Dictionary

All Word

32101 जाकिनु क.क्रि. ४. घ्याँकिनु वा ङ्याकिनु।
32102 जाकिनु क.क्रि. अ.क्रि. ५. फस्नु।
32103 जाख्नु स.क्रि. खच्चड, भेडा आदिका पिठिउँमा राखी मालसामान ओसारपसार गर्नु, मालसामान ढुवानी गर्नु, जाग्नु।
32104 जाख्ना ना. मालसामान ओसारपसार गर्ने भेडा वा च्याङ्ग्राको बथान,जाग्ना।
32105 जाग्नु अ.क्रि. १.ब्युँझनु, निद्रा खुल्नु।
32106 जाग्नु अ.क्रि. २. आफ्नो अवस्थाप्रति सचेत हुनु, जागरूक बन्नु।
32107 जाग्नु अ.क्रि. ३. बौरनु, बिउँतनु,होसमा आउनु।
32108 जाग्नु अ.क्रि. ४. तन्त्रमन्त्रमा विश्वास राख्नेहरूका अनुसार भूत, प्रेत, मसान आदि प्रत्यक्ष वा सक्रिय हुनु।
32109 जाग्नु अ.क्रि. ५. झोक्किनु, जङ्गिनु, रन्किनु, जोसिनु।
32110 जाग्नु अ.क्रि. ६. पलाउनु।
32111 जाग्नु अ.क्रि. स.क्रि. ७. खसी, चौँरी आदिको पिठिउँमा सामान लदाएर ओसार्नु, जाख्नु।
32112 जागरण ना. १.मानिसमा हुनुपर्ने आफ्नो कर्तव्य तथा अधिकारको बोध, उद्बोधन, जागृति, सचेतता।
32113 जागरण ना. २. भजन-कीर्तन गरेर रातभर जागा रहने काम, जाग्राम, जागरान, जागराम।
32114 जागरणशील वि. सजग वा सचेत हुने स्वभावको, जाग्दै गरेको, बिउँझन थालेको।
32115 जागरान/जागराम ना. हे. जाग्राम, जागरण।
32116 जागरूक वि. १.उद्बुद्ध, जाग्रत, सचे।
32117 जागरूक वि. २. जागा रहेको,ब्युँझेको।
32118 जागरूक वि. ३. होसियार, सतर्क।
32119 जागरूकता ना. जागा हुने क्रिया वा भाव, उद्बुद्धता, सचेतता।
32120 जागा वि. १.जागेको, ब्युँझेको, निद्रा खुलेको।
32121 जागा वि. २. जागरूक, सतर्क।
32122 जागा हुनु दु. १.निद्राबाट उठ्नु, बिउँझनु (विशेष आदर जनाउँदा )।
32123 जागा हुनु दु. २. रिसले चुर हुनु, चपर्चण्ड हुनु।
32124 जागिनु अ.क्रि. जागिएको हुनु।
32125 जागित्र ना. लौकिक विश्वासअनुसार वायुका रूपमा अदृश्य अवस्थामा हिँड्ने मृतात्मा, प्रेत, पिशाच, जागिर्।
32126 जागिर ना. १.सरकारी वा गैरसरकारी सङ्घ, संस्था, कार्यालयमा काम गर्ने पेसा, नोकरी, सेवा।
32127 जागिर ना. २. त्यसरी काम गरेबापत निश्चित अवधिमा पाउने गरी तोकिएको रकम तलब, तनखा, वेतन।
32128 जागिर ना. ३. मुगलकालीन भारतमा बादशाहका तर्फबाट भारदारलाई दिइने उच्च पद वा उक्त पदको आधारमा दिइने भूभाग।
32129 जागिरदार ना. १.जागिर वा सेवामा रहेको व्यक्ति, कर्मचारी, जागिरे।
32130 जागिरदार ना. २. मुगलकालीन जागिर प्राप्त गर्ने उच्च पदाधिकारी।
32131 जागिरदार ना. वि. ३. जागिरवाल।
32132 जागिरवाल / जागिरे वि. १.कुनै सेवामा रहेको।
32133 जागिरवाल / जागिरे वि. ना. २. कर्मचारी।
32134 जागिर्त ना. हे. जागित्र।
32135 जागृत वि. १.जागेको, बिउँझिएको।
32136 जागृत वि. २. होसमा आएको, बौरिएको, बिउँतिएको।
32137 जागृत वि. ३. सचेत होसियार, जागरूक, प्रबुद्ध।
32138 जागृत ज्वालामुखी ना. लाभाहरू छुटिरहेको ज्वालामुखी, चालु रहेको ज्वालामुखी, जिउँदो ज्वालामुखी।
32139 जागृति ना. जागरण, जागा।
32140 जागो वि . हे. जागा।
32141 जाग्ना ना. १.हिमालवासीहरूले मालसामान लादेर ओसारपसार गर्ने भेडा, च्याङ्ग्रा आदिको बथान।
32142 जाग्ना ना. २. त्यसरी मालसामान ढुवानी गर्ने काम।
32143 जाग्रत् वि. सजग, सचेत, जागेको,ब्युँतेको, उद्बुद्ध।
32144 जाग्रत् स्वप्न ना. जाग्रत् अवस्थामा गरिएको स्वप्निल कल्पना,जाग्दजाग्दै गरिएको स्वप्नजस्तो कल्पना, दिवास्वप्न।
32145 जाग्राम ना. भजनकीर्तन गरेर रातभर जागा रहने काम, जागराम, जागरान, जागरण।
32146 जाङ ना. हे.जाँघ।
32147 जाङे ना. कट्टु, जाँघे।
32148 जाङ्गल वि. जङ्गलमा हुने, जङ्गलसम्बन्धी।
32149 जाङ्गलिक/जाङ्गली ना. जिउँदै सर्प समाती त्यसलाई नचाई, खेलाई जीविका गर्ने व्यक्ति, सपेरो, विषवैद्य।
32150 जाजर ना. सिन्जाली साम्राज्यका संस्थापक नागराजका निकै पुस्ताअघिका पूर्वज,जाजरकोट नामका धेरै स्थलहरूका संस्थापक।