Dictionary

All Word

32201 जातिभ्रष्ट वि. जातिबाट पतित, जातिबाट खसेको, जातिच्यु।
32202 जातिवाचक वि. १.सामान्य रूपमा सबै किसिमका वस्तुको नाम चिनाउने सबै किसिमका वस्तुको जातिलाई बुझाउने,जातिबोधक।
32203 जातिवाचक वि. ना. २. व्याकरणमा नामका पाँच भेद मानिँदा हुने एक भेद।
32204 जातिवाद ना. १.कुनै जातिले आफूलाई अरू जातिभन्दा श्रेष्ठ सम्झने मत, जातीय श्रेष्ठताको सिद्धान्।
32205 जातिवाद ना. २. आफ्नो जातिका व्यक्तिलाई नोकरी आदिमा प्राथमिकता वा विशेष सुविधा दिने प्रवृत्ति।
32206 जातिवाद ना. ३. सङ्कीर्ण जातीयता, सम्प्रदायवाद।
32207 जातिविद्वेष ना. १.जातिगत आधारमा गरिने शत्रुता।
32208 जातिविद्वेष ना. २. सजातीय बन्धुहरूसँगको वैरभाव।
32209 जातिवैर ना. भिन्नभिन्न जातका जीवहरूमा एक जातका जीवको अर्को जातका जीवसँग हुने प्राकृतिक वा वंशगत शत्रुता अथवा सहप्रजनन आदि गुणको अभाव।
32210 जाति व्यवसाय ना. कुनै जातका मानिसले विशेष रूपमा गर्ने गरेको धन्दा, जातिविशेषको पेसा, जातिअनुसारको इलम।
32211 जाति सङ्कर ना. भिन्न भिन्न जातका स्त्रीपुरुषको सम्पर्कबाट जन्मिएको सन्तान, वर्णसङ्कर।
32212 जातिस्मर वि. आफ्ना पूर्वजन्मका कुरा सम्झन सक्ने।
32213 जाति स्वभाव ना. जातिगत स्वभाव, जातिबाट आउने स्वभाव, जातीय स्वभाव, जातीय गुण।
32214 जाति हत्या ना. जाति नै नाश हुने काम जातिलाई नै मास्ने क्रिया,जातिवध।
32215 जातिहीन वि. १.मानवकल्पित कुनै जाति नअँगालेको, कुनै जातिविशेषसँग सम्बद्ध नभएको।
32216 जातिहीन वि. २. कुनै देशको पनि नागरिकता नलिएको।
32217 जातिहीन वि. ३. जातिसम्बन्धी सामान्य मान्यताभन्दा माथि उठेको।
32218 जातिहीन वि. ४. जातिबाट पतित, जातिबाट खसेको।
32219 जातिहीन वि. ५. निच जातिको, तुच्छ जातिको।
32220 जाती वि. अरूलाई हित गर्ने, असल स्वभावको,असल, राम्रो, भलो,बेस।
32221 जाती ना. १.पहेँलो जाईको फूल वा त्यसैको बोट।
32222 जाती ना. २. चमेलीका जातको फूल वा बोट।
32223 जाती ना. ३. जाइफल।
32224 जाती वि. १.आरम्भबिन्दुबाट रवाना भएर हिँडेको,उतातिर गएको (जाती रेल, जाती गाडी आदि )।
32225 जाती वि. २. कतै जाँदाको (खर्च आदि)।
32226 जाती वि. विप. आती।
32227 जातीआती वि. १.जाँदा र आउँदाको (खर्च, भाडा इ.)।
32228 जातीआती वि. २. जाने र फर्केर आउने, जाँदो र फर्केर आउँदो, अप-डाउन (रेल गाडी, जहाज इ.)।
32229 जातीफल ना. हे.जाइफल।
32230 जातीय वि. १.जातको, आफ्नै जातको,जातिसम्बन्धी।
32231 जातीय वि. २. कुलीन।
32232 जातीय वि. ३. साम्प्रदायिक।
32233 जातीयता ना. १.जातीय गुण वा विशेषता।
32234 जातीयता ना. २. जातिप्रतिको आत्मीयता।
32235 जातीयता ना. ३. साम्प्रदायिकता।
32236 जात्य वि. १.उच्च कुलमा जन्मेको, कुलीन, अभिजा।
32237 जात्य वि. २. श्रेष्ठ, उच्च।
32238 जात्यन्ध वि. १.चर्को जातीयभावनाले गर्दा विवेकहीन बनेको,आफ्नो जातिको अन्धसमर्थक, साम्प्रदायिक।
32239 जात्यन्ध वि. २. जन्मदेखि नै अन्धो, जन्मजात अन्धो, जन्मान्ध।
32240 जात्रा ना. १.देवदेवीका स्थानमा निश्चित दिनमा पूजाआजासहित मनाइने विशेष प्रकारको उत्सव, यात्रा।
32241 जात्रा ना. २. दुःख, हन्डर, दुर्दशा।
32242 जात्रा ना. ३. बेइज्जती।
32243 जात्रामात्रा ना. सानाठुला जात्रा र मेला।
32244 जात्रु / जात्रे ना. १.जात्रामा सम्मिलित व्यक्ति वा व्यक्तिसमूह।
32245 जात्रु / जात्रे ना. वि. २. दुःख वा हन्डरमा परेको।
32246 जात्रु / जात्रे ना. ३. बेइज्जत भएको।
32247 जात्रु / जात्रे ना. ४. निर्लज्ज,गाईजात्रे।
32248 जादु ना. १.सामान्यतया असम्भव र आश्चर्यजनक कुरालाई हातको सिप वा अन्य कुनै गुप्त तरिकाले सम्भवजस्तो बनाई देखाउने काम, इन्द्रजाल, चटक।
32249 जादु ना. २. टुना, टुनामुना, मोहनी।
32250 जादु कर्म ना. जादुगरी, जादुविद्या।