Dictionary

All Word

33901 झत्तो वि. १. नष्ट भएको; ध्वस्त भएको।
33902 झत्तो वि. २. फाटेको।
33903 झन् क्रि.वि. अरू बढ्ता; अरू पनि; अधिकतर; फेरि बेसी।
33904 झनक्क क्रि.वि. १. सामान्य कुरामा पनि तुरुन्तै कोकिने गरी; एकाएक रन्किएर; झनक्क; रनक्क।
33905 झनक्क क्रि.वि. २. भ्याली; मजुरा आदिबाट एक्कासि आवाज निस्किए।
33906 झनझन क्रि.वि. १. सुनचाँदीका गहना वा धातुका भाँडाबर्तन ठक्कर खाँदा आवाज निस्कने गरी।
33907 झनझन क्रि.वि. २. बिजुलीको करेन्टले समात्दा वा शरीरको कुनै भागमा ठक्कर लाग्दा एकतमाससँग चस्कने गरी।
33908 झनझनाइ ना. झनझनाउने भाव, क्रिया वा प्रक्रिया।
33909 झनझनाइनु अ.क्रि. झनझन आवाज निस्किनु।
33910 झनझनाउनु अ.क्रि. १. सितार, तानपुरा आदि तारका बाजाहरूबाट ध्वनितरङ्ग निस्कनु; झनझन शब्द आउनु; झन्कनु।
33911 झनझनाउनु अ.क्रि. २. ठक्कर लाग्दा वा रोगले शरीरको कुनै अवयव झमझमाउनु।
33912 झनझनाहट ना. झनझनाउने भाव, अवस्था वा क्रियाप्रक्रिया, झनझनाइ।
33913 झनाइ ना. झान्ने भाव, क्रिया वा प्रक्रिया।
33914 झनाइनु झनाइ नु झान्न लाइनु।
33915 झनाउनु प्रे. क्रि. कान्न लाउनु।
33916 झन्अस्ति क्रि.वि. तीन दिनअघि अस्तिभन्दा अगिल्लो दिन।
33917 झन्कनु अ.क्रि. १. कुरा नबुझेर आवेशमा आई रन्कनु भन्कन रिसाउनु।
33918 झन्कनु अ.क्रि. २. वाद्ययन्त्रद्वारा वातावरण गुन्जनु वाद्ययन्त्रको मूल ध्वनिपछि सानो थर्को रहनु।
33919 झन्काइ ना. झन्कने तथा झन्काउने भाव, क्रिया वा प्रक्रिया।
33920 झन्काइनु क.क्रि. झनक्क रिस उठाइनु।
33921 झन्काउनु प्रे. क्रि. झनक्क रिस उठाउनु झन्कने पारिनु।
33922 झन्काझन्की ना. पालैसित जङ्गिने काम, दुई वा दुईभन्दा बढी व्यक्तिमा जगिने वा भनाभन हुने व्यवहार रकारकी।
33923 झन्कार्नु स.क्रि. १. वीणा, तानपुरा, बेन्जु आदि तारका बाजाबाट आवाज निकाल्नु, झङ्कारको आवाज वा हुने शब्द निकाल्नु।
33924 झन्कार्नु स.क्रि. २. पाउजेब, घुंगरा आदिबाट सुमधुर आवाज निकाल्नु।
33925 झन्किनु अ.क्रि. १. झनक्क रिसाउनु झन्का उठ्नु, झन्कनु।
33926 झन्किनु अ.क्रि. २. रन्किनु।
33927 झन्किनु अ.क्रि. ३. झङ्कारको आवाज निस्किनु।
33928 झन्के वि. झनक्क रिसाउने बानी भएको, झोकी, रिसाहा।
33929 झन्को ना. रिसको क्षणिक आवेग, रन्को।
33930 झन्क्याइ ना. झन्किने वा झोक्किने क्रिया- प्रक्रिया।
33931 झन्क्याहट ना. झन्कने तथा झन्काउने भाव, अवस्था वा क्रियाप्रक्रिया झन्काइ।
33932 झन्फट ना. १. बिनसित्ति आइलागेको तथा मन नपर्ने खालको काम वा व्यवहार।
33933 झन्फट ना. २. सानाठुला धेरै कठिनाइ भएको नचाहिंदो कामकुरो भोज, झमेला, टन्टा, झ्याउलो।
33934 झन्झटिया/झन्झटी/झन्झटे वि. १. झन्झटलाग्दो, झर्कोलाग्दो।
33935 झन्झटिया/झन्झटी/झन्झटे वि. २. चाहिने नचाहिने काम बोकेर हिँड्ने, अनावश्यक दुःख बेसाउने (व्यक्ति)।
33936 झन्झन् वि. अझ बेसी; उत्तरोत्तर।
33937 झन्ट्याङमुन्टुङ / झन्ट्याङमन्ट्याङ क्रि.वि. हे. झन्ट्याङकुन्डुङ।
33938 झन्डा ना. झन्डाको टुप्पामा जडिने र खास गरी भवन, मन्दिर आदिमा फहराइने, कुनै देश, संस्था, दल आदिको विशेष प्रतीक वा चिह्न अङ्कित कपडाको विभिन्न आकार र रङको टुक्रा, त्यस्तै आकारमा बनेको कागत, धातु आदिको टुक्रो वा परिचायक चिह्न, ध्वजा, पताका।
33939 झन्डी ना. सानो झन्डा।
33940 झन्डै क्रि.वि १. लगभग, पुगनपुग अलिकति नपुग।
33941 झन्डै क्रि.वि २. सफल हुनहुन लागेको तर सानो गल्ती वा असावधानीले पूरा नहुने गरी।
33942 झन्ड्याङमुन्डुङ क्रि.वि १. नाना थरी मालमत्ता अव्यवस्थित रूपले झुन्ड्याउने गरी त्यसरी झुन्ड्याउँदा हल्लिएर झन्ट्याडमन्ट्याङ।
33943 झन्ड्याङमुन्डुङ क्रि.वि ना. २. मालमत्ता झिटीमिटी।
33944 झनन्न क्रि.वि लगातारको झन्न।
33945 झन्न क्रि.वि १. वीणा, गितार, बेन्जु आदि बाजाका तारमा कुनै ठोस वस्तुको ठक्कर लागेर ध्वनितरङ्ग निस्कने गरी धातुका भाँडाबर्तन आपसमा टक्कराउँदा आवाज आउने चालले रन्न।
33946 झन्न क्रि.वि २. कुनै अङ्गमा एकाएक चोट लाग्दा वा बिजुलीको करेन्टले छुदा वेदना उब्जने किसिमसँग।
33947 झन्न क्रि.वि ३. रिसाउने वा झन्कने गरी; एकाएक मानसिक उत्तेजना बढ्ने किसिमले।
33948 झन्सारो क्रि.वि भन्दाभन्दै पनि उतिमाथि अझ बेसी।
33949 झपक्क क्रि.वि १. एकाएक निद्राले छोप्ने गरी।
33950 झपक्क क्रि.वि २. चारैतिरबाट ढाकिएर वा छोपिएर।