Dictionary

All Word

33251 जेबी पुस्तक ना. छरितो आकारको पुस्तक।
33252 जेबी रुमाल ना. हात, मुख, नाक पुछ्न वा शोभाका निम्ति जेबमा राखिने रुमाल।
33253 जेमन्त ना. आफूलाई मन लागेअनुसार गर्नु, आफूखुसी गर्नु।
33254 जेमन्त ना. क्रि.वि. आफूलाई मन लागेअनुसार, आफूखुसी।
33255 जेय वि. जित्न सकिने, जित्नुपर्ने, जित्न लायक।
33256 जेरबन्द ना. घोडाको पेटमा बाँध्ने काठीको साज, जेडबन्दा।
33257 जेरी ना. दुईतीन दिन पानीमा भिजाई केही अमिल्याएर खमिर तुल्याइएको मैदाको पिठोबाट सेल जस्तै बाटुलो र सामान्यतया सेलभन्दा सानो पारी घिउमा पकाएर चिनीको पागमा डुबाइने, सानाठुला घेरामा जेलिएको मिठाई, तहतह परी घुम्रिएको ठुलो खालको जिलेबी वा जुल्फी।
33258 जेल्नु स.क्रि. १.धागो, कपडा, डोरी आदिले चारैतिरबाट बाँध्नु, फन्का मार्नु, बेर्नु।
33259 जेल्नु स.क्रि. २. अलमल्याउनु, बिथोल्नु।
33260 जेल ना. अपराधी थुन्ने घर, जेलखाना, झ्यालखाना।
33261 जेल अफिस / कार्यालय ना. झ्यालखानासम्बन्धी काम गर्ने-गराउने कार्यालय।
33262 जेलखाना ना. कुनै व्यक्तिले अपराध गरेको छ भनी उजुर पर्न आए वा केही तथ्यहरूका आधारमा सरकारलाई त्यस्तो लागी मुद्दा चलाउनुपर्ने भएमा र अदालतमा चलेको त्यस प्रकारको मुद्दाको किनारा नलागुन्जेल कानुनअनुसार थुनामा राखी कारबाई गर्नुपर्ने भएमा वा अदालतको फैसलाअनुसार अपराध प्रमाणित भई कैदको सजाय तोकिएमा तोकिएको अवधिभरका लागि थुन्ने ठाउँ वा घर, जेल,झ्यालखान, कारागार, बन्दीगृह, खोर।
33263 जेलजाल ना. १.मजबुतीका साथ नकसेर कामचलाउ किसिमले बाँध्ने काम, खुकुलो पारी बाँध्ने काम, बाँधबुध, बारबेर।
33264 जेलजाल ना. २. कसेर नभई कामचलाउ ढङ्गले बुन्ने काम, खुकुलो किसिमको बुनाइ।
33265 जेलजाल ना. ३. जालझेल।
33266 जेलजाल ना. ४. जेलो, जाल, बिथोलो।
33267 जेल प्रशासन ना. झ्यालखानासम्बन्धी व्यवस्था मिलाउन र त्यसलाई सुव्यवस्थित रूपमा राख्न गरिने प्रबन्ध।
33268 जेलर ना. भ्यालखानाको रेखदेख गर्ने र कैदीहरूमाथि निगरानी राख्ने जेलको प्रमुख हाकिम, कारागाराधिकृत (जेल- सुपरिन्टेन्डेन्ट)।
33269 जेलवासी ना. झ्यालखानामा थुनिएको अपराधी, थुनुवा।
33270 जेलवासी ना. २. कैदी।
33271 जेलाइ ना. जेल्ने क्रिया वा किसिम।
33272 जेलाइनु क. क्रि. जेल्न लाइनु , जेलिने तुल्याइनु।
33273 जेलाइलो वि. जेलो परेको, जेलिएलाजस्तो।
33274 जेलाउनु प्रे.क्रि. जेल्न लाउनु, जेलाइमा पार्नु।
33275 जेलिनु अ.क्रि. जेलाइमा पारिनु, चारैतिरबाट बाँधिनु, बेरिनु।
33276 जेलाहा वि. जेलजाल खडा गर्ने, झन्जटिया।
33277 जेलो ना. १.जेलिएको कुनै वस्तु वा त्यस्तो वस्तुको गुजुल्टो।
33278 जेलो ना. २. जेलिएको वा जेलिने स्थिति, अलमल, बिथोलो।
33279 जेवर ना. गहनागुरिया, जेबर।
33280 जेसुकै सर्व. जुनसुकै, जे पनि।
33281 जेहन ना. १.सोचविचार गर्ने, बुझ्ने र निश्चय गर्ने मानसिक शक्ति, समझ।
33282 जेहन ना. २. गज, दिमाग, बुद्धि।
33283 जेहनदार वि. सम्झने, बुझ्ने र निश्चय गर्ने शक्ति भएको,समझदार, दिमागदार, बुद्धिमान्।
33284 जै ना. जौको जस्तो बोट हुने एक प्रकारको अन्न, एक जातको जौ, जई।
33285 जै पू.स. व्याकरणका अनुसार पूर्वगामी आंशिक समध्वन्यात्मक द्वित्व हुँदा 'ज'बाट आरम्भ भई केही शब्दमा गाँसिने एकखाले पूर्वसर्ग (जैजेथा, जैजगेरा इ.)।
33286 जैतुन ना. गोलकाँक्रीका आकारका निला फल फल्ने र नर्कटका जस्ता ससाना पात हुने, अरब र पश्चिम युरोपका प्राचीन जातिहरूद्वारा पवित्र मानिने एक जातको वृक्ष।
33287 जैन ना. १.चौबिसौँ वा अन्तिम तीर्थङ्कर मानिएका महावीर वर्धमानले चलाएको अहिंसामूलक धर्म।
33288 जैन ना. २. त्यस धर्मका अनुयायी, जैनी।
33289 जैनी ना. जैन धर्मका अनुयायी, जैन मतावलम्बी।
33290 जैरे ना. १.काखीमुनि उम्रने रौँ, काखीको रौँ।
33291 जैरे ना. वि. २. तुच्छ, निच, क्षुद्र, मुलाङ्खरे।
33292 जैले क्रि.वि. जुन बेलामा, जुन समयमा, जहिले।
33293 जैलेसुकै क्रि.वि. जुनसुकै बेलामा पनि, जहिलेसुकै।
33294 जैव वि. जीवसम्बन्धी, जीवको।
33295 जैविक वि. जीवसम्बन्धी।
33296 जैविक पदार्थ ना. जीवबाट पैदा हुने पदार्थ, जीवसम्बन्धी पदार्।
33297 जैविक विष ना. जीवमा पाइने विष, प्राणीमा हुने विष।
33298 जैसिनी ना. जैसी आइमाई।
33299 जैविक मार्सी ना. गाढा कलेजी रङको एक जातको मार्सी धान।
33300 जैसी ना. १.ब्राह्मणका दुई वर्गमध्ये एक वर्ग (जस्तै- जैसी ब्राह्मण, उपाध्याय ब्राह्मण)।