Dictionary

All Word

32501 जिज्ञासु वि. जान्न चाहने; जिज्ञासा राख्ने; ज्ञानको भोको।
32502 जिज्यू ना. १.बाजेका बाबु; कुप्री हजुरबा।
32503 जिज्यू ना. २. पुर्खा।
32504 जिज्यू ना. ३. जिउ अर्थात् राजाका पनि जिउ; बडामहाराज।
32505 जिज्यू ना. ४. एक सम्मान (ज्यू) ले नपुगेर दोहोरो सम्मान ( ज्यूज्यू) गर्नुपर्ने कुनै पनि माननीय व्यक्ति;अत्यन्त सम्माननीय व्यक्ति।
32506 जिज्यू ना. ५. स्वीकृतिसूचक टाउको हल्लाइ।
32507 जिज्यूआमा ना. बाजेकी आमा।
32508 जिज्यूबज्यै ना. १.जिज्यूकी पत्नी।
32509 जिज्यूबज्यै ना. २. पूर्वज नारी।
32510 जिज्यूबराज्यू ना. १.जिज्यूहरू;बराज्यूहरू; बाजेबराज्यू।
32511 जिज्यूबराज्यू ना. २. पूर्वज।
32512 जिज्यूबाजे ना. १.जिज्यू।
32513 जिज्यूबाजे ना. २. पूर्वज।
32514 जिज्यूबुबा ना. १.जिज्यू।
32515 जिज्यूबुबा ना. २. जिज्यूका पनि बुबा।
32516 जिज्यूबुबा ना. ३. पूर्वज।
32517 जिज्यूमुमा ना. १.जिज्यूकी पत्नी।
32518 जिज्यूमुमा ना. २. जिज्यूकी पनि माता।
32519 जिज्यूमुमा ना. ३. पूर्वज नारी।
32520 जित् प्रत्य. नामबोधक शब्दका पछाडि जोडिई जित्ने अर्थ प्रत्यधर्मी शब्द ( इन्द्रजित्, मारजित् इ.)।
32521 जित्नु स.क्रि. वशमा पार्नु; अधीनमा पार्नु; विजय हासिल गर्नु।
32522 जित वि. १.वशमा पारिएको; कब्जामा लिइएको; जितिएको; पराजित; विजित (उदा.- जितप्रदेश )।
32523 जित वि. २. वशमा पारेको (उदा.- जितलोभ, जितमोह )।
32524 जित वि. ना. ३. जित्ने काम; विजय;जित;जितबाजी (उदा.- यो जित जनताको जित हो )।
32525 जितक्रोध वि. क्रोधलाई जितेको; क्रोधलाई वशमा पारेको; रिस खप्न सक्ने; रिस नभएको।
32526 जितगढी ना. पाल्पा जिल्लामा पर्ने एक प्रसिद्ध ठाउँ।
32527 जितबाजी ना. जित; विजय।
32528 जिताइ ना. जित्ने क्रिया वा प्रक्रिया।
32529 जिताइनु क.क्रि. जित्ने पारिनु; विजय गराइनु।
32530 जिताइलो वि. जितिएलाजस्तो।
32531 जिताउनु प्रे. क्रि. जित्न लाउनु; जित्ने बनाउनु; विजय हासिल गराउनु।
32532 जिताउरी ना. १.जुवा, तास, पासा आदिमा वा मुद्दामामिला जितेको खुसीयालीमा जित्नेद्वारा बाँडिने रुपियाँपैसा।
32533 जिताउरी ना. २. मुद्दा जित्नेले अड्डामा बुझाउनुपर्ने दस्तुर।
32534 जितात्मा वि. मन र इन्द्रियहरूलाई जितेको; मन र इन्द्रियहरूलाई आफ्ना वशमा लिएको;जितेन्द्रिय।
32535 जितापत्र ना. मुद्दा जित्नेलाई जितेको प्रमाणस्वरूप अदालतका तर्फबाट दिइने फैसलाको नकल।
32536 जितार वि . जुन कुरा पनि जित्न खोज्ने; अरूलाई नटेर्ने; जिताहा।
32537 जितारि वि. १.शत्रुलाई जितेको।
32538 जितारि वि. २. काम, क्रोध,लोभ, मोह, मद र मात्सर्यजस्ता छवटा शत्रुलाई वशमा राखेको।
32539 जितारि मल्ल ना. मध्यकालीन नेपालको सिन्जासाम्राज्यका अत्यन्त प्रभावशाली राजा; अशोकमल्लका पुत्र।
32540 जितिनु क.क्रि. अधीनमा पारिनु; जितिएको हुनु।
32541 जितिया ना. दसैँको आसपासमा थारू जातिका नवयुवती र अधबैँसे स्त्रीहरूले माइतमा गएर घिरौँलाको पातमा घिरौँलाकै फूल राखेर गर्ने 'जित महान्' को पूजा।
32542 जितिया पावनी / पौनी ना. जितिया चाड।
32543 जितुवा वि. जित्ने; विजयी।
32544 जितेन्द्रिय वि. इन्द्रियलाई जितेको; इन्द्रियलाई आफ्ना वशमा राखेको।
32545 जितौरी ना. हे. जिताउरी।
32546 जिद ना. हे. जिद्दी।
32547 जिद ना. (उदा- राम्लाई वनवास भरत्कन रजैं देऊ भनी जिद् गरी। - भानुभक्तको रामायण)।
32548 जिद्दी ना. १.आफूले भने चाहेजस्तो गराउन गरिने दुराग्रह;हठ; ढिपी।
32549 जिद्दी ना. वि. २. हठी; ढिपीवाल।
32550 जिद्दीवाल वि. आफूले भने वा चाहेको कुरा गराउन दुराग्रह गर्ने; नचाहिँदो कुरामा पनि जिद्दी गर्ने; अनावश्यक हठ गर्ने;दुराग्रही;हठी; ढिपीवाल; जिद्दी।