Dictionary

All Word

33851 झट्कनु अ.क्रि. २. झट्को पर्नु; झट्कारिनु।
33852 झट्काइ ना. झट्कने क्रिया वा प्रक्रिया।
33853 झट्काइनु क.क्रि. झट्कने पारिन्।
33854 झट्काउनु प्रे. क्रि झट्कने पार्नु; झट्किन लाउनु।
33855 झट्कार्नु स.क्रि १. धान, तोरी आदि अन्न झॉंटिसकेपछि खलामाथि टकटक्याउनु; चुट्नु; झाँट्नु।
33856 झट्कार्नु स.क्रि २. झट्को पार्नु; फट्कार्नु।
33857 झट्कार ना. लुगा वा अन्न आदि टकटक्याउने काम झट्को, टकटक्याइ, फट्कार, झट्काइ।
33858 झट्काराइ ना. झट्कार्ने भाव, क्रिया वा प्रक्रिया।
33859 झट्कारिनु क.क्रि झट्को पारिनु; झाँटिनु।
33860 झट्किनु अ.क्रि. झट्कनु।
33861 झट्किनु अ.क्रि. २. झट्को पारिनु झट्कारिनु।
33862 झट्केली ना. पोइला गएकी स्वास्नीले पोइल जानुभन्दा पहिलेका पतिबाट जन्माएकी र प्रायः सँगै ल्याएकी छोरी झड्केली।
33863 झट्केली ना. २. सौताकी छोरी सौतेली; छोरी।
33864 झट्केलो ना. १. ल्याइते स्वास्नीले अघिल्लो पतिबाट जन्माएर प्रायः सँगै लिई आएको सन्तान; झड्केलो।
33865 झट्केलो ना. २. सौतेनी सन्तान; सौतेनी छोरो।
33866 झट्को ना. १. झट्कार्ने वा झाँट्ने काम; झट्कार झको।
33867 झट्को ना. २. अनायास पार्ने जोड।
33868 झट्क्याइ/ झट्क्याहट ना. झकिने भाव, क्रिया वा अवस्था।
33869 झट्ट क्रि.वि. छिटो; तुरुन्त; शीघ्र; चाँडै।
33870 झट्टपट्ट क्रि.वि. जतिसक्यो चाँडै; उतिखेरै; तुरुन्त; बेर नगरीकन; तत्काल।
33871 झट्टी ना. टाढाबाट वेगले हानिएको लट्ठी; झटारो।
33872 झट्टै क्रि.वि. झट्ट नै; तुरुन्तै।
33873 झट्याक क्रि.वि. १. भन्नासाथ; तुरुन्तै; बेर नलगाईकन।
33874 झट्याक क्रि.वि. २. डोरी आदि चुँडिएको आवाज आउने गरी।
33875 झट्याककुटुक क्रि.वि. १. एकै छिनमा; छिटै सकिने गरी; तुरुन्तातुरुन्ती।
33876 झट्याककुटुक क्रि.वि. २. एकैदम चुँडिने वा चुँडालिने गरी।
33877 झट्याक्क क्रि.वि. एकैदम चुँडिने वा चुँडालिने गरी; एक्कासि झट्को पर्ने गरेर।
33878 झडङ्ग क्रि.वि. एक्कासि जङ्गिने गरी चाँडै रिसाएर; छिटो झोकिंकदै।
33879 झडङ्गी / झडङ्ग्याहा वि. छिटै रिसाउने स्वभावको; झडङ्ग रिसाउने बानी भएको; डङ्ग गर्ने।
33880 झडङ्ड क्रि.वि. झडङ्ग।
33881 झडङ्डी / डड्ड्याहा वि. डङ्ग्याहा।
33882 झडप ना. दुई समूहका बिचमा हुने झगडा वा भिडन्।
33883 झडप ना. २. परस्परको झगडा।
33884 झड्कनु अ.क्रि. हे. झट्कनु।
33885 झड्काइ ना. झड्कने क्रिया वा प्रक्रिया।
33886 झकिनु अ.क्रि. १. झड्कनु।
33887 झकिनु अ.क्रि. २. झड्को पारिनु।
33888 झड्कार ना. हे. झट्कार।
33889 झड्का स.क्रि. हे. झट्कार्नु।
33890 झड्काराइ ना. हे. झट्काराइ।
33891 झड्कारिनु क.क्रि. झट्कारिनु।
33892 झड्केली ना. हे. झट्केली।
33893 झड्केलो ना. हे. झट्केली।
33894 झड्को ना. हे. झट्को।
33895 झताउरे वि. १. झताउरो लुगा लाउने।
33896 झताउरे वि. २. हिम्मत नभएको; हुतीहारा; झताउरो।
33897 झताउरो ना. १. थाङ्ना लुगा; चित्रा कपडा प्रयोग गरी झुत्रो भइसकेको लायक कपडा।
33898 झताउरो ना. वि. फाल्न २. आँट नभएको, हुतीहारा।
33899 झतौरे वि. हे. झताउरे।
33900 झतौरो ना. हे. झताउरो।