Dictionary

All Word

33701 ज्योतिर्मय वि. १.ज्योतिबाट बनेको, ज्योतिले भरिएको, ज्योतिनिर्मित, ज्योतिस्वरूप, प्रकाशमय।
33702 ज्योतिर्मय वि. २. चमकदार,उज्यालो।
33703 ज्योतिर्लिङ्ग ना. सत्ययुगमा धपधपी बल्थे भनी विश्वास गरिएका शिवजीका बाह्र लिङ्ग (सोमनाथ, मल्लिकार्जुन, महाकाल, ॐकारेश्वर, केदारेश्वर, भीमशङ्कर, विश्वेश्वर, यभयम्बक,वैद्यनाथ, नागेश्वर, रामेश्वर र घृष्णेश्वर )।
33704 ज्योतिर्विद् वि. ज्योतिष वा ज्योतिषशास्त्रको ज्ञाता, ज्योतिषी।
33705 ज्योतिर्विद्या ना. हे.ज्योतिषशास्त्र।
33706 ज्योतिश्चक्र ना. अश्विनी, भरणी आदि सत्ताइस नक्षत्रहरूका समूहबाट बनेको राशिचक्र।
33707 ज्योतिष ना. १.ग्रहनक्षत्रहरूको गति, स्थिति आदिको विवेचना गर्ने शास्त्र।
33708 ज्योतिष ना. २. ग्रहनक्षत्र आदिको गति, स्थितिअनुसार हुने शुभअशुभ फलको निर्देश गर्ने शास्त्र।
33709 ज्योतिषशास्त्र ना. ज्योतिषविद्या, ज्योतिषसम्बन्धी कुराहरू बुझाउने शास्त्र।
33710 ज्योतिषी वि. १.ग्रहनक्षत्र आदिका गति, स्थिति वा तिनका अनुसार हुने शुभाशुभ फलको ज्ञाता, ज्योतिषशास्त्र जान्ने, दैवज्ञ।
33711 ज्योतिषी वि. ना. २. ज्योतिषशास्त्रमा पोख्त व्यक्ति।
33712 ज्योतिष्कोष ना. १.ज्योतिको भण्डार, ज्योतिको स्रो।
33713 ज्योतिष्कोष ना. २. आँखा।
33714 ज्योतिष्टोम ना. अग्निष्टोम यज्ञ गर्दा सो यज्ञको पूर्तिका निम्ति गरिने एक वैदिक यज्ञ।
33715 ज्योतिष्पथ ना. ज्योतिको बाटो, प्रकाशमार्ग, आकाश,अन्तरिक्ष।
33716 ज्योतिष्मती वि. ज्योति भएकी, ज्योतिले गर्दा धपक्क बलेकी जस्ती, ज्योतिर्मयी।
33717 ज्योतिष्मती वि. ना. २. उजेली रात, जुनेली रा।
33718 ज्योतिष्मान वि. १.ज्योति भएको, तेजिलो प्रकाशमान।
33719 ज्योतिष्मान वि. ना. २. चन्द्र, सूर्य वा अग्नि।
33720 ज्योत्स्ना ना. चन्द्रमाको किरण, चन्द्ररश्मि, जून,जुनेली।
33721 ज्यौँ वि. / क्रि.वि. हे.ज्युँ।
33722 ज्यौँका त्यौँ वि. ज्युँका त्युँ।
33723 ज्यौतिष वि. १.ज्योतिषशास्त्रसम्बन्धी, ज्योतिषको।
33724 ज्यौतिष वि. २. ज्योतिषी।
33725 ज्यौतिषिक ना. ज्योतिषी।
33726 ज्यौत्स्ना वि. ज्योत्स्नायुक्त, चन्द्रको किरण भएको, जुनेली।
33727 ज्यौत्स्नी ना. जुनेली रा।
33728 ज्वर ना. विभिन्न कारणद्वारा जम्मै जिउ तातेर भारी हुने, अगर दुख्ने र खान त्यति रुचि नहुने एक रोग, जरो।
33729 ज्वरातिसार ना. ज्वरका साथै नपचेको पातलो दिसा बारबार हुने रोग, जरोसँगै लाग्ने पखाला।
33730 ज्वरांश ना. १.शरीरको तापमान केही बढ्ने र शरीर अलि अस्वस्थ हुने स्थिति, जरोको आभास।
33731 ज्वरांश ना. २. आंशिक जरो।
33732 ज्वरो ना. हे. ज्वर, जरो।
33733 ज्वरोत्पत्ति ना. जरो आउने क्रिया, जरोको उद्भव, जरोको आरम्भ वा उत्पत्ति।
33734 ज्वरोत्पादक वि. जरो निकाल्ने, जरो जन्माउने, जरो फुटाउने।
33735 ज्वलन ना. १.आगो, पिरो, अमिलो आदिले शरीरमा हुने पीडा, टट्टाइ।
33736 ज्वलन ना. २. अर्काको उन्नति र सफलता आदिलाई सहन गर्न नसकी मनमा हुने चिन्ता, डाह, ईर्ष्या, आरिस्याइँ।
33737 ज्वलन ना. ३. आगाको झिल्को, आगो।
33738 ज्वलनशील वि. आगो टिप्ने वा बल्ने तत्त्व भएको, बल्ने गुण भएको (पेट्रोल, स्पिरिट, ग्याँस इ.)।
33739 ज्वलन्त वि. १.जल्दोबल्दो, प्रकाशमान, देदीप्यमान।
33740 ज्वलन्त वि. २. सबैले देख्नबुझ्न सक्ने, अत्यन्त स्पष्ट।
33741 ज्वलित वि. १.ज्वाला भएको, बलेको।
33742 ज्वलित वि. २. प्रकाशयुक्।
33743 ज्वाइँ ना. हे.जुवाइँ।
33744 ज्वाइँ नारान/नारायण/साहेब ना. जुवाइँलाई सम्बोधन गर्दा प्रयोग गरिने शब्द।
33745 ज्वान वि. हे.जवान।
33746 ज्वानु ना. सुपका पातसँग मिल्दाजुल्दा पात हुने, सेतो फूल फुल्ने, मसिना सुगन्धी गेडा फल्ने मसलाका रूपमा र औषधीका रूपमा समेत प्रयोग गरिने एक जातको सानो बोट,त्यसको दानु।
33747 ज्वाने वि. १.ज्वानोजस्तो।
33748 ज्वाने वि. २. सानो, जिरे।
33749 ज्वानेझार ना. प्रायः धानखेतमा पाइने, ज्वानाका जस्ता पात हुने एक जातको भुइँ झार।
33750 ज्वार ना. जुनेलो।