Dictionary

All Word

32301 जाबा ना. इन्डोनेसियाको एक प्रान्।
32302 जाबा मानव ना. एसिया, युरोप र अफ्रिकामा पाइएको अति प्राचीन मानव (होमो एरेक्टस) मध्ये जाबामा फेला परेको मानव, त्यसैको अश्मीभूत अवशेष।
32303 जाबी ना. काखीमुनि लर्किने गरी कुममा भिरिने जालीदार झोली, चरा आदि राख्ने जालीदार थैलो।
32304 जाबी वि. धेरै महत्त्व नभएकी, कम महत्त्वकी, सानी, साधारण, तुच्छ (स्त्री)।
32305 जाबे वि. १.जाबीजस्तो।
32306 जाबे वि. ना. २. जाबे खटिरो।
32307 जाबे खटिरो ना. जाबी झैँ भई शरीरभरि आउने र चिलाउने एक किसिमको खटिरो, सिकसिको आदिले र खाद्य औषधीको अफापले गर्दा जिउभरि अथवा जिउको कुनै भागमा बर्र उछ्रिएर आउने चर्मविकार।
32308 जाबे च्याउ ना. जमिनमा उम्रने, खैरो रङको, जाबी झैँ बुट्टा परेको, घोप्ट्‌याइएको सोलीका आकारको गनाउने, खान नहुने र खाएमा जाबे खटिरो झैँ उछ्रने एक जातको च्याउ।
32309 जाबे भूत ना. जाबी भिरेर हिँड्छ भन्ने विश्वास गरिएको एक भूत, जाबे रोग ल्याउने कारण मानिएको सोही भू।
32310 जाबो ना. १.काखीको भुत्ला, खकुन्डीको भुत्ला।
32311 जाबो ना. वि. २. तुच्छ, साधारण, कम महत्त्वको।
32312 जाब्ता ना. १.दुई सरकारका बिचमा भइपरी आउने व्यवहारसम्बन्धी व्यवस्था मिलाउन बनेको ऐन।
32313 जाब्ता ना. २. नियमकानुन,व्यवस्था,जाफ्ता।
32314 जाम ना. १.कुनै कारणबाट बाटो रोकिँदा यातायातका साधन र मानिसहरूको भिडले आवागमनमा भएको गतिरोध, ठेलमठेल, ठसाठस।
32315 जाम ना. २. कस वा खिया लाग्नाले कुनै बट्टा आदिको बिर्को वा कैँची घुम्न, चल्न अप्ठ्यारो परेको अवस्था।
32316 जाम ना. ३. कुनै गुलियो फलको रस पकाई बाक्लो बनाइएको खाद्य पदार्।
32317 जामदग्न्य ना. १.जमदग्निका छोरा, परशुराम।
32318 जामदग्न्य ना. २. भार्गवगोत्रका पाँच प्रवरमध्ये एक।
32319 जामन ना. दही जमाउँदा दुधमा हाल्ने बिउ, जोडन।
32320 जामा ना. १.कम्मरदेखि गोलीगाँठासम्म आउने, कम्मरमा मुजैमुजा पारी बनाइएको तलतिर खुला भएको लहँगा, मुजैमुजा परेको, कम्मरदेखि गोलीगाँठासम्म पुग्ने, पुरुषजातिले लाउने एक किसिमको पुरानो पोसाक।
32321 जामा ना. २. केटीले लाउने फ्रक।
32322 जामाता ना. छोरी वा बहिनीको लोग्ने, ज्वाइँ।
32323 जामा पगरी ना. विवाहमा दमाईंहरूको नाइकेले पाउने शिरपाउ, नेग, सम्मान।
32324 जामुनु/जामुनो ना. केसरका आकारका सेता फूल फुल्ने, गाढा प्याजी रङको फल फल्ने एक जातको रुख वा त्यसैको फल।
32325 जाम्बवती ना. १.छेउमा दाँती परेका पात हुने, निला फूल फुल्ने र राता फल फल्ने एक किसिमको भुइँझार।
32326 जाम्बवती ना. २. भागवत पुराणअनुसार जाम्बवान्की छोरी, कृष्णकी एक पत्नी।
32327 जाम्बवान् ना. १.रामायणको कथाअनुसार लङ्का विजय गर्न रामचन्द्रलाई सहायता गर्ने सुग्रीवका एक मन्त्री।
32328 जाम्बवान् ना. २. भागवतको कथाअनुसार स्यमन्तक मणिलाई लिएर कृष्णसँग युद्ध परेको र हारेपछि मणिसहित छोरी जाम्बवती कृष्णलाई दिन बाध्य भएको एक भालुनरेश।
32329 जायज वि. चित्तबुझ्दो, न्यायसङ्गत, उचित, मनासिब।
32330 जायजन्म ना. विवाहिता पत्नीबाट छोराछोरीको जन्म, सन्तानोत्पत्ति, जायाजन्म।
32331 जायजा ना. गरिएका कामकुराको उचित विवरण, तथ्याङ्क, कैफिय।
32332 जायजात ना. १.कसैको स्वामित्वमा रहेको चलअचल वस्तु, जेथाजमिन, श्रीसम्पत्ति।
32333 जायजात ना. २. सरकारद्वारा कसैको स्वामित्वमा भएको सम्पत्ति दण्डस्वरूप लिने काम सर्वस्व गर्ने काम, स्वामित्वहरण, सर्वस्व।
32334 जायजेथा ना. कसैको स्वामित्वमा रहेको चलअचल सम्पत्ति, श्रीसम्पत्ति, घरजग्गा, बस्तुभाउ आदि।
32335 जायदात ना. हे. जायजा।
32336 जाया ना. स्वास्नी, पत्नी, जोई।
32337 जायाजीव वि. १.स्वास्नीको सम्पत्तिमा बाँचेको, स्वास्नीको कमाइ खाने, जायानुजीवी।
32338 जायाजीव वि. २. नट,नटुवा।
32339 जायाजीव वि. ३. वेश्यापति।
32340 जायापति ना. लोग्नेस्वास्नी, पतिपत्नी, दम्पती।
32341 जार ना. रुसका पुराना बादशाहको उपाधि।
32342 जार ना. १.पोइल गएकी स्त्रीको पहिलो पतिले नयाँ चाहिँलाई भन्ने शब्द।
32343 जार ना. २. अर्काकी विवाहिता पत्नीसँग सम्भोग गर्ने व्यक्ति,उपपति, नाठो।
32344 जारकर्म ना. १.जारको काम, परस्त्रीसँग अवैध रूपमा राखिने यौनसम्बन्ध, व्यभिचार।
32345 जारकर्म ना. २. अर्काकी पत्नीलाई हरण गरी आफ्नी पार्ने कार्य, जारी।
32346 जारज वि. १.जारका तर्फबाट पैदा भएको।
32347 जारज वि. ना. २. जारबाट उत्पन्न भएको छोरो।
32348 जारज वि. ३. नवजात शिशु; औरस भएनभएको लक्षण विचार गरिने एक प्रकारको योग अर्थात् फलितयोग।
32349 जारजन्मा वि. जारज।
32350 जारपुत्र ना. जारबाट जन्मेको सन्तान, जारज।