Dictionary

All Word

33101 जुराइ ना. [ जुराउ + आइ] २. जुराउने भाव, क्रिया वा प्रक्रिया।
33102 जुराइनु क.क्रि. जुर्ने तुल्याइनु, जुटाइनु।
33103 जुराउनु स.क्रि. / प्रे. क्रि. १.जुर्ने पार्नु, साइत आदि मिलाउनु।
33104 जुराउनु स.क्रि. / प्रे. क्रि. २. चाहिने सरसामान सबै जोर्नु, जुक्ताउनु; जुटाउनु।
33105 जुराफ ना. बट्टाई पाल्ने पिँजडाको खोल।
33106 जुराफ / जुराब ना. मोजा।
33107 जुरी ना. अभिनिर्णायक मण्डली ( अदालतको)।
33108 जुरुकजुरुक ना. १.मनमा लगातार आइरहने उत्तेजना वा उद्वेग।
33109 जुरुकजुरुक ना. २. लगातारको उठाइ वा उचालाइ।
33110 जुरुकजुरुक ना. क्रि.वि. ३. त्यस प्रकारको उत्तेजना, उद्वेग वा उठाइका सा।
33111 जुरुकमुरुक ना. / क्रि.वि. जुरुकजुरुक, जरकमरक, जुरजुरी।
33112 जुरुक्क क्रि.वि. एकै प्रयासमा उचाल्ने वा उठ्ने हिसाबले।
33113 जुरुङजुरुङ ना. १.जुरुकजुरुक।
33114 जुरुङजुरुङ ना. २. सिरिङसिरिङ।
33115 जुरुङजुरुङ ना. क्रि.वि. ३. रोमाञ्चकारी ढङ्गले।
33116 जुरुङ्ङ क्रि.वि. जरो, भय, जोस, जाडो आदिबाट शरीरमा कम्प हुने, काँडा उम्रिने वा रोमाञ्च हुने किसिमले,सिरिङ्ङ, जिरिङ्ङ।
33117 जुरे वि. जुरो भएको, जुरो बाँधेको।
33118 जुरे काफल ना. लाम्चा पात भई दुध आउने तथा गुलिया, पहेँला फल फल्ने एक जातको बोट वा त्यसको फल।
33119 जुरे चिल ना. जुरो हुने, एक जातको चिल, सिउरवाला चिल।
33120 जुरे तङ ना. कौल अड्याउने काठीको जुरो।
33121 जुरे मयल ना. बोट सानो र पात ठुलो हुने एक जातको मयल,एक जातको सानो जङ्गली नास्पाती।
33122 जुरेली ना. १.जुरो हुने, पुच्छरको मन्तिर रातो अथवा पहेँलो र आङ कालो हुने भँगेरोभन्दा केही ठुलो आकारको चरो।
33123 जुरेली ना. २. लोकगीत आदिमा प्रेमीद्वारा प्रेमिकालाई सम्बोधन गरिने शब्द।
33124 जुरेली ना. वि. ३. राम्रो स्वर भएकी, कोकिलकण्ठी।
33125 जुरेलीकण्ठ ना. जुरेलीको झैँ मिठो स्वर भएको कण्ठ।
33126 जुरेलीको गुँड ना. सानो तर राम्रो घर, सबै सुविधा भएको र सानो चिटिक्क परेको घर।
33127 जुरेली थुम्को ना. दुईतिर भिरालो भई माझमा सलक्क परेको डाँडो।
33128 जुरेलो ना. १.झुन्ड्याउनका लागि घुमका पिठमा लगाइएको उझिन्डो।
33129 जुरेलो ना. २. जुरेली चरो।
33130 जुरे सुगा ना. जुरो हुने एक जातको सुगा।
33131 जुरो ना. १.समेटेर टाउकाको एक ठाउँमा गुजुल्टो पारेको कपाल।
33132 जुरो ना. २. साँढेका काँधमाथि भुक्क उठेको रौँदार मासपिण्ड।
33133 जुरो ना. ३. धान आदिका कुनिउँमा गुजुल्टो पारेर बनाइएको गजुर।
33134 जुरो ना. ४. जुरेली, डाँफे, लामपुच्छ्रे आदि पक्षीका शिरमा उठेको ठाडो रौँ ।
33135 जुर्रा ना. एक जातको भाले बाजलाई बुझाउने शब्द, भाले बाज।
33136 जुलाई ना. ग्रेगोरी पात्रोअनुसार इस्वी वर्षको सातौँ महिना, जुनभन्दा पछिको र अगस्तभन्दा पहिलेको एकतिसदिने महिना।
33137 जुलाफ / जुलाब ना. १.दिसा खलास गराएर पेटको कसर फ्याँक्ने र पेट सफा गराउने क्रिया, विरेचन।
33138 जुलाफ / जुलाब ना. २. उक्त विरेचनका लागि प्रयोगमा ल्याइने औषधी।
33139 जुलाहा ना. कपडा बुन्ने काम गर्ने एक जाति,तन्तुकार, तन्तुवाय।
33140 जुलुङ्गो ना. बालीनालीको सुरक्षाका निम्ति खेतबारीका बिचमा गाडिने, तर्साउने आकृति, पराल वा खर आदिद्वारा बनाएर उभ्याइएको मूर्ति, तर्साउने, बुख्याचा।
33141 जुलुम ना. १.आफ्नो स्वार्थसिद्धिका लागि अरूमाथि गरिने अत्याचार, अन्याय,जबरजस्ती।
33142 जुलुम ना. क्रि.वि. २. अति, अत्यन्।
33143 जुलुम ना. वि. ३. ज्यादै बियाँलो, अति विलम्ब।
33144 जुलुम ना. ४. अद्भुत, उदेकलाग्दो, अभूतपूर्व।
33145 जुलुमी वि. १.अत्याचार गर्ने, जुलुम गर्ने।
33146 जुलुमी वि. २. अतिआकर्षक, बेस,उत्तम।
33147 जुलुस ना. १.कुनै कुराको विरोध वा समर्थनमा अधिकारीहरूमाथि प्रभाव पारेर कुनै सामूहिक उद्देश्य पूरा गर्न हिँडेका मानिसहरूको पङ्क्तिवद्ध भिड।
33148 जुलुस ना. २. धेरै मानिसहरूको एकसाथको यात्रा,कुनै उत्सव वा समारोहमा सम्मिलित मानिसहरूको यात्रा।
33149 जुलुस ना. ३. समर्थन, विरोध, सम्मान आदिको सामूहिक प्रदर्शनी।
33150 जुल्फी ना. काटछाँट गरी तह लाएर केही लामो पारी पालेको कपाल, बाबरी, बुलबुले, बङ्गाली।