Dictionary

All Word

33601 ज्ञापित वि. २. जानकारी गराइएको।
33602 ज्ञापित वि. ३. प्रकट गरिएको, प्रकाशि।
33603 ज्ञाप्य वि. थाहा दिनुपर्ने, जनाउनुपर्ने, जानकारी दिनुपर्ने, सूचना गर्नुपर्ने, भन्नुपर्ने, जानकारी गर्न लायक।
33604 ज्ञेय वि. जान्नुपर्ने, जान्न सकिने, जान्न लायक, सिक्न लायक।
33605 ज्या ना. १.धनुमा लगाइएको डोरी, ताँदो।
33606 ज्या ना. २. रेखागणितअनुसार एक टुप्पादेखि अर्को टुप्पासम्म सोझो तानिएको अर्धवृत्ताकार रेखा।
33607 ज्या ना. ३. पृथ्वी,माता।
33608 ज्या वि. बो. १.विस्मृति, भुल, पश्चात्ताप आदि हुँदा उद्गारका रूपमा निक्लने शब्द।
33609 ज्या वि. बो. ना. २. बिगार, नाश (बालबोलीमा)।
33610 ज्यादती ना. १.कसैमाथि गरिने अनुचित व्यवहार, अचाक्ली, अत्याचार।
33611 ज्यादती ना. २. अन्याय।
33612 ज्यादा वि. १.आवश्यकता वा सुहाउँदो भन्दा धेरै, सामान्यतया हुनुपर्ने वा गर्नुपर्ने भन्दा अधिक।
33613 ज्यादा वि. क्रि.वि. २. अचाक्ली अति।
33614 ज्यादा वि. वि. ३. अनुचित ( बोली, वचन वा व्यवहार)।
33615 ज्यादा भन्दा ज्यादा/ से ज्यादा क्रि.वि. हुन सकेसम्म माथिल्लो हदमा, धेरैभन्दा धेरै हदमा पनि।
33616 ज्यादिबिधि क्रि.वि. १.धेरै, अघोरै, अत्यन्तै ज्यास्ती।
33617 ज्यादिबिधि क्रि.वि. ना. २. अन्याय, अचाक्ली।
33618 ज्याद्रो वि. १.कठोर, साह्रो।
33619 ज्याद्रो वि. २. परिश्रमी।
33620 ज्याद्रो वि. ३. आज्ञाकारी नभएको,अटेरी।
33621 ज्यान ना. प्रेमी वा प्रेमिकाद्वारा परस्परमा एकअर्कालाई बोलाइने शब्द प्रेमी वा प्रेमिका।
33622 ज्यान ना. (उदा.- मलाई त सन्चै छ, ज्यानलाई कस्तो छ? - एक गीत )।
33623 ज्यान ना. १.जीवन; प्राण, प्राणतत्त्व।
33624 ज्यान ना. २. प्राणधारी शरीर, प्राणी।
33625 ज्यानखुन ना. ज्यान मार्ने काम, ज्यान मार्न गरेको काम, नरहत्या।
33626 ज्यानमारा वि. १.अर्काको ज्यान मार्ने, अर्काको प्राण लिने, हत्यारा, घातक।
33627 ज्यानमारा वि. २. खाँदा ज्यानै लेलाजस्तो ज्यादै पिरो (खोर्सानी), राँगे,अबरे।
33628 ज्यानमुद्दा ना. ज्यान मारे वा मार्न उद्योग गरेबापत लागेको मुद्दा, ज्यानसम्बन्धी मुद्दा।
33629 ज्यानसजाय ना. कुनै फौजदारी वा राजकाजसम्बन्धी अक्षम्य अपराध गरेबापत अदालतबाट दिइने मृत्युदण्ड, ज्यान लिने सजाय, प्राणदण्ड।
33630 ज्यानी ना. १.प्रेमीले प्रेमिकालाई बोलाउने शब्द, ज्यान।
33631 ज्यानी ना. वि. २. ज्यान लिने खालको।
33632 ज्यानी दुस्मन ना. ज्यानमा दागा धर्ने अवस्थामा पुगेको शत्रु, ठुलो शत्रु।
33633 ज्यापु ना. कपासको गेडाभित्र हुने बियाँ,कपासको बियाँ, कपासको बीज।
33634 ज्यापु ना. खेती मुख्य पेसा भएको एक नेवारजाति।
33635 ज्याबल / ज्याभल ना. कालिगडले काम गर्ने हातहतियार, कालिगडको औजार, ज्यावल।
33636 ज्यामन्तै क्रि.वि. १.हुन गइरहेमुताबिक, हुन चाहेमाफिक।
33637 ज्यामन्तै क्रि.वि. २. जे हुन्छ त्यही, इच्छाअनुसार।
33638 ज्यामन्तै क्रि.वि. (उदा.- ज्यामन्तै होस्, अब उसको वास्ता गरिँदैन )।
33639 ज्यामा ना. जीआमा, हजुरआमा।
33640 ज्यामिति ना. सतह आदिको क्षेत्रफल नाप्ने गणितको एक विभाग, रेखागणित, क्षेत्रगणि।
33641 ज्यामितिक वि. ज्यामितिसम्बन्धी, रेखागणितसम्बन्धी।
33642 ज्यामिर ना. मोसमका जस्ता पात हुने, सेता फूल फुल्ने, मोसमकै आकारका अमिला फल फल्ने एक जातको बोट, त्यसै बोटको फल।
33643 ज्यामी ना. ज्याला लिएर अर्काको काम गर्ने व्यक्ति,ज्यालादारीमा काम गर्ने व्यक्ति, ज्यालादार, खेतालो।
33644 ज्यामी माहुरी ना. चाकाको हेरविचार गर्ने र खानेकुरा जम्मा गर्ने सबैभन्दा साना माहुरी।
33645 ज्याम्तो वि. हेर्दा सधैँ रोगीजस्तो देखिने, दुब्लोपातलो, मरन्च्याँसे, झ्याउरो।
33646 ज्याला ना. काम गरेबापत दिइने पैसा, अन्न आदि मजुरी, मजदुरी, पारिश्रमिक, बनी।
33647 ज्यालादार वि. १.ज्यालामा अर्काको काम गर्ने।
33648 ज्यालादार वि. ना. २. ज्यामी, मजदुर, ज्यालामी।
33649 ज्यालादारी ना. १.ज्यालादारले गर्ने काम, मजदुरी।
33650 ज्यालादारी ना. वि. २. ज्यालादार।