Dictionary

All Word

34001 झम्काइनु अ.क्रि. झल्लर, माला आदिले [ सजाइनु।
34002 झम्काउनु प्रे. क्रि. लुगा, गहना आदिले सजाउनु, झल्लर, माला आदिले सिँगार्नु।
34003 झम्के वि १. पानीको दर्को परिरहेको ( अवस्था )।
34004 झम्के वि २. झुम्को हालेको, झल्लर, माला आदि झुन्ड्याइएको।
34005 झम्के फुली ना. झुम्का भएको, नाकमा लगाइने सुनको गहना; तल का भएको फुली।
34006 झम्के बुलाँकी ना. आइमाईहरूले नाकका दुई पोराबिच छेडिएको तल्लो भागमा लगाउने सुनको गहना, पात वा झम्को भएको बुलाकी।
34007 झम्के रायो ना. फेदैदेखि झाँगिदै आएको रायोको बोट।
34008 झम्को ना. झुन्डिएका ससाना वस्तुहरूको समूह; गुच्छो झुम्को।
34009 झम्टनु स.क्रि. १. कसैमाथि रिसको आवेशमा एकाएक आक्रमण गर्नु, उफ्रेर जाइलाग्नु वेगले हमला गर्नु टिनु।
34010 झम्टनु स.क्रि. २. कसैलाई कुराले ड्याक्न खोज्नु।
34011 झम्टनु स.क्रि. ३. एक्कासि जाग्नु, जङ्गिनु।
34012 झम्टा ना. १. बाघ, सिंह, स्याल, कुकुर, चिल आदिका पन्जाको हनाइ, एकाएक हुने आक्रमण।
34013 झम्टा ना. २ हप्की; खप्की; खप्कीदप्की, लखेटाइ।
34014 झम्टाइ ना. झम्टने भाव, क्रिया वा प्रक्रिया।
34015 झम्टाइनु क.क्रि. झम्टन लाइनु, आक्रमण गरिनु।
34016 झम्टाउनु प्रे. क्रि. झम्टन लाउनु, आक्रमण गराउनु।
34017 झम्टिनु स.क्रि. १. झम्टनु।
34018 झम्टिनु स.क्रि. क.क्रि. २. झम्टने काम गरिनु।
34019 झम्पन ना. १. कुनै वस्तुलाई माथिबाट छोप्ने वा ढाक्ने काम।
34020 झम्पन ना. २. झम्टने वा हमला गर्ने काम, झम्टाइ।
34021 झम्पल ना. खाल्डो खन्ने, ढुङ्गा वा पहरो फोर्ने आदि काममा प्रयोग गरिने फलामको हतियार, गल।
34022 झम्पाक ना. एक जातको बाँदर।
34023 झम्पाट ना. १.झमेला, कम्मार, झन्झट।
34024 झम्पाट ना. वि. २. काम नलाग्ने, रद्दी।
34025 झम्पाल ना. मानिसद्वारा बोकिने म्याना वा उलिन्काठ जस्तै वाहन।
34026 झम्पाल ना. गरी, झकिझकाउ भएर, झकमक्क।
34027 झम्म क्रि.वि. नशालु पदार्थको प्रभावले शरीर लट्ठिए ; झरिलो - वि. [ईलो ] झरझराउँदो, चहकिलो, चमकदार (अनुहार, एकाएक झुमाउने गरी।
34028 झम्मरीझाँट ना. गुन्द्रुक (हेयार्थमा)।
34029 झम्मार ना. नचाहिँदो र झर्कोलाग्दो काम वा व्यवहारमा फस्ने स्थिति झमेला, झन्झट भयाउलो।
34030 झर्नु ना. १. अग्लो ठाउँबाट कुनै चिज तल खस्नु, माथिबाट तलतिर आउनु गिर्नु।
34031 झर्नु ना. २. ओरालो लाग्नु, खस्कनु।
34032 झर्नु ना. ३. जाति वा परम्पराबाट च्युत हुनु, पतित हुनु।
34033 झर ना. पानी बर्सेको वा झरना खसेको शब्द।
34034 झर, ना. चामलको पिठो घिउ वा नौनीमा मुछी कपडामाथि बेलेर गुलियो पदार्थ नमिसाई पकाइने एक किसिमको रोटी, घिउरोटी, घेवर।
34035 झर, ना. १. बर्सिरहेको पानीको अधोगामी प्रवाह।
34036 झर, ना. २. त्यस्तो प्रवाहको कुनै एक एकाइ (एक झर, दुई झर, तीन भर इ.)।
34037 झरक ना. १. अनौठो घटना वा संयोग, काकताली यडठ्याङ, मिलेमतो।
34038 झरक ना. २. अद्भुत दृश्य, कौतुक, रामछायाँ।
34039 झरक ना. ३. केली; रामरमितो।
34040 झरझर ना. १. झरी पर्दा वा पानी बर्संदाको शब्द।
34041 झरझर ना. २. झरनाबाट पानी खस्ता निस्कने आवाज।
34042 झरझर ना. क्रि.वि. ३. त्यस्तो शब्द वा आवाज निस्कने किसिमले।
34043 झरझराइ ना. झरझराउने भाव, क्रिया वा प्रक्रिया।
34044 झरझराइनु अ.क्रि. झरझराउने होइन।
34045 झरझराउँदो वि. १. चहकदार, चमकिलो।
34046 झरझराउँदो वि. २. झरिलो, रापिएर भुङ्ग्रो भएको आगोजस्तो।
34047 झरझराउनु अ.क्रि. १. बिचबिचमा रोकिईरोकिई पानीको दर्को पर्नु।
34048 झरझराउनु अ.क्रि. २. चहकिलो हुनु, चम्कनु।
34049 झरझराहट ना. सफा र कञ्चन हुने भाव, क्रिया वा प्रक्रिया।
34050 झरमिटी ना. यात्रा आदिमा नभइनहुने खाद्य वस्तु र लुगाकपडाका ससाना पोका, झिटीमिटी, मालमत्ता।