Dictionary

All Word

33201 जेठा बोहरा ना. बुढा र बुद्धिमान् व्यक्ति,बुढा र बुद्धिमान् व्यक्तिलाई शाहकालमा प्रदान गरिएको पद।
33202 जेठासी ना. जेठ महिनामा झिकिने वा झिकिएको चरेस।
33203 जेठी वि. १.बढी उमेरकी, पहिले जन्मेकी।
33204 जेठी वि. ना. २. जेठाकी स्त्री।
33205 जेठी आमा ना. १.जेठा बाबुकी स्वास्नी, बाबुकी जेठी भाउज्यू।
33206 जेठी आमा ना. २. आफ्नी आमालाई भन्दा पहिले बाबुले विवाह गरेकी स्त्री, जेठी सौतिनी आमा।
33207 जेठी कान्छी ना. १.केही पहिले र केही पछि जन्मेका दिदीबहिनी।
33208 जेठी कान्छी ना. २. केही पहिले र केही पछि भित्र्याइएका सौतासौती।
33209 जेठी कान्छी ना. ३. केही पहिले र केही पछि भित्र्याइएका बुहारीहरू।
33210 जेठी खुँडा ना. जेठी तरबार।
33211 जेठी तरबार ना. सेनापतिले लिने लामो तरबार (दिव्य.), जेठी खुँडा।
33212 जेठी मधु ना. १.ठुला पात, ससाना हरिया फल र मोटो गुलियो जरा हुने एक लहरो, यष्टिमधु।
33213 जेठी मधु ना. २. त्यसैको फूल वा जरो।
33214 जेठेक ना. सबै भाइलाई समान भाग लागिसकेपछि जेठालाई जेठोपनका निम्ति दिइने केही अतिरिक्त सम्पत्ति,जेठ्याक, जेठाक।
33215 जेठो वि. १.अरूभन्दा बढी उमेरको, दाजुभाइहरूमध्ये पहिले जन्मेको, ज्येष्ठ।
33216 जेठो वि. ना. २. जेठो उमेरको व्यक्ति।
33217 जेठो वि. १.।
33218 जेठो बाठो वि. १.उमेरमा जेठो र घरव्यवहारबारे धेरै अनुभव भएको, बुढोपाको र जान्नेसुन्ने; पहिलो र हर्ताकर्ता।
33219 जेठो बाठो वि. ना. २. त्यस्तो व्यक्ति।
33220 जेठो बाबु ना. जेठाबा, बडाबा।
33221 जेठो बुढो वि. १.गाउँघर, छरछिमेकमा सबैभन्दा जेठो र धेरै कुरा भोगेजानेको।
33222 जेठो बुढो वि. ना. २. त्यस्तो व्यक्ति।
33223 जेठो भाग ना. १.अंशबन्डा गर्दा सबैभन्दा जेठो छोरालाई दिइने भाग, जेठाक।
33224 जेठो भाग ना. २. कुनै वस्तुको विभिन्न भागमध्ये सबैभन्दा ठुलो भाग।
33225 जेता वि. १.लडाइँमा वा कुनै किसिमको प्रतिद्वन्द्वितामा जित्ने, विजयी।
33226 जेता वि. ना. २. विजयी व्यक्ति।
33227 जेतेमेते ना. १.विशेष महत्त्व नभएका सानातिना मालसामान, खत्र्याकखुत्रुक।
33228 जेतेमेते ना. २. जे पायो सोही वस्तु।
33229 जेतेमेते ना. (उदा.- पेट कमजोर हुनेले जेतेमेते खानु हुँदैन।
33230 जेतेमेते ना. क्रि.वि. ३. कुनै तरिकाले,जिनतिन,खस्याङखुसुङ।
33231 जेतेमेते ना. (उदा.- परीक्षामा विनातयारी जेतेमेते लेखेर राम्रो अङ्क प्राप्त गर्न सकिँदैन)।
33232 जेथा ना. चलअचल सबै सम्पत्ति, भएभरको श्रीसम्पत्ति।
33233 जेथा जमानी ना. १.कुनै कारोबारसम्बन्धी लिखतमा रकम जिम्मा दिनेले पछि गडबड गरेमा आफ्नो निर्दिष्ट जेथाबाट बेहोरुँला भन सहीछाप गर्ने जमानी।
33234 जेथा जमानी ना. २. त्यसरी सहीछाप गरिएको लिख।
33235 जेथा जमानी ना. ३. त्यस्तो लिखत गर्ने प्रणाली।
33236 जेथा जमिन ना. जेथा, घरजग्गा, जग्गाजमिन।
33237 जेथा जिरायत ना. भूमिसुधार ऐन लागु हुनुभन्दा पहिले तराईका जिमीदारको कब्जामा रहेको मौजाको सिरजग्गा र अरू सम्पत्ति,मौजाको चलअचल सम्पत्ति।
33238 जेथोमेथो ना. भएभरको श्रीसम्पत्ति, सिरीखुरी।
33239 जेनकेन क्रि.वि. कुनै प्रकारले,कुनै किसिमले, येनकेन प्रकारेण, जसरीतसरी।
33240 जेनतेन क्रि.वि. १.जुनसुकै साधनले, जुनसुकै उपायले, जे पाइन्छ त्यसैले।
33241 जेनतेन क्रि.वि. २. जिनतिन; जसरीतसरी; जेनेतेने।
33242 जेनतेन क्रि.वि. वि. ३. साधारण, सामान्य (वस्तु वा चिजबिच )।
33243 जेनरेटर ना. बिजुली, ताप आदि उत्पादन गर्ने यन्त्र,ऊर्जाजनक।
33244 जेप/जेब ना. खल्ती, गोजी, बगली, पाकेट।
33245 जेप/ जेब खर्च ना. नभई नहुने वस्तुका लागि गरिने खर्चबाहेक अरू फुर्माइसी कामका निम्ति गरिने दैनिक खर्च, पाकेटखर्च।
33246 जेप/ जेब घडी ना. खल्तीमा राखेर व्यवहार गरिने घडी।
33247 जेबर ना. सुनचाँदी र जुहारतबाट बनेको आभूषण,गहना।
33248 जेबी वि. जेबमा राख्न हुने,जेबमा अटाउने, जेबमा राख्न बनाइएको।
33249 जेबी घडी ना. जेबघडी (पकेटवाच )।
33250 जेबी पात्रो ना. खल्तीमा अटाउने पात्रो, सानो आकारको पञ्चाङ्ग।