Dictionary

All Word

32451 जिउजमानी ना. कसैको जमानतका रूपमा राखिएको मानिस; जिम्माजमानी।
32452 जिउजिउ ना. १.चाहिँदोभन्दा ठुलो सम्मान।
32453 जिउजिउ ना. वि.बो. २. जिउभन्दा पनि ठुलो सम्मानसूचक वचन; हजुरहजुर।
32454 जिउजुको ना. प्राणीका पेटभित्र हुने एक खालको जुको; मूलजुको।
32455 जिउजुको ना. (यो मर्‍यो वा बाहिर निस्कियो भने प्राणी मर्छ भन्ने धारणा छ )।
32456 जिउडाल ना. शरीरको रचना; शारीरिक बनोट वा ढाँचा; जिउको डौल।
32457 जिउ वि.बो. १.शिष्टाचार वा आदरमा उच्चारण गरिने शब्द;ज्यू; हजुर।
32458 जिउ वि.बो. २. ढोग ( बालबोलीमा )।
32459 जिउता ना. जिन्दगी; जनम; जिउतो (जस्तो-जिउताभर)।
32460 जिउती ना. विवाहमा मातृकापूजा गरेका ठाउँमा टाँगिने चित्र।
32461 जिउती कोठा/ कोठो ना. १.विवाहमा दुलाहा दुलहीले प्रथम रात चुलेवास बस्ने कोठो।
32462 जिउती कोठा/ कोठो ना. २. प्रथम मधुरात्रिका लागि तयार पारिएको वा रोजिएको कोठो।
32463 जिउतो ना. हे.जिउता।
32464 जिउधन ना. आफ्नो जीवन र भएभरको श्रीसम्पत्ति;जीवनधन;सर्वस्व।
32465 जिउनार ना. १.खाने क्रिया वा काम; भोजन गर्ने क्रिया वा काम।
32466 जिउनार ना. २. खाने क्रिया वा कामका लागि अभिजातवर्गमा प्रयोग गरिने शब्द, ज्युनार।
32467 जिउनी ना. १.सन्तानहरूलाई सम्पत्तिको अंशबन्डा गर्दा आमाबाबुले आफ्ना लागि छुट्ट्याएको भाग, जिउनी।
32468 जिउनी ना. २. अंशको सट्टा जीवननिर्वाहका लागि अंशभन्दा केही घटी वा बढी गरी दिइएको सम्पत्ति।
32469 जिउपाला वि. १.जहानबच्चाको वास्ता नगरी आफ्नो मात्र पेट पालेर हिँड्ने, परिवारका अरू सदस्यको कुनै पर्बाह नगरी आफ्नो मात्र पेट भर्ने।
32470 जिउपाला वि. ना. २. त्यस्तो व्यक्ति।
32471 जिउपालो ना. जिउ पाल्ने काम; खाइजीविका;पेटपालो; जीविका।
32472 जिउमारा वि. १.खानपान तथा स्वास्थ्यको वास्ता नगरी आफ्नो शक्ति र सामर्थ्यभन्दा बढी मरिमेटेर काम गर्ने; जिउलाई साह्रै दुःख दिने; आत्मघाती।
32473 जिउमारा वि. २. अर्काको हत्या गर्ने;हत्यारा; ज्यानमारा।
32474 जिउमारा वि. ना ३. त्यस्तो स्वभावको व्यक्ति।
32475 जिउलो ना. धानको खेती हुने ठाउँ; धानको खेती हुने फाँट;धानखेत;धनहर जग्गा।
32476 जिउसाँचा वि. शरीरलाई परिश्रम पर्ला वा शरीर कमजोर होला भनेर सक्तो काम पनि नगर्ने; कामचोर।
32477 जिकिर/जिक्री ना. १.कुनै मुद्दाको बहसका सिलसिलामा वादी वा प्रतिवादीतर्फको मुख्य भनाइ।
32478 जिकिर/जिक्री ना. २. कुनै कुराको प्रसङ्ग; चर्चा।
32479 जिगमिषा ना. जाने इच्छा; कुनै ठाउँमा पुग्ने चाहना।
32480 जिगीषा ना. जित्ने इच्छा; विजयको अभिलाषा।
32481 जिगीषु वि. जित्न चाहने; विजयको अभिलाषा गर्ने।
32482 जिङ्ग्रिनु अ.क्रि. १.कोरीबाटी नगर्नाले कपाल नराम्रो देखिने गरी खजमजिनु।
32483 जिङ्ग्रिनु अ.क्रि. २. मलजल नपाएको बिरुवा छिप्पिएर रुखो वा जर्रो हुनु।
32484 जिङ्ग्रिनु अ.क्रि. ३. दुब्लाएर शरीरको हाडछाला मात्र बाँकी रहनु; जिङ्ग्रिङ्ङ पर्नु।
32485 जिङ्ग्रिङ्ग/ जिङ्ङ्रिङ्ङ क्रि.वि. १.कोरीबाटी नगर्नाले खजमजिएको कपाल नराम्रो देखिए झैँ।
32486 जिङ्ग्रिङ्ग/ जिङ्ङ्रिङ्ङ क्रि.वि. २. मलजल नपाएको बिरुवा छिप्पिएर रुखो, जर्रो भए जस्तै गरी।
32487 जिङ्ग्रिङ्ग/ जिङ्ङ्रिङ्ङ क्रि.वि. ३. दुब्लाएर शरीरको हाडछाला मात्र बाँकी रहे झैँ भईकन।
32488 जिजा ना. १.बाबु; पिता।
32489 जिजा ना. २. पूर्वज।
32490 जिजीविषा ना. बाँच्ने इच्छा; बाँचिरहने चाहना।
32491 जिजु ना. हे.जिज्यू।
32492 जिजुआमा ना. जिज्यूआमा।
32493 जिजुबजै ना. जिज्यूबज्यै।
32494 जिजुबराजु ना. जिज्यूबराज्यू।
32495 जिजुबाजे ना. जिज्यूबाजे।
32496 जिजुबुबा ना. जिज्यूबुबा।
32497 जिजुमुमा ना. जिज्यूमुमा।
32498 जिजे / जिजै ना. दासप्रथा समाप्त हुनुभन्दा पहिले कमाराकमारीले आफूभन्दा जेठा मालिककी पत्नीलाई सम्बोधन गर्दा प्रयोग गर्ने शब्द; मैयाँरानी।
32499 जिज्ञासा ना. कुनै कुरा जान्ने इच्छा; थाहा पाउने अभिलाषा।
32500 जिज्ञासित वि. जान्न खोजिएको; जिज्ञासा राखिएको।