Dictionary

All Word

32951 जुगजुग ना. क्रि.वि. २. धेरै लामो समयसम्म; युगौँसम्म।
32952 जुगबुडाइ ना. धेरै समयको बिताइ, लामो समयको गुज्राइ।
32953 जुगादी ना. १.युगको आदि।
32954 जुगादी ना. वि. २. युग प्रारम्भ भएका बेलाको।
32955 जुगादी ना. ३. अनेकौँ जुगसम्म टिक्ने, लामो समयसम्म टिक्ने, जुगाती।
32956 जुगादी ना. क्रि.वि. ४. धेरै समयसम्म, लामो अवधिसम्म।
32957 जुगादी नवमी ना. युगको आदिको नवमी, कार्तिक शुक्ल नवमी, कुष्माण्ड नवमी।
32958 जुगानजुग क्रि.वि. १.युगौँसम्म; धेरै लामो अवधिसम्म।
32959 जुगानजुग क्रि.वि. २. अनेकौँ पुस्तासम्म।
32960 जुगानजुग क्रि.वि. ना. ३. युगयुगान्तर।
32961 जुगुप्सा ना. १.कुनै नराम्रो कुराप्रति घृणा।
32962 जुगुप्सा ना. २. निन्दा।
32963 जुगुप्सा ना. ३. बीभत्स रसको स्थायीभाव।
32964 जुगुप्सित वि. हेय मानिएको, निन्दा गरिएको, घृणा गरिएको, गर्ह्य,निन्दित, घृणि।
32965 जुजबन्दी ना. पुस्तक पुस्तिकाको प्रत्येक फर्मा अलगअलग सिई गाँस्ने एउटा तरिका, जुजबाइन्डिङ।
32966 जुजुधौ ना. बेसरी तताएका दुधमा केसर, चिनी आदि मिसाई राम्रोसित जमाएर तयार पारिएको दही, भादगाउँले दही।
32967 जुझ्नु अ.क्रि. जुध्नु, लड्नु, भिड्नु, सङ्घर्ष गर्नु,लडाइँ गर्नु।
32968 जुझाइ ना. जुझ्ने कार्य,युद्ध।
32969 जुझाइ ना. क.क्रि. जुधाइनु, लडाइनु।
32970 जुझाउनु प्रे.क्रि. जुझ्ने पार्नु, जुझ्न लगाउनु।
32971 जुझाहट ना. जुझाइ।
32972 जुझो ना. युद्ध गर्ने काम, जुध्ने काम, युद्ध, जुधाइ।
32973 जुट्नु अ.क्रि. १.आवश्यक मालसामान जुर्नु, जम्मा हुनु।
32974 जुट्नु अ.क्रि. २. सभा आदिमा वा कुनै कामका लागि मानिसहरू भेला हुनु, एकत्रित हुनु।
32975 जुट ना. १.दुई वा दुईभन्दा बढीको समूह, दल, जमात, सङ्गठन।
32976 जुट ना. (उदा.- यस काममा सबै एकजुट भएर लागौँ)।
32977 जुट ना. २. तासका फराँस आदि खेलमा दुईवटा उही पत्ती एकसाथ आउँदा पर्ने दाउ।
32978 जुट ना. सनपाट, पटुवा, सन।
32979 जुट उद्योग ना. सनपाटमा आधारित उद्योग।
32980 जुट कारखाना ना. सनपाटबाट विभिन्न माल तयार पार्ने कारखाना।
32981 जुट खेती ना. सनपाटको खेती।
32982 जुट प्रेस ना. सनपाटलाई थिचेर छरितो र कम ठाउँ ओगट्ने पार्ने यन्त्र वा कारखाना।
32983 जुट मिल ना. जुटकारखाना।
32984 जुटाइ ना. जुट्ने क्रिया वा प्रक्रिया, जोरजाम।
32985 जुटाइनु अ.क्रि. जुटाइ पूरा हुनु।
32986 जुटाउनु स.क्रि. / प्रे. क्रि. भेला गर्नु, जुक्ताउनु, जुट्ने पार्नु, जुट्न लगाउनु।
32987 जुटिका ना. वैदिक विधिअनुसार शिरका बिचमा नकाटी वा नखौरी राखिने रौँ ,शिखा, टुपी।
32988 जुटिका बन्धन ना. व्रतबन्धको अघिल्लो दिनको सायंकालमा बटुकको शिरको तीनतिर वैदिक विधिअनुसार ब्रह्मा, विष्णु, महादेवको प्रतीक स्वरूप गोबर, अक्षता, दुबो, कुश आदि रहेको पोटलिका (पोको) बाँध्ने क्रिया।
32989 जुट्केलो ना. मिर्ग वा थारलको पाठो।
32990 जुठपिण्ड ना. जुठो बार्ने र पिण्ड दिने कार्य, आशौच तथा श्राद्ध।
32991 जुठपिण्डी वि. १.जुठो लाग्ने।
32992 जुठपिण्डी वि. ना. २. नजिकका दाजुभाइ वा वंशज।
32993 जुठिनु अ.क्रि. जुठो हुनु, अपवित्र हुनु।
32994 जुठे वि. जुठोको, जुठोसम्बन्धी।
32995 जुठेन / जुठेल्नु ना. जुठो फाल्ने गरिएको ठाउँ, जुठा भाँडा मस्काउने वा माझ्ने ठाउँ, रछान।
32996 जुठो ना. १.आफ्ना आमाबाबु, दाजुभाइहरू मर्दा लाग्ने आशौच; मरणाशौच।
32997 जुठो ना. २. कसैले खाएर बाँकी रहेको खानेकुरो, पुरा।
32998 जुठो ना. वि. ३. खाएर बाँकी रहेको, उच्छिष्ट,जुठो।
32999 जुठो चुलो ना. भान्सा उठेपछि जुठो सोहोर्ने र लिप पोत गर्ने काम।
33000 जुठो भाँडो ना. भान्सा र भाँडा सफा गर्ने काम, जुठो चुलो।