Dictionary

All Word

32651 जियाउनु स.क्रि. / प्रे. क्रि. १.मर्न लागेकालाई औषधीको प्रयोग वा अन्य कुनै क्रियाद्वारा बचाउनु, बौराउनु, बिउँताउनु।
32652 जियाउनु स.क्रि. / प्रे. क्रि. २. जिउने पार्नु, बचाउनु।
32653 जियालो वि. १.जिउँदो, सजग।
32654 जियालो वि. २. कुनै कामकुरामा धेरै टिक्ने, जर्रो।
32655 जियालो वि. ३. धेरै बाँच्ने।
32656 जिरह ना. १.कुनै मुद्दामामिलामा सत्य कुरा पत्ता लगाउनका लागि घुमाई फिराई वा दोहोऱ्याईतेहऱ्याई सोध्ने काम, कारकेर।
32657 जिरह ना. २. कुनै मुद्दाको बहसको सिलसिलामा वादी वा प्रतिवादीतर्फको मुख्य भनाइको छानबिन, जिक्री, जिकिर।
32658 जिरहरा ना. थारूजातिका स्त्रीहरूले गलादेखि छातीसम्म झुन्डिने गरी लगाउने एक प्रकारको गहना।
32659 जिरहसबाल ना. १.फौजदारी मुद्दामा कसुरदारसँग लिइने बयान, बापतीसँग सोधिने प्रश्न।
32660 जिरहसबाल ना. २. कुनै मुद्दाका सिलसिलामा बारम्बार गरिने प्रश्न।
32661 जिरा / जिरो ना. स्वादिष्ट बनाउनाका निम्ति तिहुन- तरकारी, अचार आदिमा हालिने र औषधीका रूपमा समेत प्रयोगमा आउने, ज्वानुका झैँ मसिना र लाम्चा दाना हुने एक प्रकारको सुगन्धी प्रसिद्ध मसला, जिरो।
32662 जिरा/जिरो मरिच ना. १.जिरा र मरिच।
32663 जिरा/जिरो मरिच ना. २. मसला, नुन- जिरो।
32664 जिरा/जिरो सरी ना. जिराका जस्तै मसिना गेडा हुने एक जातको धान।
32665 जिराफ ना. पछिल्तिरका खुट्टा छोटा हुने, अगिल्तिर खुट्टा र गर्दन उँटको जस्तो हुने र पुच्छर गाईको जस्तो हुने, शरीरमा टाटापाङ्ग्रा भएको एक जातको अफ्रिकाली जङ्गली चौपाया।
32666 जिरायत ना. १.जिमीदारी प्रथा कायम हुँदा जिमीदारका खान्कीमा ठेकिएको जमिन, सिरजमिन।
32667 जिरायत ना. २. कृषि, खेती।
32668 जिराहा वि. १.जति भने पनि नलाग्ने, भनेको पटक्कै नमान्ने, जर्रो, जर्कटो, अटेर।
32669 जिराहा वि. २. कचकचे, गनगने, झगडे।
32670 जिरिङ्ग / जिरिङ्ङ क्रि.वि. १.कुनै भयानक दृश्य देख्दा वा अन्य कुनै कारणले मनमा डर पैदा भए झैँ।
32671 जिरिङ्ग / जिरिङ्ङ क्रि.वि. २. उत्तेजना आदिबाट शरीरका रौँहरू ठाडा ठाडा भएर।
32672 जिरिङ्ग / जिरिङ्ङ क्रि.वि. वि. ३. भयभी।
32673 जिरिङ्ग / जिरिङ्ङ क्रि.वि. ४. भुत्ला वा जगल्टा ठाडो भएको, जिङ्ग्रिङ्ग।
32674 जिरिङ्गिनु / जिरिङ्डिनु अ.क्रि. जिरिङ्ग पर्नु, जिरिङ्ङ हुनु।
32675 जिरी ना. १.नकसिएका, खुला पहेँला रङका पात हुने, प्रायः सेपिलो जमिनमा उम्रने, खाँदा तोरीको साग जस्तै हुने एक किसिमको साग।
32676 जिरी ना. वि. २. दुब्ली; पातली।
32677 जिरी ना. जनकपुर अञ्चलको एक पहाडी भेग।
32678 जिरीखिम्टे वि. पुड्को वा नबढेको, ग्याँचे र दुब्लो।
32679 जिरीखिम्ती ना. १.जिरी र नजिकैको खिम्ती नामक ठाउँ।
32680 जिरीखिम्ती ना. वि. २. जिरीखिम्टे।
32681 जिरीखिम्ती ना. ३. तेह्रथुम जिल्लाको एक प्रसिद्ध ठाउँ।
32682 जिरीखिम्ते वि. १.जिरी र खिम्तीको।
32683 जिरीखिम्ते वि. ना. २. जिरेल।
32684 जिरीखिम्ते वि. ३. जिरे मान्छे।
32685 जिरे वि. नबढेको, ग्याँचे, पुड्के (नर वा नारी)।
32686 जिरे खुर्सानी/खोर्सानी ना. १.सानो खालको तिक्खर पिरो खोर्सानी।
32687 जिरे खुर्सानी/खोर्सानी ना. २. सानो भए पनि तिखो टड्कालो व्यक्ति।
32688 जिरे खुर्सानी/खोर्सानी ना. वि. ३. टाठोबाठो, छोटोछरितो।
32689 जिरे झार ना. जिराका झैँ दाना फल्ने एक प्रकारको झार, ज्वाने।
32690 जिरेल ना. १.नेपालको जनकपुर अञ्चलमा पर्ने रामेछाप जिल्लाको आसपासमा बस्ने एक हिमाली जाति र तिनको भाषा।
32691 जिरेल ना. वि. २. जिरीको, जिरीसम्बन्धी।
32692 जिरो ना. शून्य।
32693 जिल क्रि.वि. छक्क, आश्चर्यचकित भएर,जिल्ल।
32694 जिलाइ ना. जिलाउने किसिम वा कार्य।
32695 जिलाइकेलाइ ना. १.मकै, कोदो, गहुँ आदिलाई सफा गर्न जिलाउनेकेलाउने काम, केलाइकुलाइ।
32696 जिलाइकेलाइ ना. २. चोर आदिद्वारा भएभरको श्रीसम्पत्ति सिरीखुरी पार्ने काम।
32697 जिलाइकेलाइ ना. ३. खनिएको वा जोतिएको जग्गाका झारपात साफ गर्ने काम।
32698 जिलाइनु क.क्रि. जिलाउने काम गरिनु।
32699 जिलाइलो वि. जिलाउन योग्य।
32700 जिलाउनु स.क्रि. १.मकै, धान आदि छर्नु, रोप्नुभन्दा पहिले झार उखल्ने र डल्ला फोर्ने काम गर्नु, खेतीका लागि बारी तयार पार्नु।