Dictionary

All Word

33351 जोग ना. २. जोगीको अभ्यास वा ज्ञान।
33352 जोगडा ना. नाम मात्रको जोगी (उदा.- गाउँको जोगी जोगडा अरू ठाउँको सिद्ध - उखान), जोगेडो।
33353 जोगाइ ना. जोगाउने भाव, क्रिया वा प्रक्रिया।
33354 जोगाइनु क.क्रि. जोगिने पारिनु, बचाइनु।
33355 जोगाउ ना. १.पछिका लागि जोगाउने वा सञ्चित राख्ने काम।
33356 जोगाउ ना. २. त्यसरी जोगाएर राखिएको वस्तु, जगेर्ना।
33357 जोगाउनु स.क्रि. १.जोगाउ गर्नु, बचत गर्नु, उभार्नु।
33358 जोगाउनु स.क्रि. २. सड्नुबिग्रनुबाट रक्षा गर्नु, बचाउनु।
33359 जोगामेसो ना. अनुकूल समय, संयोग, सन्जोग, मौका।
33360 जोगिनी ना. १.सन्न्यास लिएकी स्त्री, सन्न्यासिनी।
33361 जोगिनी ना. २. सिद्धि प्राप्त गरेकी स्त्री।
33362 जोगिनी ना. ३. जोगीकी स्त्री।
33363 जोगिनी ना. ४. योगिनी देवी।
33364 जोगिनी ना. ५. ज्योतिषको गणनाबाट आउने मङ्गला आदि आठ योगिनी।
33365 जोगिनु अ.क्रि. १.सङ्कट वा खतरापूर्ण परिस्थितिबाट उम्कनु, विनाश वा विपत्तिबाट बच्नु।
33366 जोगिनु अ.क्रि. २. खर्च भएर वा नोक्सान भएर बच्नु, बाँकी रहनु, उब्रनु।
33367 जोगिनु अ.क्रि. ३. कुहिनु, सड्नु र बिग्रनुबाट बच्नु, नबिग्रनु।
33368 जोगी ना. सन्न्यासी, सन्नेसी, सिद्धजोगी।
33369 जोगीको तुम्बा ना. १.भएभरको पुँजी, सिरीखुरी।
33370 जोगीको तुम्बा ना. २. केही नभएको वा रित्तो भाँडो।
33371 जोगीचरो ना. केही पहेँलो रङको साथमा पोथी नदेखिने एक किसिमको चरो, एक्लो चरो, ठिङ्गे चरो।
33372 जोगीजङ्गम ना. १.स्थायी रूपले एउटै आश्रममा नबसी, हिँडडुल गरिरहने जोगी, यायावर।
33373 जोगीजङ्गम ना. २. जोगी, सन्नेसी, जङ्गम आदिको समुदाय।
33374 जोगीलट्टे ना. जोगीका लट्टा जस्तै लामालामा र राता लुर्कनदार झुप्पामा कोदाका जस्ता मसिना राता गेडा फुल्ने बोट वा त्यसैको फल।
33375 जोगीतिहुन अनेकथरी वस्तु मिसाएर तयार गरिएको तिहुन।
33376 जोगीतरकारी ना. जातजातका सागपात मिसाएर पकाइएको तरकारी।
33377 जोगेकाठ ना. कापे परेको काठ, खाँबो,खामो,चोके।
33378 जोगेडो ना. हे.जोगडा।
33379 जोगे लहरो ना. कोक्याउने र अमिलो स्वाद हुने एक प्रकारको जङ्गली लहरो।
33380 जो छ सो ना. १.व्याकरणअनुसार प्रथमा विभक्तिलाई बुझाउने प्राविधिक पदावली।
33381 जो छ सो ना. वि.बो. २. कुरा गर्दा आउने थेगोको एक प्रकार।
33382 जोड्नु स.क्रि. १.भाँचिएको, छिनेको, फुटेको आदि वस्तुलाई रसाएर वा बाँधछाँद आदि गरेर मर्मत गर्नु।
33383 जोड्नु स.क्रि. २. दुई अलग वस्तुलाई एउटैमा मिलाउनु, दुई वस्तुका बिचमा परस्पर सम्बन्ध कायम गराउनु।
33384 जोड्नु स.क्रि. ३. गणितमा एकभन्दा बढी सङ्ख्याको योग गर्नु, एकभन्दा बढी अलग-अलग सङ्ख्यालाई एउटैमा मिलाउनु।
33385 जोड ना. १.गणितमा एकभन्दा बढी सङ्ख्यालाई जोड्ने काम।
33386 जोड ना. २. एकभन्दा बढी सङ्ख्यालाई जोड्दा वा जम्मा गर्दा निस्केको उत्तर, योगफल।
33387 जोड ना. ३. दुई वस्तु मिलेको वा जोरिएको ठाउँ, जोर्नी, सन्धिस्थल।
33388 जोड ना. जोर, बल, शक्ति।
33389 जोडका तोड ना. १.शक्ति, कौशल र योग्यताका दृष्टिले वा प्रतिस्पर्धात्मक रूपमा दुई व्यक्ति वा दुई समूहका बिचमा पाइने समता, बलाबल।
33390 जोडका तोड ना. वि. २. समान बल वा योग्यता भएको।
33391 जोडको वि. बराबरीको, भनेजस्तो।
33392 जोडजाड ना. १.छिनेको वा भाँचिएको वस्तुलाई कुनै तरिकाले जोड्ने काम,कामचलाउ जोडाइ।
33393 जोडजाड ना. २. जसरीतसरी गरिएको वा गरिने आर्जन, झारझुर।
33394 जोडतोड ना. भएभरको बलको प्रयोग, सक्तो कोसिस।
33395 जोडदार वि . जोरदार, शक्तिशाली, बलियो।
33396 जोडन ना. १.दही जमाउनका निम्ति दुधमा हालिने दहीको अंश, दहीको बिउ।
33397 जोडन ना. २. संयोग, मेल।
33398 जोडा ना. १.समानस्तरका वा एउटाको बराबरीमा अर्को आउने किसिमका दुई वस्तु।
33399 जोडा ना. २. साथी, मित्र,दौँतर।
33400 जोडा ना. ३. भालेपोथी।