Dictionary

All Word

33501 जोर्नी ना. २. दुई वस्तु गाँसिएको वा जोडिएको ठाउँ, गाँस, सङ्गम।
33502 जोला ना. १.प्रेमी र प्रेमिकाको जोडी, जोली।
33503 जोला ना. २. युग्म, युगल।
33504 जोला ना. वि. २. दुई जना, दुइटा।
33505 जोला वर्ष ना. बिहे गरेको दोस्रो, चौथो र छेटौँ (विशेष गरेर दोस्रो) वर्ष।
33506 जोलाहा ना. सार्की र कमिनीबाट जन्मेको सन्तान।
33507 जोलिया ना. कसैको पिछलग्गु, भरौटे, सेवक।
33508 जोली ना. १.प्रेमीप्रेमिकाको जोडा, युगल प्रेमी।
33509 जोली ना. २. जोडा।
33510 जोल्टनु अ.क्रि. १.दुई वा दुईभन्दा बढी वस्तु परस्परमा अल्झिनु,लठारिनु।
33511 जोल्टनु अ.क्रि. २. खप्टनु।
33512 जोल्टनु अ.क्रि. ३. मिल्नु, जोडिनु।
33513 जोल्टाइ ना. जोल्टने भाव, क्रिया वा प्रक्रिया।
33514 जोल्टाइनु क.क्रि. जोल्टन लाइनु।
33515 जोल्टाउनु प्रे. क्रि. जोल्टन लाउनु, जोल्टने पार्नु।
33516 जोल्टिनु अ.क्रि. जोल्टनु, लठारिनु, खप्टिनु।
33517 जोल्टिङ ना. १.खाल्टाखुल्टी परेका ठाउँमा मोटर आदि हिँड्दा आउने घच्याकघुचुक आवाज, हिँड्दा मोटरमा लाग्ने धक्का, झट्का।
33518 जोल्टिङ ना. २. जोल्ट्याङ।
33519 जोल्टेरो वि. जोडीमा पर्ने।
33520 जोल्टो वि. लठारिएको, जोल्टिएको, जोल्ठो।
33521 जोल्ट्याइ ना. १.जोल्टिने क्रिया वा प्रक्रिया।
33522 जोल्ट्याइ ना. [जोल्ट्याउ+आइ] २. जोल्ट्याउने क्रिया वा प्रक्रिया।
33523 जोल्ट्याइनु क. क्रि. लठारिने तुल्याइनु।
33524 जोल्ट्याउनु स.क्रि. / प्रे. क्रि. १.खसी बाख्रालाई एउटै ठाउँमा र एउटै डोरीमा बाँध्नु, अल्झाउनु।
33525 जोल्ट्याउनु स.क्रि. / प्रे. क्रि. २. मिलाउनु, जोर्नु।
33526 जोल्ट्याउनु स.क्रि. / प्रे. क्रि. ३. जोल्टिने पार्नु वा पार्न लगाउनु।
33527 जोल्ट्याङ ना. लठारो आदि झट्कारिँदा पर्ने बल र पैदा हुने कम्पन, जोल्टिङ।
33528 जोल्ट्याहट ना. जोल्ट्याइ।
33529 जोल्ट्याहा वि. जोल्टिने वा जोल्ट्याउने स्वभावको।
33530 जोशी ना. १.ज्योतिषविद्या जान्ने ज्योतिषी।
33531 जोशी ना. २. बाहुनहरूको एक थर।
33532 जोशी ना. ३. नेवारहरूको एक थर।
33533 जोस ना. १.अवस्थाविशेषमा हुने मनको तीव्र गति, मनको आवेग, मनोद्वेग।
33534 जोस ना. २. स्फूर्ति।
33535 जोसदार वि. जोस भएको ( भाषण, नारा, खेल इ.)।
33536 जोसिलो वि. जोस भएको, फुर्तिलो,तेजिलो।
33537 जोसमनी ना. भारतको जुनागढ गिरनार निवासी भुरे बाबाबाट दीक्षित नेपाली सन्त शशीधरले स्थापना गरेको निर्गुण भक्तिवादी म।
33538 जोसुकै सर्व. १.जोकुनै, जोकोही,जुनकुनै, जो।
33539 जोसुकै सर्व. ना. २. सर्वसाधारण।
33540 जोह / जोहो ना. १.कुनै कामको निमित्त गरिने बन्दोबस्त, इन्तिजाम।
33541 जोह / जोहो ना. २. काम र समयअनुसारको मालसामान जोर्ने काम,जोरजाम, जोरबटुल।
33542 जोह / जोहो ना. ३. खोजतलास, खोजी।
33543 जौ ना. कार्तिक, मङ्सिरमा रोपेर वैशाखजेठमा काटिने, गहुँका जस्ता बोट भई लामो टुँडो हुने, गहुँका जातिकै एक प्रसिद्ध अन्न,यव।
33544 जौ पू.स. ज' ध्वनिबाट आरम्भ हुने शब्दमा लाग्ने इत्यादिवाचक एक द्वित्वध्वनि, जर।
33545 जौजहान ना. सम्पूर्ण परिवार, घरभरिका सबै जहान, जरजहान।
33546 जौहरी ना. १.जुहारतको व्यापारी, जुहारतको पारखी, जुहारतको गुणस्तरलाई छुट्ट्याउन सक्ने व्यक्ति।
33547 जौहरी ना. २. सुनचाँदीको काम गर्ने व्यक्ति।
33548 ज्ञ ना. १.देवनागरी लिपिमा स्वतन्त्र रूपको मानिएको तर ज तथा ञको संयोगले संयुक्त बनेको व्यञ्जनवर्ण, गाँठोपारी ज्ञ, ज्ञानी ज्ञ।
33549 ज्ञ ना. २. नेपाली भाषाको उच्चारणअनुसार 'ग्यँ'- का रूपमा उच्चरित हुने सोही वर्ण।
33550 ज्ञ वि. नामशब्दका पछिल्तिर लाग्दा तत्सम्बन्धी कुरा जान्ने भन्ने र विशेषण तथा उपसर्गका पछिल्तिर लाग्दा तिनीहरूको अर्थसमेत गाभेर जान्ने भन्ने अर्थ बुझाउने (शब्द), ज्ञाता (जस्तै- नाम शब्दका पछिल्तिर - गुणज्ञ, दोषज्ञ, विशेषणका पछिल्तिर- अल्पज्ञ, बहुज्ञ, उपसर्गका पछिल्तिर - अभिज्ञ, विज्ञ आदि)।