Dictionary

All Word

33651 ज्यालामी ना. ज्यामी।
33652 ज्यासल ना. बाँडा, कौ, कामी आदि कालिगडको काम गर्ने ठाउँ, कार्यशाला।
33653 ज्यास्ता वि. १.ज्यादा, अधिक।
33654 ज्यास्ता वि. क्रि.वि. २. अति, अचाक्ली।
33655 ज्यास्ती वि. / क्रि.वि. ज्यादा, ज्यास्ता।
33656 ज्युँ वि. १.जति।
33657 ज्युँ वि. क्रि.वि. २. जति।
33658 ज्युँ वि. ३. जसरी।
33659 ज्युँका त्युँ वि. १.शारीरिक अवस्था वा अन्य वस्तु कुनै कारणवश बिचमा बदलिएर वा घटेर फेरि उस्तै अवस्थामा आएको; पहिलो जस्तो थियो उस्तै, जस्ताको तस्तो।
33660 ज्युँका त्युँ वि. २. समान बल भएको, जोडका तोड।
33661 ज्युँ त्युँ क्रि.वि. १.जुन तरिकाले हुन्छ त्यसरी नै,जुनसुकै किसिमले, जसरीतसरी, जेनतेन, जिनतिन।
33662 ज्युँ त्युँ क्रि.वि. २. बल्लबल्ल, मुस्किलसँग।
33663 ज्युँदो वि. हे.जिउँदो।
33664 ज्यु ना. जिउ, शरीर।
33665 ज्युछाडा वि. हे.जिउछाडा।
33666 ज्युजान ना. १.भएभरको शक्ति, पुरै ताक।
33667 ज्युजान ना. २. मरिमेटाइ।
33668 ज्युज्यु ना. १.अरूले गरेका कुरामा सही थाप्ने, सहमति प्रकट गर्ने वा जेजे भन्यो त्यहीत्यही मान्ने काम।
33669 ज्युज्यु ना. २. मानितो, आदर।
33670 ज्युज्यु ना. वि.बो. ३. ज्यू हजुर।
33671 ज्युनु अ.क्रि. हे.जिउनु।
33672 ज्युनार ना. भोजन गर्ने क्रिया, खाना खाने काम जिउनार।
33673 ज्युला ना. खे।
33674 ज्यूँदो वि. हे.जिउँदो।
33675 ज्यू प्रत्य. १.कसैको नामका पछाडि जोडिने सम्मानसूचक शब्द, जी (रामज्यू, श्यामज्यू इ. )।
33676 ज्यू प्रत्य. ना. २. ढोग्ने काम, ढोग, जिउ।
33677 ज्यू प्रत्य. ३. कसैका कुरामा सही थाप्दा र सहमति जनाउँदा वा बोलावटको प्रत्युत्तरमा भनिने शब्द।
33678 ज्यूनु अ.क्रि. हे.जिउनु।
33679 ज्यू ना. हे.जिउ।
33680 ज्यूनार ना. हे.जिउनार।
33681 ज्यूनी ना. हे.जिउनी।
33682 ज्यूला ना. हे.ज्युला।
33683 ज्येष्ठ वि. १.दाजुभाइमध्ये बढी उमेरको, पहिले जन्मेको, छोराहरूमध्ये जेठो।
33684 ज्येष्ठ वि. २. समयका हिसाबले प्राचीन।
33685 ज्येष्ठ वि. ३. आफूभन्दा बढी उमेरको।
33686 ज्येष्ठ वि. ना. ४. जेठ महिना।
33687 ज्येष्ठता ना. ज्येष्ठ हुनाको भाव,जेठोपना।
33688 ज्येष्ठवर्ण ना. सनातनी परम्पराअनुसार जेठो मानिने ब्राह्मण- जाति।
33689 ज्येष्ठा वि. १.दिदीबहिनीमध्ये बढी उमेरकी,पहिले जन्मेकी, छोरीहरूमध्ये जेठी।
33690 ज्येष्ठा वि. ना. २. सत्ताइस नक्षत्रमध्ये अठारौँ।
33691 ज्येष्ठाश्रम ना. चार आश्रममध्ये अन्य आश्रमका व्यक्तिलाई सहायता दिई संरक्षण प्रदान गर्ने नाताले उत्तम मानिएको गृहस्थाश्रम।
33692 ज्येष्ठाश्रमी वि. ज्येष्ठाश्रममा रहने, गृहस्।
33693 ज्योति ना. १.बत्ती, सूर्य, चन्द्रमा, तारा आदिबाट निस्कने प्रकाश, तेज, टक।
33694 ज्योति ना. २. त्यस्तो प्रकाश वा तेज दिने वस्तु (अग्नि, सूर्य, चन्द्र, तारा आदि)।
33695 ज्योति ना. ३. आगाको लप्को, अग्निशिखा।
33696 ज्योतिःपुञ्ज ना. १.ज्योतिको थुप्रो, प्रकाशराशि, प्रकाशमण्डल।
33697 ज्योतिःपुञ्ज ना. २. अत्यधिक ज्योति वा प्रकाश।
33698 ज्योतिर्भवन ना. राति यात्रा गर्नुपर्दा जहाजलाई बन्दरगाहको स्थिति देखाउन राखिएको चहकिलो बत्तीसहितको धरहरा ( बिकन )।
33699 ज्योतिष्मान् वि. प्रकाशपूर्ण।
33700 ज्योतिर्गण / ज्योतिर्मण्डल ना. आकाशमा भएका ग्रह, नक्षत्रहरूको समूह, नक्षत्रमण्डल, तारामण्डल।