Dictionary

All Word

32751 जिल्ला सभा जिल्लाको योजना तर्जुमा तथा विकास निर्माणका लागि निर्वाचित जनप्रतिनिधिहरूको सभा।
32752 जिल्ला सरकार ना. जिल्लाको शासनव्यवस्था सुचारु रूपले सञ्चालन गर्न देशको ऐन, नियमकानुनबमोजिम गठित शासकमण्डल, जिल्लाकार्यपालिका।
32753 जिल्लास्तरीय वि . जिल्ला तहको; जिल्लाबाट नै हुने वा टुङ्गिन सक्ने, जिल्लाका आधारमा गरिने, जिल्लाको प्रशासनिक अधिकारभित्रको।
32754 जिल्ला हुलाक ना. जिल्ला स्तरको हुलाक वा डाँकखाना।
32755 जिल्लिनु अ.क्रि. १.कुनै परिस्थितिमा वा कुनै घटना आइपर्दा के गर्ने, के नगर्ने निधो गर्न नसकेर जिल्ल पर्नु, कुनै कामकुरा कसरी भयो थाहा पाउन नसकेर जिल्लाराम पर्नु, छक्क पर्नु।
32756 जिल्लिनु अ.क्रि. २. यस्तो होला भनेर थाहा नै नपाईकन छकिनु।
32757 जिल्ल्याइ ना. जिल्लिने वा जिल्ल्याउने क्रिया वा प्रक्रिया।
32758 जिल्ल्याइनु क.क्रि. जिल्ल तुल्याइनु।
32759 जिल्ल्याउनु स.क्रि. / प्रे. क्रि. जिल्ल पार्नु, छक्क पार्नु, छकाउनु।
32760 जिष्णु वि. १.सधैँ जित्ने, सबैतिर विजय हासिल गर्ने।
32761 जिष्णु वि. ना. २. अर्जुन।
32762 जिष्णु वि. ३. विष्णु।
32763 जिस्कनु अ.क्रि. १.मनोविनोदका लागि कसैसँग ख्यालठट्टा गर्नु वा चल्नु, हँस्सीदिल्लगी गर्नु।
32764 जिस्कनु अ.क्रि. २. प्रेम वा रतिरागको भावनाले गिजिनु, केही उत्ताउलो बोलीव्यवहार गर्नु, छिल्लिनु, इतरिनु।
32765 जिस्काइ ना. जिस्कने क्रिया वा प्रक्रिया।
32766 जिस्किनु अ.क्रि. जिस्कनु, जिस्कने होइन।
32767 जिस्क्याइ ना. जिस्किने क्रिया वा प्रक्रिया।
32768 जिस्क्याइनु क.क्रि. गिज्याइनु वा जङ्ग्याइनु।
32769 जिस्क्याउनु स.क्रि. / प्रे. क्रि. १.गिज्याउनु वा गिजिने पार्नु।
32770 जिस्क्याउनु स.क्रि. / प्रे. क्रि. २. चलाउनु वा जङ्ग्याउनु।
32771 जिस्क्याहट ना. जिस्क्याइ, गिज्याहट।
32772 जिस्ता ना. नलेखिएको चौबिस ताउ कागतको समूह,सादा कागतको चौबिस ताउ।
32773 जिह्वा ना. जिब्रो।
32774 जिह्वाग्र ना. जिब्राको बिचदेखि टुप्पाको लिब्रीसम्मको भाग,अग्रजहवा,लेग्रो, जिब्रे शिखर।
32775 जिह्वाग्र पश्च ना. जिब्राको माझदेखिको जरासम्मको भाग, पश्चजिह्वा, जिब्रे माझगिँड र जिब्रे आदमारोदेखि जिब्रे फेदीसम्मको भाग।
32776 जिह्वाग्र मध्य ना. जिब्राको बिचको भाग, जिब्रे माझगिँड।
32777 जिह्वाग्र मूल ना. जिह्वामूलीय ध्वनिहरूको उच्चारणमा सहायता पुर्‍याउने जिब्राको जरो वा फेदी, जिब्रे फेदी।
32778 जिह्वाग्र मूलीय वि. जिब्राको मूल वा जराबाट उच्चरित हुने (ध्वनि), अयोगवाह (ध्वनि, जस्तै- विसर्ग आदि)।
32779 जिह्वाग्र लोलुप वि. लोभी जिब्रो भएको मिठो खानेकुरा देख्दा मन थाम्न नसक्ने, तिहुनचखुवा, स्वादे, जिब्रे।
32780 जी आमा ना. बाबुकी वा आमाकी आमा, ज्यामा, बज्यै,पितामही वा मातामही, हजुरआमा।
32781 जी ना. १.सही थाप्ता वा बोलावटको प्रत्युत्तरमा भनिने शब्द, ज्यू।
32782 जी ना. प्रत्य. २. नामका पछाडि लाग्ने सम्मानसूचक शब्द हे. ज्यू (रामजी, शिवजी इ.)।
32783 जीउ ना. हे.जिउ।
32784 जीउधन ना. हे.जिउधन।
32785 जीउपाला वि. हे.जिउपाला।
32786 जीउपालो ना. हे.जिउपालो।
32787 जीउमारा वि. हे.जिउमारा।
32788 जीउसाँचा वि. हे.जिउसाँचा।
32789 जीत ना. / वि. हे.जि।
32790 जीबा / जीबाबु ना. हे.जिबा।
32791 जीरा / जीरो ना. हे.जिरा / जिरो।
32792 जीर्ण वि. १.धेरै दिनको भएर थोत्रिसकेको,मक्किएको, गलिसकेको, पुरानो, थोत्रो।
32793 जीर्ण वि. २. पचेको।
32794 जीर्ण वि. ३. राम्ररी पाकेको।
32795 जीर्णदार ना. एक जातको सानो बाटुल्पाते (वनस्पति)।
32796 जीर्णोद्धार ना. पुरानो, थोत्रो वा भत्केबिग्रेको घर, मन्दिर, वस्तु आदिलाई सच्याई फेरि बलियो र राम्रो पार्ने काम, नवीकरण,मरम्मत, स्थित्युद्धार।
32797 जीव ना. १.प्राणधारी स्थावर (रुख, बिरुवा आदि र जङ्गम (मान्छे, किरा, पशु आदि)।
32798 जीव ना. २. प्राणीको आत्मामा रहेको तत्त्व,प्राणतत्त्व, प्राणपखेरु।
32799 जीव ना. ३. प्राणीको चेतनतत्त्व, आत्मा, जीवात्मा।
32800 जीवक ना. सानासाना पात हुने, लसुनको पोटीजस्तो कन्द हुने, हिमालयमा पाइने एक जातको बुटी।