Dictionary

All Word

33801 झक्कड वि. २. उत्साही; आँटी; साहसी।
33802 झक्कड वि. ३. जन्ड; प्रचण्ड।
33803 झक्कडी / झक्कडे वि. झक्कड स्वभावको।
33804 झक्कले वि. झक्कलो; नक्कलेको पूरक।
33805 झक्कलो वि. ठाँटबाँट गरेको; सिँगारिएको; ठाँटिलो।
33806 झक्की वि. १. छिनछिनमा एक्कासि स्वभाव परिवर्तन गर्ने; एकाएक अनौठो निर्णय गर्ने; झक्कड।
33807 झक्की वि. २. झोकी; रिसाहा।
33808 झगडा ना. दुई वा दुईभन्दा बढी व्यक्तिका बिच परस्परको शत्रुतापूर्ण भनाभन; कलह; कचिङ्गल; राडो; भनावैरी।
33809 झगडातगडा ना. परस्परको कलह वा भनाभन; झैझगडा; कचिङ्गल; रडाको।
33810 झगडातगडा ना. (उदा.- हामीले आपसको झगडातगडामा भाग लिनु हुँदैन)।
33811 झगडालु वि. १. सानोतिनो कुरामा पनि निहुँ झिकेर बामने स्वभावको; झगडा गर्ने; झगडिया; बभुवा।
33812 झगडालु वि. ना. २. त्यस्तो स्वभाव भएको व्यक्ति।
33813 झगडिया वि. १. झगडा गर्ने स्वभाव भएको; झगडालु।
33814 झगडिया वि. ना. २. अड्डाअदालतमा मुद्दा परेपछि मुद्दा नछिनुन्जेल तारेखमा धाइरहने वा वारेस राखेर मुद्दा गर्ने कारणी व्यक्ति; वादी व प्रतिवादी।
33815 झगडे वि. झगडा गर्ने स्वभावको; झगडालु।
33816 झगड्याहा वि. झगडालु; झगडिया।
33817 झङ्कार ना. १. वीणा; गितार, तानपुरा, बेन्जु आदि तारका बाजा बजाउँदा सुनिने सुमधुर ध्वनि; झनझनाहट।
33818 झङ्कार ना. २. काँसको भ्याली दुई हातमा लिएर आपसमा रगड्दा निस्कने आवाज; झ्याइँ झ्याइँ।
33819 झङ्कार ना. ३. धातुका भाँडाहरू आपसमा टक्कराउँदा निस्कने ध्वनितरङ्ग।
33820 झङ्कारित वि. झङ्कार गरिएको ; झङ्कृ।
33821 झङ्कारी वि. झङ्कार गर्ने; गुँज्ने।
33822 झङ्कृत वि. झङ्कार उत्पन्न भएको; झङ्कारको ध्वनिले युक्त; झङ्कारित; गुञ्जि।
33823 झङ्कृति ना. झङ्कार; गुञ्जन।
33824 झझल्को ना. १. कुनै समयमा देखेको व्यक्ति वा वस्तुको धमिलो सम्झना; कुनै मानिस वा वस्तुलाई देखेजस्तो हुने स्थिति; भान; भ्रम।
33825 झझल्को ना. २. अन्य पुरुष वा वस्तुबारे हुने हल्का सम्झना; झल्को।
33826 झञ्झन ना. १. सुनचाँदी आदिका गहना आपसमा ठक्कर खाएर बज्ने स्थिति; झङ्कार।
33827 झञ्झन ना. २. धातुका भाँडाबर्तनहरूमा ठक्कर लाग्दा निस्कने आवाज।
33828 झञ्झा ना. रुखका हाँगाबिगा भाँच्दै र धुलो उडाउँदै हुनहुनाएर बहने आँधीबेहरी; वर्षासहितको आँधी।
33829 झन्झानिल / झन्झावत ना. पानीको साथसाथै चारैतिर हुर्रिएको बतास।
33830 झट क्रि.वि तुरुन्त; झट्ट; अह्राउनासाथ; तत्काल।
33831 झट क्रि.वि (उदा.- झट गएर फट काम सकिहाल्नुपर्छ)।
33832 झटक ना. १. कुनै बेला भनिएको कुरा पछि प्रसङ्ग चल्दा चल्दा आउने अस्पष्ट सम्झना।
33833 झटक ना. २. अस्पष्ट र क्षीण ध्वनि।
33834 झटक ना. ३. झड्को; झोक्का।
33835 झटनी ना. १. धान पाकेपछि एक पटकमा झाँटिने धानका बोटको मुठो।
33836 झटनी ना. २. धान झाँट्ने काम।
33837 झटपट क्रि.वि. छिटछिटो; तुरुन्तातुरुन्ती; चाँडै; तुरुन्।
33838 झटपटी क्रि.वि तुरुन्तातुरुन्ती; हतपती; झटपट।
33839 झटाझट क्रि.वि कत्ति पनि अबेर नगरी; छिटोछिटो।
33840 झटाझिटी क्रि.वि छिटो छिटो गरेर; चटाचटी।
33841 झटारो ना. १. आँप, सुन्तला आदि फल झार्नका लागि वा अन्य कुनै प्रयोजनका लागि हातले समातेर वेगले हुत्याइने लट्ठी; झट्टी।
33842 झटारो ना. २. मन नपरीनपरी दिएको निम्तोपत्र वा सम्झौटो।
33843 झटारो ना. ३. छेडपेच; घोचाइ; व्यङ्ग्य।
33844 झटारो हान्नु टु. माने पनि नमाने पनि वा चित्त बुझे पनि नबुझे पनि एकपल्ट भनिसम्म दिनु।
33845 झटारो हान्नु टु. (उदा.- राम्रोसँग सम्झाएर भन्नुपर्थ्यो, झटारो हानेर मात्र के हुन्थ्यो !)।
33846 झटिङर/झटिङ्गर ना. १. गुदद्वारका रौँ।
33847 झटिङर/झटिङ्गर ना. वि. २. तुच्छ; नीच।
33848 झटौरो ना. १. धान झाँट्दा वा चुट्दा भटनी बाँध्ने डोरी।
33849 झटौरो ना. २. सानो किसिमको झटारो।
33850 झट्कनु अ.क्रि. १. धान, मकै, तोरी आदि अन्न चुट्दा झट्का पर्नु।