Dictionary

All Word

32051 जाँचिनु क.क्रि. २. जाँचको पात्र होइन।
32052 जाँठा/जाँठो ना. १.जाँठो।
32053 जाँठा/जाँठो ना. २. पुरुषका निम्ति एक अश्लील गाली।
32054 जाँठा/जाँठो ना. ३. लिङ्गको वरिपरि उम्रने रौँ , झाँट, शष्प।
32055 जाँठा / जाँठो जाँठी ना. १.आइमाई र पुरुषको समुदाय ( अश्लील अर्थमा )।
32056 जाँठा / जाँठो जाँठी ना. २. मोरामोरी।
32057 जाँठी ना. आइमाईलाई गाली गर्दा प्रयोग गरिने अश्लील शब्द।
32058 जाँड ना. १.उसिनेको अन्न कुहाएर मर्चा मिलाई झिकेको नसा लाग्ने रस, अन्न कुहाएर बनाइएको घरेलु मद्यविशेष, छाङ,निगार।
32059 जाँड ना. २. राम्ररी शोधन नगरिएको नेपाली शैलीको बियर।
32060 जाँडपानी ना. पिउँदा मात लाग्ने जाँड आदि नशालु पदार्थ, जाँडरक्सी।
32061 जाँत ना. १.आफ्नो गाउँकी मुख्य देवीको प्रत्येक वर्ष गरिने शोभायात्रा।
32062 जाँत ना. २. देवयात्रा, जात्रा।
32063 जाँत ना. ३. रमाइलो दृश्यादिको ताँती हिँडाउने कार्य, झाँकी।
32064 जाँते वि. १.जाँतोजस्तो चाक्लो, बाटुलो आकारको।
32065 जाँते वि. २. जाँतो घुमेजस्तो घुम्ने (पिङ आदि)।
32066 जाँते किरो ना. जाँतोजस्तो किरो, चिप्लेकिरो।
32067 जाँते तरुल ना. जमिनभित्र फल्ने जाँतोका आकारको तरुल, तरुलको एक प्रकार।
32068 जाँते थुन ना. नझोल्लिई छातीमै अरट्ठ पर्ने ठुलो, गोलो र साह्रो थुन।
32069 जाँते दाँत ना. ठुलो र चेप्टो बङ्गारो, जाँते बङ्गारो।
32070 जाँते पिङ ना. दुई वा दुईभन्दा बढी मानिस अनुपात मिलाई एकै चोटि बसी जाँतो झैँ घुमाएर खेलिने पिङ।
32071 जाँते पिलो ना. जाँतोजस्तो आकारको चाक्लो र बाटुलो पिलो।
32072 जाँते फर्सी ना. जाँतोजस्तो बाटुलो, थ्याप्चो एवम् ठुलो जातको फर्सी।
32073 जाँते बङ्गारो ना. जाँते दाँ।
32074 जाँतो ना. ढुङ्गा कोत्रेर दाँत निकालेको एक फग्लेंटो (पोथी फग्लेंटो) तल राखी त्यसको बिचमा माने जडी त्यसै गरी कोत्रेर दाँत निकालिएको अर्को फग्लेंटो (भाले फग्लेंटो) को बिच प्वालमा तल्लो फग्लेंटोको माने घुसारी दुवै फग्लेंटालाई खप्टाई मानेको प्वालबाट अन्नको घान छिराई माथिल्लो फग्लेंटोको एका छेउको डोबमा जडिएको हातो पक्री सो फग्लेंटोलाई घुमाई दुई फग्लेंटाका सङ्घर्षबाट अन्न पिँध्ने एक ढुङ्गे यन्त्र।
32075 जानु अ.क्रि. १.कुनै चौपाया, दोपाया,पङ्खी आदि पुरानो ठाउँबाट नयाँ ठाउँमा पुग्नु वा पुग्नका लागि हिँड्नु।
32076 जानु अ.क्रि. २. हिँडेर, उडेर वा गुडेर व्यक्ति, वस्तु वा ठाउँलाई छोडी अन्तै कतै पुग्नु वा पुग्नका लागि अघि बढ्नु।
32077 जानु अ.क्रि. ३. हावा, सास आदि खुस्कनु, उम्कनु।
32078 जानु अ.क्रि. ४. छुट्टिनु, बाहिरिनु।
32079 जानु अ.क्रि. ५. मर्नु।
32080 जाइ ना. जाने भाव, क्रिया वा प्रक्रिया।
32081 जाइनु अ.क्रि. जाने होइनु, गइनु।
32082 जाइपत्री ना. जाइफलका फूलको वा मुनाको सुकुटी, जाइपत्री।
32083 जाइफल ना. जाइमसलाको फल।
32084 जाई ना. १.नजानिँदो सेतो र पहेँलो रङको लहरा हुने बोटमा फुल्ने फूल।
32085 जाई ना. २. जाइफल वा जाइपत्रीको बोट।
32086 जाउली ना. हे. जाउलो।
32087 जाउले वि. जाउलोसम्बन्धी, जाउलोजस्तो,जाउलाको।
32088 जाउले गँगटो ना. धेरै मासु हुने एक जातको असल गँगटो, भित्र गुदी धेरै हुने गँगटो।
32089 जाउलो ना. चामलमा नुन मिसाई धेरै पानी हालेर पकाएको गिलो भात, जाउली।
32090 जाओ ना. लेकमा हुने एक जातको जौ, विशेष प्रकारको जौ, जई।
32091 जाक्नु स.क्रि. १.बलैले हाल्नु, जबरजस्ती हाल्नु, कोच्नु खाँद्नु।
32092 जाक्नु स.क्रि. २. कैद गर्नु, थुन्नु।
32093 जाक्नु स.क्रि. ३. ठेलमठेल गरी खानु, कोचर्नु।
32094 जाकड / जाकडी ना. १.कसैलाई राख्न दिएका धनमाल, नासो।
32095 जाकड / जाकडी ना. २. खर्च नगरी राखेको धनमाल, रोकड।
32096 जाकड / जाकडी ना. ३. सापटी वा ऋण लिँदा लिनेले दिनेकहाँ राखेको धितो, धरौटी।
32097 जाकड / जाकडी ना. वि. ४. त्यसरी नासो, रोकड वा धितोको रूपमा राखिएको।
32098 जाकिनु क.क्रि. १.साङ्ग्रो ठाउँमा कोचिनु, खाँदिनु।
32099 जाकिनु क.क्रि. २. खोरमा हुलिनु वा थुनिनु।
32100 जाकिनु क.क्रि. ३. जेल आदिमा पर्नु, कैद हुनु वा थुनिनु।