Dictionary

All Word

32901 जीविका ना. १.जीवनवृत्ति, जिउपालो।
32902 जीविका ना. २. पेसा, व्यवसाय।
32903 जीविकोपार्जन ना. जीवननिर्वाहका लागि गरिने आर्जन,जीवनयापनको साधन जुटाउन गरिने काम।
32904 जीवित वि. जीवन भएको, बाँचेको, जिउँदो।
32905 जीवितता ना. जीवित हुनाको भाव वा अवस्था,जीवन्तता।
32906 जीवी प्रत्य. प्राणधारण गर्ने, बाँच्ने (शब्दान्तमा मात्र प्रयुक्त, जस्तै- दीर्घजीवी, बुद्धिजीवी, चिरञ्जीवी इ.)।
32907 जीहजुर वि.बो. हे. हजुर।
32908 जुँगा ना. १.लोग्नेमान्छे उमेरदार भएपछि माथिल्लो ओठ र नाकका बिचको भागमा उम्रने रौँको गुजुल्टे लहर, जुँघा,जुङा।
32909 जुँगा ना. २. धान, मकै, गहुँ आदिमा हुने रौँजस्तो लामो वस्तु।
32910 जुँगा ना. ३. केही भाले अथवा पोथी पशुहरू (कुकुर, बिराला, बाघ, चितुवा इ.) का थुतुनामाथि उम्रने तिखा काँडे रौँ।
32911 जुँगामुठे वि. १.राम्रैसित जुँगा उम्रिसकेको, वयस्क भइसकेको,उमेरदार।
32912 जुँगामुठे वि. २. आफ्नो भलोकुभलो सोच्न सक्ने, समर्थ, जमामर्द।
32913 जुँगे वि. १.लामा र धेरै जुँगा भएको (पुरुष)।
32914 जुँगे वि. २. जुँगादार।
32915 जुँगे वि. ३. जुँघे, जुङे।
32916 जुँगेधान ना. एक प्रकारको धान, मार्सी, बुढी मार्सी।
32917 जुँगेमार्सी ना. जुँगे धान।
32918 जुँघा ना. हे.जुँगा।
32919 जुँघामुठे वि. जुँगामुठे।
32920 जुँघे वि. हे.जुँगे।
32921 जुँङा ना. हे.जुँगा।
32922 जुँङामुठे वि. जुँगामुठे।
32923 जुँङे वि. हे.जुँगे।
32924 जुइनिनु अ.क्रि. एक पयोको मात्र लुँडी बाटिने काम हुनु, जुइनुमा परिणत हुनु।
32925 जुइनु ना. भारी बाँध्नका लागि पराल,खर, बाबियो आदिको एक पयो मात्र बटारी बनाइएको डोरी।
32926 जुइन्याइ ना. जुइनिने वा जुइनु बटार्ने क्रियाप्रक्रिया।
32927 जुइन्याइनु क.क्रि. जुइनु बाटिनु।
32928 जुइन्याइलो वि. बाटेर वा बाटिएर जुइनो होलाजस्तो, जुइनुजस्तो।
32929 जुइन्याउनु स.क्रि. / प्रे. क्रि. जुइनु बाट्नु, जुइनु पार्नु, जुइनुका रूपमा बटार्नु।
32930 जुका /जुको ना. १.सिमसारका वनस्पतिमा रहेर प्राणीको छालामा मुख जोती रगत चुस्ने, शिरभाग र पुच्छरभागले टेकी हिँड्ने, हाडविहीन लुर्के लाम्चो किरो, जुको।
32931 जुका /जुको ना. २. मानिसको पेटमा पर्ने गँड्यौलाका आकारको तर नजानिँदो सेतो हाडविहीन किरो।
32932 जुके वि. जुकासम्बन्धी, जुका भएको, जुकाजस्तो।
32933 जुक्तनु अ.क्रि. रुपियाँपैसा, मालसामान आदि चाहिने वस्तु जम्मा हुनु, रुपियाँपैसा, मालसामान आदिको व्यवस्था हुनु, जोगाड हुनु, जुट्नु।
32934 जुक्ताइ ना. जुक्तने भाव, क्रिया वा प्रक्रिया।
32935 जुक्ताइनु क.क्रि. जुक्ताइ पूर्ण गरिनु, जुटाइनु।
32936 जुक्ताउनु स.क्रि./ प्रे.क्रि. आवश्यक सरसामानको जोरजाम गर्नु, जम्मा पार्नु, जुटाउनु।
32937 जुक्ति ना. १.कुनै कुरा जान्न, बुझ्न, पाउन वा कुनै सफलता हासिल गर्न अँगालिने उपाय,युक्ति।
32938 जुक्ति ना. २. किल्ली,रहस्य, कडी।
32939 जुक्तिनु अ.क्रि. कुनै कामका लागि चाहिने सबै मालसामान जुट्नु, चाहिने सबै कुरा उपलब्ध हुनु, जुक्तनु।
32940 जुक्त्याइ ना. जुक्तिने वा जुक्ताउने क्रियाप्रक्रिया।
32941 जुक्त्याइनु क.क्रि. जुक्ताइनु, जुटाइनु।
32942 जुक्त्याउनु प्रे. क्रि. जम्मा पार्नु, जुक्ताउनु, जुटाउनु।
32943 जुग ना. १.पुराणमा वर्णित सत्य, त्रेता, द्वापर र कलि गरी सृष्टिका चार चरणमध्ये कुनै एक।
32944 जुग ना. २. विशेष परिस्थितिका साथ गुज्रेको समय, जमाना, काल।
32945 जुग ना. ३. धेरै वर्षको समय; लामो समय।
32946 जुग ना. ४. दुई वस्तुको समुदाय।
32947 जुग ना. ५. पासाका खेलमा दुई पासामा उही सङ्ख्या पर्न आएमा हुने विशेष दाउ।
32948 जुग ना. ६. सोही खेलमा एउटै घरमा बसेका दुई गोटी।
32949 जुग ना. ७. जोडी ( दिव्य . )।
32950 जुगजुग ना. १.ज्यादै लामो समय, दीर्घ काल, एक युगपछिको अर्को युग।