Dictionary

All Word

33551 ज्ञपित/ज्ञप्त वि. जनाइएको, ज्ञापि।
33552 ज्ञप्ति ना. १.जनाइने वा बोध गराइने क्रिया वा विषय।
33553 ज्ञप्ति ना. २. ज्ञान, विचार।
33554 ज्ञात वि. जानिएको, थाहा पाइएको, बुझिएको।
33555 ज्ञातयौवना ना. १.आफूमा यौवन सुरु भएको कुरा थाहा पाइसकेकी नायिका, आफ्नो यौवनलाई बुझ्न सक्ने नायिका।
33556 ज्ञातयौवना ना. २. संस्कृत साहित्यशास्त्रमा वर्णित नायिकाका भेदमध्ये मुग्धा नायिकाको एक भेद।
33557 ज्ञातव्य वि. जान्नुपर्ने, थाहा पाउनुपर्ने, जान्न योग्य, थाहा पाउन लायक, ज्ञेय।
33558 ज्ञाता वि. जान्ने, थाहा पाउने, जानिफकार।
33559 ज्ञाति ना. एउटै गोत्र वा एउटै कुलका व्यक्ति, सगोत्री, बन्धुबान्धव, कुलकुटम्ब।
33560 ज्ञान ना. १.मन वा आत्मालाई हुने कुनै विषयको बोध, लौकिक वा पारलौकिक विषयको जानकारी।
33561 ज्ञान ना. २. शास्त्रको अनुशीलनबाट हुने आत्मतत्त्वको बोध, तत्त्वज्ञान, आत्मसाक्षात्कार।
33562 ज्ञान ना. ३. ज्ञानेन्द्रियद्वारा प्राप्त अनुभव, बोध।
33563 ज्ञानकृत वि. जानीजानीकन गरेको,जानीबुझीकन गरेको।
33564 ज्ञानगम्य वि. ज्ञानद्वारा बुझ्न वा जान्न सकिने, बुद्धिले ठम्याउन सकिने, ज्ञानगोचर, बोधगम्य।
33565 ज्ञानगोचर वि. ज्ञानेन्द्रियद्वारा साक्षात्कार गर्न सकिने, ज्ञानद्वारा थाहा पाउन सकिने, ज्ञानगम्य।
33566 ज्ञानचक्षु ना. १.ज्ञानरूपी आँखा, ज्ञानका आँखा,मनुष्यभित्र अन्तर्निहित विवेकदृष्टि, अन्तर्दृष्टि।
33567 ज्ञानचक्षु ना. वि. २. ज्ञानका आँखा भएको, विवेकशील, विद्वान्।
33568 ज्ञानतः क्रि.वि. जानीबुझीकन, थाहा पाईकन, ज्ञानपूर्वक।
33569 ज्ञानद / दाता वि. १.ज्ञान दिने, लौकिक वा पारमार्थिक कुरा बुझाइदिने।
33570 ज्ञानद / दाता वि. ना. २. गुरु।
33571 ज्ञाननिष्ठा ना. ज्ञानप्रतिको विश्वास वा आस्था।
33572 ज्ञानपत्र ना. कुनै सङ्घसंस्था, अड्डा आदिमा भएका कामकुराको यथार्थ जानकारी दिलाउन पठाइने पत्र।
33573 ज्ञानपिपासा ना. ज्ञान प्राप्त गर्ने प्रबल इच्छा, कुनै कुरा जान्नबुझ्नका लागि हुरुक्क हुने प्रवृत्ति, तीव्र जिज्ञासा।
33574 ज्ञानपिपासु वि. ज्ञान प्राप्त गर्ने इच्छा भएको, कुनै कुरा जान्न बुझ्नका लागि हुरुक्क हुने, ज्ञानार्थी, जिज्ञासु।
33575 ज्ञानमय वि. १.ज्ञानले परिपूर्ण, ज्ञानस्वरूप, चैतन्यस्वरूप, चिन्मय।
33576 ज्ञानमय वि. ना. २. परब्रह्म।
33577 ज्ञानमुद्रा ना. तन्त्रशास्त्रका अनुसार दाहिने हातको चोर औँला र बुढी औँलाको टुप्पो जोडी देखाइने मुद्रा।
33578 ज्ञानयोग ना. ज्ञानप्राप्तिद्वारा जीवनमुक्तिका लागि गरिने साधना, शुद्ध ज्ञानको प्राप्ति।
33579 ज्ञानवती ना. १.बौद्ध धर्मले बताएका तेह्रवटा भूमिमध्येको अन्तिम भूमि, वज्रयानको अन्तिम भूमि।
33580 ज्ञानवती ना. वि. २. ज्ञान भएकी।
33581 ज्ञानवान् वि. ज्ञान भएको,जान्नेबुझ्ने,ज्ञानी।
33582 ज्ञानवृद्ध वि. उमेरमा कान्छो भए तापनि जान्नेसुन्नेका नाताले आदरणीय, शास्त्रको अभ्यास र ज्ञानका दृष्टिले बुढो।
33583 ज्ञानसाधन/साधना ना. १.ज्ञानप्राप्तिका लागि गरिने साधना, ज्ञान हासिल गर्नका लागि गरिने निरन्तरको प्रयास।
33584 ज्ञानसाधन/साधना ना. २. ज्ञान प्राप्त गर्ने साधन, ज्ञानेन्द्रिय।
33585 ज्ञानावरण ना. १.ज्ञानले ढाकिने कर्म।
33586 ज्ञानावरण ना. २. ज्ञानप्राप्तिका निम्ति बाधक, पापकर्म।
33587 ज्ञानावरणीय वि. ज्ञानद्वारा ढाक्न सकिने, ज्ञानावरण हुने।
33588 ज्ञानावस्था ना. अविद्या वा अज्ञान हटेर ज्ञान प्राप्त भएको अवस्था, चैतन्यस्वरूपको साक्षात्कार भएको अवस्था।
33589 ज्ञानी वि. १.आत्मज्ञान वा ब्रह्मज्ञान प्राप्त गरेको, ज्ञानवान्।
33590 ज्ञानी वि. २. भनेको मान्ने; कुरा बुझ्ने (बच्चा)।
33591 ज्ञानी वि. (उदा. - मेरो बाबा असाध्य ज्ञानी छ, भनेको कुरा सबै मान्छ)।
33592 ज्ञानी वि. ना. ३. दैवज्ञ, ऋषि।
33593 ज्ञानेन्द्रवीरविक्रम शाह ना. २००७ सालमा तत्कालीन राणा प्रधानमन्त्रीद्वारा राजसिंहासनमा राखिएका र राजा वीरेन्द्रको सपरिवार हत्यापछि राजा भएका वीरेन्द्रका माहिला भाइ, नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र हुनुपूर्वका नेपालका राजा।
33594 ज्ञानेन्द्रिय ना. भौतिक विषयको ज्ञान गराउने आँखा, कान, नाक, जिभ्रो र छाला गरी जम्मा पाँच इन्द्रिय,पञ्चज्ञानेन्द्रिय।
33595 ज्ञापक वि. कुनै कुरा जनाउने, बुझाउने, थाहा दिने, ज्ञापयिता, सूचक।
33596 ज्ञापन ना. कुनै विषयको जानकारी, सूचना, जनाउ।
33597 ज्ञापन पत्र ना. १.कुनै विषयको जानकारी दिने वा कुनै कुराको सूचना गर्ने उद्देश्यले प्रस्तुत गरिने पत्र।
33598 ज्ञापन पत्र ना. २. कुनै सरकारी वा गैरसरकारी सङ्घसंस्था आदिबाट आफ्नो माथिल्लो निकाय वा सरकारलाई आफ्ना माग आदि अवगत गराउने तथा पूरा गर्नेतर्फ ध्यानाकृष्ट गर्ने उद्देश्यले प्रस्तुत गरिने जनाउपत्र, विरोधपत्र,सामूहिक रूपमा दिइने चेतावनीपत्र।
33599 ज्ञापयिता वि. सूचना दिने, ज्ञापक।
33600 ज्ञापित वि. १.ज्ञापन वा सूचना गरिएको, थाहा दिइएको, जनाइएको।