ना. जिउँदैमा कुनै अपराध वा कुकर्मले गर्दा मरेतुल्य हुनु परेको स्थिति।
32846 जीवनयापन ना. जीविका, जीवननिर्वाह।
32847 जीवनरस ना. जीवित रहनका लागि आवश्यक रस, जीवजन्तुका कोषमा रहने रस, प्राणतत्त्व, खाद्योज,भिटामिन।
32848 जीवनविवरण ना. जीवनवृत्तान्।
32849 जीवनवृक्ष ना. कवि, दार्शनिकहरूले रुखसित तुलना गरेर कल्पना गरेको जीवन।
32850 जीवनवृत्तान्त ना. जीवनचरि।