Dictionary

All Word

32851 जीवनवृत्ति ना. बाँच्नका लागि अँगालिएको पेसा, जीवननिर्वाहका लागि गरिएको प्रबन्ध, जीविका।
32852 जीवनसङ्ग्राम / सङ्घर्ष ना. अस्तित्वको संरक्षण तथा जीवनको सुरक्षाका लागि विघ्नबाधाहरूका विरुद्ध जुध्नेभिड्ने र विकट परिस्थितिसित सामना गरिने काम, जीवनको त्यस्तो सङ्ग्राम वा सङ्घर्ष।
32853 जीवनस्तर ना. बाँच्नका लागि उपयोग तथा उपभोग गरिने साधनको गुण वा परिमाणका दृष्टिले र बाँच्ने शिल्पका दृष्टिले निर्धारित हुने जीवनको स्थान, तह वा श्रेणी।
32854 जीवनाधिकार ना. १.बाँच्नका लागि आवश्यक अधिकार।
32855 जीवनाधिकार ना. २. जीवनको बाँच्ने अधिकार।
32856 जीवनी ना. १.जीवनभर गरेका कामकुराको क्रमबद्ध लेख वा कथन, जीवनचरित्र, जीवनचरि।
32857 जीवनी ना. २. कसैको जीवनसम्बन्धी इतिवृत्।
32858 जीवनी लेखक ना. जीवनी लेख्ने व्यक्ति,जीवनचरितका रचनाकार।
32859 जीवनोदय ना. १.जीवनको आगमन, जीवनको उदय, जन्म।
32860 जीवनोदय ना. २. हुर्काइ।
32861 जीवनोदय ना. ३. उन्नति,चर्तिकला।
32862 जीवन्त वि. जिउँदो, जीवि।
32863 जीवन्तता ना. जीवन्त हुनाको भाव वा स्थिति,जिउँदोपना,जीवितता।
32864 जीवन्तिका ना. १.रुखको एक प्रकारको रोग, ऐँजेरु।
32865 जीवन्तिका ना. २. औषधीका रूपमा प्रयोगमा आउने एक लहरो, गुर्जो।
32866 जीवन्ती ना. १.दुध निस्कने, गुच्छाकार फल फल्ने, पात औषधीका रूपमा प्रयोग हुने एक लता, जीवन्तिका।
32867 जीवन्ती ना. २. पहेँलो हर्रो।
32868 जीवन्ती ना. ३. रुख आदिमा पलाउने ऐँजेरु।
32869 जीवन्मुक्त वि. १.आत्मज्ञान प्राप्त गरेर जीवित अवस्थामा नै सांसारिक मायाजालबाट मुक्त भएको।
32870 जीवन्मुक्त वि. २. सांसारिक विषयसुखमा आसक्त नभएको, वैरागी, विरक्।
32871 जीवन्मुक्त वि. ३. मरेको मृ।
32872 जीवन्मुक्ति ना. जीवनमुक्त भएको अवस्था।
32873 जीवन्मृत वि. १.कुनै उद्योग वा पुरुषार्थविना जिउँदै मरेतुल्य भई बाँचेको, जिउँदै मरेको, बाँचेको भए पनि मरेको भने हुने।
32874 जीवन्मृत वि. २. पङ्गु; बिकामे,अर्थ न बर्थसँग बाँचेको।
32875 जीवन्यास ना. देवमूर्तिहरूमा मन्त्रद्वारा प्राणप्रतिष्ठा गरिने विधि, मूर्तिको प्राणप्रतिष्ठा।
32876 जीवभक्षी वि. जीवजन्तुलाई खाने, मांसभक्षी, हिंस्रक।
32877 जीवमन्दिर ना. जीव रहने घर, शरीर, देह (शरीरको मानवतावादी स्तरीकरण)।
32878 जीवरस ना. जीवनरस।
32879 जीवलोक ना. १.मान्छेदेखि लिएर पशुपक्षी, किराफट्याङ्ग्रा आदि सम्पूर्ण जीवजन्तु बस्ने लोक, मर्त्यलोक, मर्त्यमण्डल,पृथिवीतल।
32880 जीवलोक ना. २. प्राणीहरूको समुदाय वा संसार।
32881 जीवविज्ञान ना. जीवजन्तुको उत्पत्ति, स्वरूप, विकास, बानीबेहोरा आदिको अध्ययन गरिने वा जीवका सम्बन्धमा वस्तुगत अध्ययन गरिने विज्ञान, प्राणीशास्त्र र वनस्पतिशास्त्रको संयुक्त स्वरूप।
32882 जीवविज्ञानी वि. जीवविज्ञान जान्ने, जीवविज्ञानको ज्ञाता, जीवशास्त्री।
32883 जीववृत्ति ना. जीवननिर्वाहका लागि गाईबस्तु आदि पाल्ने काम, जीवजन्तुको पालनद्वारा गरिने जीवन-निर्वाह, पशुपालन।
32884 जीवशेष वि. १.सास मात्र बाँकी भएको, मर्नै लागेको, मरणासन्न।
32885 जीवशेष वि. ना. २. जीवाश्म, जीवावशेष।
32886 जीवसङ्क्रमण ना. पुनर्जन्मवादका अनुसार जीवले एउटा शरीरलाई छाडेर अर्को शरीरमा प्रवेश गर्ने काम, परकायप्रवेश।
32887 जीवसाधन ना. १.जीवजन्तुबाट प्राप्त हुने सामग्री।
32888 जीवसाधन ना. २. जीवनका लागि आवश्यक अन्न आदि साधन।
32889 जीवहत्या / जीवहिंसा ना. जीवजन्तुलाई मार्ने काम, प्राणीको हत्या।
32890 जीवा ना. १.धनुको डोरी, ताँदो।
32891 जीवा ना. २. चापका दुई टुप्पालाई जोड्ने सरल रेखा।
32892 जीवा ना. ३. जीवन्ती लता।
32893 जीवाणु ना. १.सूक्ष्मदर्शक यन्त्रबाट मात्र देख्न सकिने तर सर्वत्र व्याप्त, हरितकणरहित साधारण कोषकेन्द्र मात्र हुने एक कोषीय वा बहुकोषीय जीव,पछि बढेर स्थूल जीवनको रूप धारण गर्ने अति सूक्ष्म सजीव अणु।
32894 जीवाणु ना. २. अनेक प्रकारका रोग उत्पन्न गर्ने जीवनशक्तियुक्त कीटाणु (ब्याक्टेरिया, भाइरस इ.)।
32895 जीवाणुनाशक वि. रोग जन्माउने जीवाणु वा कीटाणुहरूलाई नाश गर्ने (औषधी)।
32896 जीवात ना. जलचर, थलचर, नभचर सम्पूर्ण जीवसमूह, प्राणी,जीव।
32897 जीवात्मा ना. प्राणीको देहभित्र रहेको जीवतत्त्व, प्राण, आत्मा।
32898 जीवान्तक वि. १.जीवको अन्त्य गर्ने, प्राणलाई हरण गर्ने, जीवको संहारक।
32899 जीवान्तक वि. ना. २. यमराज, काल, महाङ्काल।
32900 जीवावशेष / जीवाश्म ना. प्राचीन कालदेखि चट्टानमा परी थिचिएर रहेका वा जमिनको भित्री तहबाट निकालिएका प्राचीन कालका जीव, वनस्पति आदिको अश्मीभूत वा ढुङ्गामा परिणत रूप (फोसिल)।