Dictionary

All Word

33751 ज्वार ना. चन्द्रमाका किरणको जोरले समुद्रका पानीमा छाल उठ्ने क्रिया, चन्द्रमाका आकर्षणले समुद्रमा उठ्ने छाल।
33752 ज्वारभाटा ना. चन्द्रमाका किरणका प्रभावले समुद्रमा छालहरू उर्लने र सेलाउने प्रक्रिया, सामुद्रिक तरङ्गको उठ्ने र घट्ने क्रिया, समुद्री लहरको घटबढ।
33753 ज्वारभाटो ना. बलोलाई दुईतिरबाट कस्ने चोया र त्यसमा बाँधिने मुख्य भाटो, चोया र भाटो।
33754 ज्वारीकोट ना. कमरसम्म आउने, घाँटी टम्म हुने, बाउला नभएको एक किसिमको कोट, जवाहरी कोट।
33755 ज्वाला ना. १.बलेको आगाबाट उठ्ने लप्को, आगाको राँको, मुस्लो।
33756 ज्वाला ना. २. जल्ने वा पोल्ने क्रिया, ताप, जलन, डाह।
33757 ज्वाला ना. ३. जिउभित्रको पीडा, सोला।
33758 ज्वालामुखी ना. भूगर्भसम्बन्धी प्रक्रियाद्वारा कहिलेकाहीँ भित्रको अग्नि क्रियाशील भई राँकोसहित धुवाँ, तातो खरानी पग्लेका धातु आदि ओकल्ने प्रक्रिया वा त्यस्तो अवस्था।
33759 ज्वालामुखी पर्वत / पहाड ना. ज्वालामुखीले निर्माण गरेको पहाड; ज्वालामुखी पर्व।
33760 देवनागरी वर्णमालाको व्यञ्जन वर्णमध्ये नवौं वर्ण; तालव्य (वर्त्स्य ); स्पर्शसङ्घर्षी, सघोष, महाप्राण व्यञ्जन वर्ण; चवर्गको चौथो अक्षर; लेख्य रूपमा सो व्यञ्जन वर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; खुटी झायो।
33761 झँकाइ ना. झाँक्ने भाव, क्रिया वा प्रक्रिया।
33762 झँक्रिनी /झँक्रेनी ना. १. झाँक्रीकी पत्नी; झाँक्री स्त्री।
33763 झँक्रिनी /झँक्रेनी ना. २. तन्त्रमन्त्रद्वारा शरीरमा वायु चढाएर झारफुक गर्ने स्त्री; झाँक्रीविद्या जान्ने स्त्री।
33764 झँगला ना. १. भैझन्झटको काम; झन्झट।
33765 झँगला ना. २. कुनै फाइदा वा लाभ नहुने झ्याउलो काम।
33766 झँगल्याइ ना. झँगल्याउने क्रिया वा प्रक्रिया।
33767 झँगल्याइनु झँगल्याउने काम गरिनु।
33768 झँगल्याउनु स.क्रि. झँगला पार्नु; झ्याउलो थोपर्नु।
33769 झँटाइ ना. झाँट्ने भाव, क्रिया वा प्रक्रिया।
33770 झँटाइनु क्रि झाँट्न लाइन टाइमा पारिनु।
33771 झँटाउनु प्रे.क्रि. झाँट्न लाउनु; फैंटाइमा पार्नु।
33772 झक ना. एक सुरको मानसिक वेग; एक प्रकारको सनक; धुन (जस्तो- झक मार्नु)।
33773 झकझक ना. १. सानोतिनो कामकुरामा पनि पिरोलिइरहने प्रवृत्ति; कचकच ख्याउँख्याउँ।
33774 झकझक ना. क्रि.वि. २. बिजुली बत्ती आदि निम्न खोज्ने वा बल्ने जस्तो भइरहेर।
33775 झकझक ना. ३. ट्रेन, इन्जिन आदि गुड्दा रोकिई रोकिई आवाज आउने गरी।
33776 झकझकाइ ना. झकझकाउने भाव, क्रिया वा प्रक्रिया।
33777 झकझकाइनु अ.क्रि १. झकाझक होइन; झलमलाइनु।
33778 झकझकाइनु अ.क्रि क.क्रि. २. झकझक पारिनु।
33779 झकझकाइनु अ.क्रि ३. घचघच्याइनु।
33780 झकझकाउँदो वि. चारैतिर प्रकाश छरिएको; झलझलाउँदो; चहकिलो।
33781 झकझकाउनु अ.क्रि. १. बिजुली, मैन्टोल आदिको चहकिलो प्रकाशले चारैतिर झिलिमिली हुनु; चमक फैलनु; झलझलाउनु।
33782 झकझकाउनु अ.क्रि. २. रातो, निलो, पहेँलो आदि विविध रङको प्रदर्शनले आकर्षक दृश्य पैदा 'हुनु।
33783 झकझकाउनु अ.क्रि. स.क्रि. ३. घचघच्याउनु।
33784 झकझकाउनु अ.क्रि. ४. भिज्याउनु; कचकच गर्नु।
33785 झकझकी ना. १. कुनै नराम्रो कामकुरा होला कि भन्ने त्रास।
33786 झकझकी ना. २. झकाझक; जगमग।
33787 झकमक्क क्रि.वि. गहना आदिले सिँगारिने वा चहकिलो प्रकाश छरिने गरी; झकिझकाउ; सजिसजाउ (उदा.- सानी त गहनाले झकमक्क भइछ। बगैँचा फूलले झकमक्क भएको छ।)।
33788 झकले वि. फाटेको वा झुत्रो लुगा लाउने; थाङ्ने।
33789 झकलो वि. १. चिथ्रो; थोत्रो; थाङ्नो ना. २. फाटेको वा झुत्रो लुगा।
33790 झकाइ ना. झकाउने भाव, क्रिया वा प्रक्रिया; उड्ने काम।
33791 झकाइनु अ.क्रि. निद्राले लिनु; उडिनु।
33792 झकाउनु अ.क्रि. आँखामा अनायास झप्की आउनु; निद्राले आँखा लाग्नु वा झुल्नु; छिनभर उँघ्नु।
33793 झकाझक वि. १. चारैतिर प्रकाश फैलिएको; झकमक्क भएको; झकिझकाउ; सजिसजाउ।
33794 झकाझक वि. क्रि.वि. २. झकमक्क हुने गरी; चारैतिर झिलमिल भएर।
33795 झकार ना. 'झ' अक्षर; चवर्गको चौथो व्यञ्जनवर्ण।
33796 झकिझकाउ ना. १. प्रकाश, रड, सिंगारपटार आदि बाहिरी आवरणबाट सुशोभित हुने प्रक्रिया; सजिसजाउ; झकमक्क हुने भाव।
33797 झकिझकाउ ना. २. प्रकाशपुञ्जबाट आउने रङ्गीबिरङ्गी सौन्दर्य।
33798 झक्क क्रि.वि. १. एकै झोक्कामा चहकिलो प्रकाश छरिने गरी, झल्ल।
33799 झक्क क्रि.वि. २. अनायास; एकाएक।
33800 झक्कड वि. १. सानोतिनो कुरामा पनि क्षणिक आवेशमा आएर एकाएक रिसाउने; रिसाहा; झोकी।